गुल्मी । गुल्मीबाट स्वर्गद्वारी दर्शनमा गइरहेको जिप गाडी प्युठानमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ ।  प्राप्त समाचार अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वर्गद्वारी गइरहेकाे लु१ज १६५५ नम्बरकाे जिप बुधबार बिहान दुर्घटनामा परेकाे हाे। दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।

दुर्घटनामा सूर्य पन्थी, ईश्वरी भण्डारी र अर्का एक कर्मचारीको ज्यान गएको घटनास्थलमा रहेका प्रहरी नायब निरीक्षक बुद्धिप्रसाद रानाले जानकारी दिए।

एक जनाको उपचारका क्रममा र दुई जनाको घटनास्थलमै ज्यान गएको हो।

घाइतेमध्ये एक जना गाडीमै च्यापिएको र उनलाई निकाल्ने प्रयास भइरहेको उनले बताए। केही समय पहिलेसम्म बोल्दै गरेका उनी अहिले बोल्न छाडेका छन्। अन्य घाइतेको पनि अवस्था गम्भीर छ।

स्वर्गद्वारी नगरपालिका ३ रूमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा गाडी सडकबाट तल खसेको रानाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार