चैत्र ३ काठमान्डौ
नेपालका एक जना माक्र्सवादी चिन्तक तथा इमान्दार वामपन्थी व्यक्तित्व प्रा. माणिकलाल श्रेष्ठको निधन भएको छ । उहाँको निधनप्रति देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी पी गजुरेलव्दारा गरिएको श्रद्धांजली वक्तव्य तल दिइएकोछ ः
श्रद्धांजली वक्तव्य
नेपालका सुपरिचित माक्र्सवादी चिन्तक तथा इमान्दार वामपन्थी व्यक्तित्व प्रा. माणिकलाल श्रेष्ठको निधनको खवरले हामी दुःखित भएका छौं । यसबाट नेपालको वामपन्थी आन्दोलनलाई ठुलो क्षती पुगेको छ । वहाँ प्रति सम्मान व्यक्त गर्दै गहिरो श्रद्धांजली अर्पण गर्नुका साथै वहाँका परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
सी पी गजुरेल)
अध्यक्ष
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
२०७७ । १२ । ३

प्रतिक्रिया

सम्बन्धित खवर