११ मंसिर काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नेतृत्वमा ६ बर्षीया बालिका गुलबसा खातुनको अपहरण र बलात्कार पछि हत्यागरिएकोमा, उक्त हत्या र प्रहरी दमनको विरोधमा अनेमसंघ (क्रान्तिकारी)द्धारा माइतीघर मण्डलामा विरोध प्रदर्शन सम्पन्न गरिएको छ ।


उक्त विरोधसभाको सञ्चालन देजमो नेपाल केन्द्रीय सदस्य इन्दीरा अधिकारीले गर्नु भएको थियो भने विरोधसभालाई सम्वोधन अनेमसंघ (क्रान्तिकारी)का महासचिव शारदा महत र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का स्थाई समिति सदस्य तथा देजमो नेपाल महासचिव परिथापाले गर्नु भएको थियो ।


विरोधसभालाई सम्वोधन गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महासचिव शारदा महत्ले यस्तो वालवालिका बलात्कारपछि हत्याको ऋङ्खला अविरलरुपमा हुँदै आएको स्मरण गराउनु भयो । दुइतिहाईको ढोल बजाउँदै सुशासन, पूर्ण अधिकारको कुरा गर्ने सरकार यसरी एकपछि आर्काे वलात्कार एवं हिंसाको घटना दोहोरिँदै जानु सरकारको निकम्मापनको पराकाष्ठा भएको कुरा बताउनु भयो । आन्दोलनकारीमाथि गोलि प्रहार गरि निर्मम हत्या गर्नु कानुनी राज्यको धज्जी उडाउनु हो भन्दै यसरी सत्ता र शक्तिको दुरुपयोग गर्दै आन्दोलनकारीमाथि दमन गर्नु समस्याको समाधान हैन । अदालतलगायत न्यायिक अङ्गहरु पनि पीडितको पक्षमा नउभिनु अर्काे दुखद घटना हो । अपराधीलाई कानुनको दायराभित्र ल्याइ दण्ड दिन नसक्नु सरकारको ठुलो भुल भएको बताउनु भयो । हत्यारालाइ फाँसी नदिएसम्म समस्याको पुर्ण समाधान हुन नसक्ने भन्दै यस्ता कैयौँ घटनाका दोषीहरु शिर ठाडो बनाएर हिड्नु राज्य र सरकारको पूर्ण कमजोरी देखिञ्छ भन्नु भयो । समाजका महिला, दलित, गरिब आदि यसको सिकार हुनु झन् दुर्भाग्य हो । महिलाहरुलाइ बोक्सीको आरोपमा दण्ड सजाय दिनु २१ औँ शताब्दीको खिल्ली उँडाउनु हो । महिला राष्ट्रपति भएर पनि उनीहरुको उचित संरक्षण र ससुरक्षा नहुनु काहालिलाग्दो कुरा हो । अन्त्यमा उहाँले आन्दोलन तार्किक निष्कर्षमा नपुगेसम्म जारी रहने बताउँदै मृतक आन्दोलनकारीलाइ सहिद घोषणा गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।


त्यसैगरी विरोधकार्यक्रमलाई सम्वोधन गर्दै नेकपा (माओवादी क्रान्तिकारी) स्थायी समिति सदस्य परि थापाले निम्न कुरामा जोड दिंदै भन्नु भयो– “नेकपा (माओवादी क्रान्तिकारी) र देजमो नेपालले समाजमा भएका सबै अन्याय, अत्याचार, हत्या बलात्कार,शोषण, दमन उत्पीडनलगायत यावत् कुराहरुको आवाज उठान गर्दै आएको छ । महिला तथा बालबालिका बलात्कारसहित हत्याजस्तो अमानवीय, क्रुर, पाशविक कार्य जस्को जिम्मेवार सरकारसहित विभिन्न पार्टीहरु, समाज तथा राज्यसंयन्त्र हो । २१ औँ शताब्दीको वैज्ञानिक तथा प्राविधिक उच्च प्रतिस्पर्धाको युगमा यस्तो घटना हुनु विश्व रंगमञ्चमा नेपालको बेइज्जत हो । साथै यस्तो बलात्कार, हत्या, हिंसाको घटना एशिया लगायत अफ्रिका, ल्याटिन अमेरिका र विकसित देसहरुमा पनि हुनुले यस्को गम्भीरता प्रकट गरेको छ । तराइका जिल्लाहरुमा यस्ता घटनाका साथै दाइजोप्रथा आदिको समस्या विकराल देखिन्छ । केहि वर्ष अघिको निर्मला पन्त हत्याका दोषीहरु प्रहरी अधिकृतलगायतका व्यक्तिहरु विना दण्ड सफाई पाउनु सरकारको नपुंसकता, कायरता हो त्यसैले राज्य व्यवस्थाको परिवर्तन र रुपान्तरण आवश्यक देखिएको छ । महिलाहरुलाइ दोस्रो दर्जाको नागरिकको रुपमा चित्रित गर्दै महिला हिंसा, असमानता आदिको व्यवहार देखिएको छ जुन नकारात्मक हो । साथै महिलहरुलाइ जीवन गुजारा गर्न अस्मिता बेच्नु पर्ने अवस्था देखिनु पुजिवादको दोष हो । त्यसैले संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतान्त्रिक व्यवस्थाले मात्र यो सम्पूर्ण बेथितिको समाधान गर्न सक्छ ।”
मसीर १० गते बुधबार मात्रै अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरीले एक वक्तव्य जारी गर्दै अबोध बालिकालाई अपहरण, बलात्कार र हत्या गर्नेसम्मको निकृष्ट अपराधमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न जोडदार माग गर्नुभएको थियो । अध्यक्ष मुडभरीले जारी गरेको वक्तव्यमा बालिका हत्याको विरुद्धमा उठेको जनआक्रोशलाई सम्बोधन गर्नुका सट्टा राज्यको फासिवादी दमनको घोर विरोध एवम भत्र्सना गर्दै प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपाने ‘संजय’लाई सहिद घोषणा गर्न समेत जोडदार माग गरिएको थियो ।
वक्तव्यमा भनिएका थियो, “मंसिर ८ गते अपहरण गरेर बलात्कार गरी हत्या गरेर फालिएको अवस्थामा फेला परेकी बर्दिबास नगरपालिका वडा नम्बर–१४ का शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याले हाम्रो संगठनलाई स्तब्ध तुल्याएको छ । नेपाली समाजमा बालिका महिला बलात्कारका श्रृङ्खलाबद्ध घटनाले आम नेपाली महिलाहरुलाई गम्भिर, लज्जाबोध र आक्रोशित बनाएको छ । हिंसा नियन्त्रणमा राज्यको उदासिनता र बढ्दो दण्डहिनताले अपराध दिनानुदिन बढेर गएको छ । हाम्रो संगठन उक्त घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न र पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न जोडदार माग गर्दछ ।”
उहाँको वक्तव्यमा अबोध बालिकालाई अपहरण, बलात्कार र हत्या गर्नेसम्मको निकृष्ट अपराध विरुद्धमा उठेको जनआक्रोशलाई सम्बोधन गर्नुका सट्टा राज्य फासिवादी दमनमा उत्रिएको छ । प्रहरीको गोली लागेर गम्भिर घाइते बुद्धिराज न्यौपाने ‘संजय’को उपचारको क्रममा मृत्यु भएको छ । हाम्रो संगठन यसप्रकारको राज्यको फासिवादी प्रहरी दमनको घोर विरोध एवम् भत्र्सना गर्दछ र दोषीलाई कडा कारबाहीको जोडदार माग गर्दछ । र, मृतक न्यौपानेलाई सहिद घोषणा गर्न समेत जोडदार माग गर्दछ । साथै, अन्य घाइतेहरुको निःशुल्क उपचारको माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । राज्यको यस प्रकारको फासिवादी दमनकारी नीति र अपराध नियन्त्रणमा देखिएको उदासिनताका विरुद्ध सशक्त प्रतिरोध आन्दोलनमा जुट्न आम उत्पीडित महिलाहरु र जनसमुदायमा हार्दिक अपिल समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर