२६ फागुन सिन्धुली ।
ढिलोगरी प्राप्त समाचारअनुसार नेकपा(क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला पार्टी समितिको आयोजनामा केपी ओलीको असंवैधानिक कदमपछि सर्वोच्च अदालतले गरेको फैसलापछि वर्तमान तरंगित अवस्थामा त्यसको विरोधमा सिन्धुलीको सिन्धुलीमाडी बजारको लोकतान्त्रिक चौतारीमा विरोधसभा सम्पन्न भएको छ । विरोधसभामा प्रमुख वक्ता नेकपा(क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले राष्ट्रिय स्वाधिनताका लागि जनतन्त्र, जनजीविका, महंगी नियन्त्रण, वेथितिको विरुद्ध संघर्ष गर्नु पर्ने बताउनु भयो । अव बन्ने सरकार प्रचण्ड, माधव, शेरबहादुर कुनैको नभई देशभक्त प्रगतिशील जनताको संयुक्त सरकार हुनु पर्ने बताउनु भयो । हिन्द प्रशान्त सैनिक रणनीतिलाई सहयोग पुराउने एमसीसीको विरोध गर्दै त्यसको खारेजीका लागि संघर्ष गर्नु पर्नेमा जोड दिनु भयो ।


सम्वोधनका क्रममा विना मुआव्जा मुख्य बजारको घर भत्काई सर्वे गरिएको मदनभण्डारी राजमार्गका कारण घरवार बीहीन भएका जनताको घरजग्गाको मुआव्जा दिनु पर्ने माग गर्नु भयो ।
सिन्धुली माडीमा जन्मी लामो समयदेखि राजनीतिक पेशा गरी लामो समयसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व गरेको व्यक्तित्व सीपी गजुरेलले के भन्लान भनी सयौको संख्यामा सिन्धुलीवासी र अन्य पार्टीका नेता तथा कार्यकर्ताको चासोका साथ उललेख्य सहभागिता थियो । विगतमा सिन्धुली माडी बजारका जनताले विजुली हाइटेन्सन लाइनमा परेका पीडितले उहाँको सहयोगमा घेरैले क्षतीपूर्ती पाएका थिए, जसको सम्झना अहिले पनि त्यहाँका जनताले गरिहृका छन् ।


उक्त सभामा स्वागत मन्तव्य राख्दै नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला पार्टी इन्चार्ज जीवनले विरोध सभा गर्नुको आवश्यकतावारे आफ्नो भनाई राख्नु भएको थियो । सभाको सञ्चालन देजमो नेपालका जिलला अध्यक्ष ढकप्रसाद देवकोटाले र सभाको अध्यक्षता नेकपा(क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला पार्टी सेक्रेटरी सुवर्णले गर्नु भएको थियो । झण्डा व्यानरका साथ सयौ सहभागि जनसमूहले बजार परिक्रमा गरी विरोध सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर