
मई अभियान अघि बढेको छ । माघ ९–१० मा बुटवलमा सम्पन्न केन्द्रीय समितिको पुर्ण बैठकले मइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । फागुन १५, कुपन्डोल, ललितपुरमा आयोजित श्रमिक पुनर्मिलन कार्यक्रम मार्फत महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले अभियानको उद्घाटन गरे संगै अभियान देशव्यापी अघि बढिरहेको छ ।
अभियानको रिपोर्ट यस्तो छ ः
प्रदेश १
प्रदेश १ का विभिन्न जिल्लाहरुमा अभियान अगाडि बढेको छ । मोरङ, सुनसरी, झापा लगायतका जिल्लाहरुमा अभियान सक्रिय छ । फागुन २६ गते सुनसरी जिल्ला महासंघको भेला सम्पन्न भएको छ । भेलाले संजय चौधरीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । १ नं. प्रदेशको अभियानमा केन्द्रीय अभियान बाट कुमार घताने, प्रदेश संयोजक बालकृष्ण बुढाथोकी, केन्द्रीय सदस्य द्वय सुर्य गिरि र संजय चौधरी सहित हुन्हुन्थ्यो ।
प्रदेश ३


पहिलो चरणको अभियान अन्तरगत प्रदेश ३ का मुख्यतः काठमाडौ र ललितपुर जिल्लामा अभियान अगाडि बढेको छ ।
१. फागुन १९, दिनेश पुनःको संयोजकत्वमा १९ सदस्यीय बिएन इटाभट्टा इकाई निर्माण ।
२. फागुन २०,बाबुलाल पुनःको संयोजकत्वमा २१ सदस्यीय हसना इटाभट्टा इकाई निर्माण ।
३. फागुन २०, निशान कुंवरको संयोजकत्वमा १७ सदस्यीय गणेश इटाभट्टा इकाई निर्माण ।
४. फागुन २३, विजय लामाको संयोजकत्वमा ७ सदस्यीय अखिल नेपाल क्रान्तिकारी धातु मजदुर महालक्ष्मी वाफल इकाई निर्माण ।
५. फागुन २४, हिराबहादुर लामिछानेको संयोजकत्वमा १३ सदस्यीय गौरिघाट ढुवानी मजदुर इकाई निर्माण ।
६. फागुन २५, योगेन्द्र शाहको संयोजकत्वमा १९ सदस्यीय स्वरोजगार निर्माण मजदुर इकाई निर्माण
७. फागुन २६, छिरिङ तामाङको संयोजकत्वमा १९ सदस्यीय निर्माण मजदुर गोकर्णेश्वर इकाई निर्माण ।
८. फागुन २८, मोहन बहादुर तामाङको संयोजकत्वमा ११ सदस्यीय निर्माण मजदुर पालुवारी इकाई निर्माण ।
९. फागुन २६, अनिल सिटौलाको संयोजकत्वमा ११ सदस्यीय उद्योगको काठमाडौ जिल्ला र पेन्टरको केन्द्रीय समिति विस्तार गरिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश सेक्रेटरी क. प्रवेश को प्रमुख आतिथ्य एवं काठमाडौ ईन्चार्ज क. शारदाको आतिथ्यमा फागुन १९ गते सतुंगलको बिएन इटाभट्टाबाट अभियान शुरु भएको थियो ।
३ नं. प्रदेशको अभियानमा वसन्त बोगटी, ढोगप्रसाद अधिकारी, मोहन पहाडी, बालकृष्ण सिटौला, उमेश लामा, राजु लामा, दिनेश थापा, राजु सापकोटा, निशा राई, धुर्व क्षेत्री सहितका महासंघका केन्द्रीय नेताहरु हुन्हुन्थ्यो । फागुन २५ यता ५ नं. प्रदेश अभियानका दिनेश बर्तौला पनि ३ नं. प्रदेशको अभियानमा सक्रिय हुन्हुन्छ ।
४ नं. प्रदेश
४ नं. प्रदेशको नवलपुर जिल्लामा फागुन १९ गते केन्द्रीय अभियान उद्घाटन एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) ४ नं. प्रदेश इन्चार्ज क. अटल, महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना र ४ नं. प्रदेश महासंघ संयोजक कृष्ण कटेलको आतिथ्य रहेको थियो ।
५ नं प्रदेश
१. १७ फागुनमा प्युठानको बिजुबारमा मजदुर जागरण सभा मार्फत ५ नं. प्रदेशको अभियान अगाडि बढेको छ ।
२. फागुन १९, दाङ जिल्ला महासंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले कृष्ण घिमिरेको संयोजकत्वमा ११ सदस्यीय जिल्ला महासंघ निर्माण गरेको छ ।
३. फागुन २०, बाके जिल्ला महासंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले भुमबहादुर घर्ती मगरको संयोजकत्वमा १५ सदस्यीय जिल्ला महासंघ निर्माण गरेको छ ।
४. फागुन २१, बर्दिया जिल्ला महासंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले ज्ञान बहादुर परिवार संयोजक एवं भिम बिक सचिव रहेको १५ सदस्यीय जिल्ला महासंघ निर्माण गरेको छ ।
५. फागुन २२, रुपन्देही जिल्ला महासंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले भिमलाल काफ्ले संयोजक रहेको १३ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
प्रदेश ५ मा संचालित अभियानमा महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, केन्द्रीय अभियान बाट दिनेश बर्तौला, प्रदेश संयोजक राजु भुजेल, नरेन्द्र बन्जाडे, भिमलाल काफ्ले सहित पार्टी नेतृत्व सहभागी हुन्हुन्थ्यो ।

६ नं. प्रदेश

फागुन २४, सुर्खेत जिल्ला महासंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पुर्ण पौडेलको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
भेलामा महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना तथा नेकपा(क्रान्तिकारी माओवादी) ६ नं. प्रदेश सेक्रेटरी क. चक्रपाणि, पार्टी सिसिएम क. प्रकाश उर्जा सहितका नेताहरुको आतिथ्य रहेको थियो ।































