आइरहे छन गोयल नरवाणेहरु

आइरहे छन गोयल नरवाणेहरु

आइरहे छन गोयल नरवाणेहरु
नेपाली धरतीमा
दक्षिण तिरबाट
नोकरहरुलाई भेट्न
मालिकको दूत बनेर
धेरै भएथ्यो रे
मालिक र नोकरको
सम्बन्ध चिसिएको
तताउने भयो रे
मालिक र नोकरको
चिसिएको सम्बन्ध
मध्ये रातमा
तीन तीन घण्टे
दूत र नोकरको
गोप्य वार्ताले
मालिक पनि
पुरानै हो
नोकर पनि
पुरानै हो
छैन आश्चर्य
गोप्य वार्ताको
थाहै छ
नेपाली जनलाई
एकाका नोकरले
के सन्देश पठाउछन
उताका मालिकलाई भनेर
मालिकलाई पनि चिनेका छन
नोकरलाई पनि चिनेका छन
नेपाली जनले
त्यसैले
छैन नौलो
नोकर र दूतको भेटवार्ता
एताबाट लिइरहेछन
मालिकका दूतहरुले
पुरानै सन्देश
गइरहे छन दूतहरु
र ,उता बुझाएछन
दूतहरुले मालिकलाई
नोकर त
लम्पसारवादी नै
रहे छ भनेर
चढाए छन दूतहरुले
बिन्तीभाऊ मालिकलाई
चिन्ता गर्नु पर्दैन
नोकर पुरानै
अडान र हाऊ भाऊमा
निश्चचिन्त भएर भनेर ।
मिति १५ कार्तिक २०७७
बुढानिलकण्ठ , काठमाडौं