प्यारा थिए नेताहरू प्यारो थियो पार्टी
जनताले बनाएका निकै दुःख काटी
हेर्दा हेर्दै पत्तालमा खस्तै गए तल
धोका पाए जनताले, विश्वासको फल !
अन्यायको बाटातर्फ लाडिएर गए
जनताको मर्मबाट टाढिएर गए
दौडेको छ सुख जति आफै भोग्नतिर
पत्तो छैन भैँतहकोे वेदना र पिर
सँगै जान सकिँदैन पर्यो अब फाटो !
जनताले खोजेको छ अघि जाने बाटो

मोदनाथ मरहठ्ठा
त्यो बाटोमा कोहि आइ भाँजा हाल्यो भने
जान्नु पर्छ आफ्नो चिहान आफैँ आइ खने ।
इतिहासले सुम्पिएको जिम्मेवारी हो यो
बुझ्नु पर्छ अब सबले रोक्न खोज्ने को हो ??

प्रतिक्रिया

सम्बन्धित खवर