संसद विघटनप्रति असहमति जनाउँदै सात मन्त्रीले दिए राजिनामा

संसद विघटनप्रति असहमति जनाउँदै सात मन्त्रीले दिए राजिनामा


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति असहमति जनाउँदै ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ मन्त्रीले सामूहिक राजिनामा दिएका छन् । राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् ।