नेकपा ( क्रान्तिकारी माओवादी) रुकुम जिल्ला समितिको आयोजनामा विभिन्न ठाउँहरुमा काटुन प्रदर्शनी सफलतापूर्वक सम्पन्न

प्रकाशित मिति : २०७७ फाल्गुन ६

फाल्गुन ५ रुकुम
नेकपा (क्रान्तिकारी माओवादी) रुकुम जिल्ला समितिको आयोजनामा सानि भेरि गाउँ पालिकाको सिम्ले वजारमा फाल्गुन ४ गते र सोही गाउँ पालिकाको वडा न ९ जनप्रिय मा वि हाँसिवाङमा फाल्गुन ५ गते काटुन प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरिएको छ ।

काटुन प्रदर्शनीमा सम्बोधन गर्दै पार्टी के स तथा रुकुम जिल्ला ईन्चार्ज दिपक व शाहीव्दारा ती दुवै कार्यक्रममा उपस्थित जनता र स्कूलका विद्यार्थी तथा अभिभावकहरुलाई वर्तमान दलाल संसदिय व्यवस्थाले गरेका सवै खाले गलत कर्महरुको चिरफार र भण्डाफोर गर्दै संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतान्त्रिक व्यवस्थाको स्थापनाका लागि पार्टीले गर्ने आन्दोलनमा सक्रिय सहभागिताका लागि आव्हन गरिएको थियो ।