
काठमाडौँ । भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गाेयलसँग नेपालका प्रधानमन्त्री केपी ओलीलेकाे अमर्यादित तथा शंकास्पद् भेटकाेे चर्चा र विराेेे सेलाउन नपाई भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण हुनेे बताएकाेे छ ।
सेनाध्यक्ष नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउने पनि नेपाली सेनाले जनाएको छ । उनी तीन दिन नेपाल बस्नेछन् ।
नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । साथै भारतीय सेनाध्यक्षले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
साथै भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले काठमाडौंस्थित सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण तथा जंगी अड्डामा सम्मान गारद निरीक्षण र समकक्षी महारथी पूर्णचन्द्र थापासँथ छलफल गर्ने कार्यक्रम रहेको छ ।
कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ ।जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन् ।
तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । उनले अमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।
नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको सम्बद्घ स्राेतले जनाएकाे छ ।






























