
पुष ८ गते सिन्धुली ।
२०७७ पुष ८ गते दिनको १ः३० बजे सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली माडी कमलामाई नगरपालिकाको लोकतान्त्रिक चौतारीमा नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला पार्टी कमिटिको आयोजनामा के.पी. वलीको असंबैधानिक कदम, राष्ट्रघात, महंगी, भष्ट्रचार र एम.सि.सि. परियोजनाको विरोधमा कोण सभा सम्पन्न भएको छ ।

कोणसभामा जिल्ला पार्टी सेक्रेटरी शुर्वणलालले बैदेसिक शक्तिको ईसारामा असबैधानिक तरिकाले संसद बिघटन गरि निर्वाचनमा जाने निर्णय गरेकोले उक्त कदमको विरोध गर्दै राष्ट्रीय स्वाधिनताको रक्षा, जनतन्त्र प्राप्त गर्न र जनजिविकाको ग्यारेन्टि गर्न मुठ्ठीभर ५ प्रतिशतको पक्षधर लोकतान्त्रीक गणतन्त्रको निर्वाचनमा होईन नयाँ जनवादी राज्य व्यवस्था प्राप्तीको लागि संघीय जनगणतन्त्रको लागि संघर्ष गर्न सम्पूर्ण नेपाली एक हुन आव्हान गनर््भयो ।

सो विरोध कोण सभामा अर्को वक्ता देशभक्त जनगण्तन्त्रीक मोर्चा नेपाल सिन्धुली जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाले अमेरिकी साम्राज्यावादीले नेपालमाथि थोपारेको एम.सि.सि. परियोजना खारेजिको लागि संघर्ष उठान गर्नु पर्ने र भारतद्धारा अतिक्रमित भुमि फिर्ता, कालापानिबाट भारतिय सेना हटाउन संघर्षको उठान गर्न आव्हान गर्नुभयो । कोण सभाको सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सिन्धुलि जिल्ला सचिव बालकृष्ण थापाले गर्नु भएको थियो ।





























