प्रधानमन्त्रीले ‘रअ’ प्रमुखलाई भेट्नुको परिणाम भारतीयले नेपालमै सरकार बनाउँछु भन्न थाले ः भीम रावल

प्रधानमन्त्रीले ‘रअ’ प्रमुखलाई भेट्नुको परिणाम भारतीयले नेपालमै सरकार बनाउँछु भन्न थाले ः भीम रावल


४ फाल्गुन काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण भारतीय गृहमन्त्रीले नेपालमा सरकार बनाउँछु भन्ने हिम्मत गरेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेता रावलले भारतीय गृहमन्त्री तथा भाजपाका पूर्व अध्यक्ष अमित साहको ‘नेपालमा भाजपाको सरकार बनाउने’ अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेट्नुको परिणाम भारतको त्रिपुरा राज्यका मुख्यमन्त्रीले नेपालको स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएको रावलको आरोप छ ।
त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले आफ्ना केन्द्रीय गृहमन्त्री अमित शाहले आफू आबद्ध दल भारतीय जनता पार्टीले नेपालमा पनि सरकार बनाउने योजना बनाइरहेको भनेर दाबी गरेका थिए ।
‘हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ,’ रावलले सामाजिक सञ्जालमार्फत लेखेका छन् , ‘यो प्रधानमन्त्री केपीको बालुवाटारमा राति भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो । नेपालविरोधी कुनै पनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन ।’