भेलामा शुभकामना मन्तब्य दिनेहरुमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी)लुम्बिनी प्रदेश सदस्य अजित ,शिशिर ,अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) केन्द्रीय सदस्य शुसिला आचार्य लगायत हुनुहुन्थ्यो । कार्यक्रम तिलक बि क को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सञ्चालन मोर्चाका सचिव ईश्वरी प्रसाद गैरे ले गर्नुभएको थियो । कार्यक्रम मोर्चाका अध्यक्ष नरेन्द्र बञ्जाडेको अध्यक्षतामा भएको थियो । भेलाले देशभक्त जनगणतान्त्रिक मोर्चा दाङको नयाँ कार्य समिति चयन गरेको छ । जसमा अध्यक्ष ईश्वरी प्रसाद गैरे उपाध्यक्ष बिष्णु प्रसाद पोख्रेल सचिव शुसिला आचार्य कोषाध्यक्ष मन बहादुर वली रहनु भएको छ । सदस्यहरुमा तिलक बि क माया प्रसाद चौधरी ,अमित चौधरी ,यज्ञ बहादुर बि क ,निम बहादुर जि एम ,कलिमान सुनार ,देवा बिष्ट,पारस बिश्वकर्मा रहनुभएको छ ।































