संसदीय ब्यवस्था बिरुद्ध परासीमा क्रान्तिकारी माओवादीको प्रर्दशन

संघीय जनगणतन्त्र स्थापनाका लागि संर्घष-आचार्य

प्रकाशित मिति : २०७७ माघ १५

- मूलबाटो

नवलपरासी १५ माघ – नेकपा क्रान्तिकारी माओवादीले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संसदीय ब्यवस्था बिरुद्ध बिरोध कार्यक्रम गरेको छ ।  कार्यक्रम अघि भएको संसदीय ब्यवस्था मुर्दावाद भन्ने नाराजुुलुस सहितको ¥यालीले परासी बजार परिक्रमा गरेको थियो ।
¥याली पछिको बिरोध सभालाई सम्बोधन गर्र्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज पिताम्बर आचार्यले संसदीय ब्यवस्थाको अन्त्य र संघीय जनगणतन्त्र स्थापनाका लागि पार्टीले संर्घषको घोषणा गरेको बताए ।


उनले संसदीय ब्यवस्था जनताको अधिकारको विरुद्ध रहेको उल्लेख गर्दै अब शासन सत्ता नभई राज्य सत्ता परिर्वतनको दिशामा अगाडि बढनुको बिकल्प नभएको जनाए ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका लुम्बिनी प्रदेश सदस्य तथा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश संयोजक क्षेत्रबहादुर थापा क्षेत्रीले शैक्षिक माफियाहरुको बिरुद्ध संर्घष गर्ने समय आएको बताए ।
क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश संयोजक रवि पाण्डेयले संसदीय ब्यवस्थाको मिति पुगेको उल्लेख गर्दै यो ब्यवस्थालाई पल्टाउने क्रान्तिकारी आन्दोलनमा पत्रकारहरुको ऐक्यबद्धता रहेको जनाए ।


त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष राजु प्रसाद खनालले राष्ट्रियता र स्वाधीनताको पक्षमा देजमो रहेको उल्लेख गर्दै संसद बिघटन पछि संसदवादीहरु रुदैं हिडेको चर्चा गरे ।
क्रान्तिकारी युवा लीगका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष पुर्ण प्रसाद पोखरेलले क्रान्तिकारी युवाहरुको काधँमा संसदीय ब्यवस्था फाल्ने जिम्मेवार रहेको उल्लेख गर्दै त्यो जिम्मेवारी पूरा गर्न तयार रहेको बताए ।
कार्यक्रममा बिभिन्न जनबर्गीय मोर्चा संगठनका नेतृत्वहरुका्े सहभागिता रहेको थियो ।

कार्यक्रम क्रान्तिकारी माओवादी नेता प्रेम रिमालको अध्यक्षता प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलको संचालनमा भएको थियो ।