देशको वर्तमान राजनीतिक घटनाक्रम र आदिवासी जनजातिका सरोकार लगायतका बिषयहरुमा दुइदिने सघन प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. ओम गुरुंगले देशको वर्तमान राजनीतिक घटनाक्रम र आदिवासी जनजातिका सरोकारका विषयमा दिए प्रशिक्षण

प्रकाशित मिति : २०७७ पुस २९

पौष २९ पोखरा । पोखरा पुस २७ र २८ गते नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा, अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल छन्त्याल राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त आयोजनामा आदिवासी जनजातिका नेता तथा अगुवा कार्यकर्ताहरुलाई देशको वर्तमान राजनीतिक घटनाक्रम र आदिवासी जनजातिका सरोकार लगायतका बिषयहरुमा दुइदिने सघन प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. ओम गुरुंगले देशको वर्तमान राजनीतिक घटनाक्रम र आदिवासी जनजातिका सरोकारका विषयमा दिए प्रशिक्षण

अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष कं. निल बहादुर पुनको अध्यक्षता र अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय अध्यक्ष प्रा. डा. ओम गुरुंगको प्रमुख आतिथ्यता मा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. ओम गुरुंगले देशको वर्तमान राजनीतिक घटनाक्रम र आदिवासी जनजातिका सरोकार, महासंघका महासचिब कं. नगेन्द्र राईले जनजाति सवाल र मार्क्सवादी दृष्टिकोण, अखिल नेपाल तमु राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष कं. कृष्ण गुरुंगले आदिवासी सवालमा जनयुद्ध कालिन मुद्दा र बर्तमान अवस्था बिषयहरुमा प्रशिक्षण दिएका थिए । ज्ञात तथा अज्ञात शहिदहरुप्रति एक मिनट मौन धारण गरी सुरु गरिएको प्रशिक्षण कार्यक्रममा अखिल नेपाल छन्त्याल राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष कं. बम बहादुर छन्त्यालले स्वागत मन्तब्य राखेका थिए भने नेकपा (क्रान्तिकारी) माओवादी ४ नम्बेर प्रदेस इन्चार्ज कं. अटल र प्रदेश सचिब कं. किशोरले शुभकामना मन्तब्य राखेका थिए । अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चाका सचिब कं. पूर्ण बहादुर गुरुंगले संचालन गरेका प्रशिक्षण कार्यक्रममा, कास्की, तनहु, पर्बत, बाग्लुंग, रुपन्देही, नवल परासी, गुल्मी, पाल्पा र काठमाडौँ जिल्लाहरुबाट महिला÷पुरुष गरी २५ जनाको सहभागी थियो ।


प्रशिक्षण कार्यक्रम समापनपछि अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय समितिको मिति २०७७ साल पुष २६ गते काठमाडौँमा सम्पन्न बैठकले गरेका निर्णयहरु, मगर, गुरुङ र छन्त्याल मुक्ति मोर्चाहरुले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सार्बजनीक गर्ने तथा पुस ५ गते डबल नेकपा सरकारको प्रधानमन्त्री केपी ओली के गरेको संसद बिघटन सम्बन्धि महासंघको धारणा स्पस्ट पार्ने उदेश्येले पोखरा न्युरोड स्थित बैना दोहोरी साँझको हलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।