गण्डकी प्रदेश स्तरीय २१ दलको संयुक्त वैठकद्धारा सरकारी निर्णयको भत्र्सना गर्दै संयुक्त प्रेश वब्तव्य प्रकाशित

उक्त सरकारको निणर्य खेद जनक भन्दै सो जनविरोधी निणर्य तत्काल फिर्ता गर्न सरकारसँग जोडदार माग

प्रकाशित मिति : २०७७ कार्तिक ५

कात्र्तिक ४ पोखरा,
ओली सरकारले कार्तिक २ गतेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमार्फत कोभिड–१९ को उपचार अब व्यक्ति आफैले गर्नुपर्ने सरकारले नगर्ने भन्ने निणर्य आएको सन्दर्भमा गण्डकी प्रदेश स्तरीय २१ दलका उपलव्ध प्रतिनीधिहरुको संयुक्त वैठकद्धारा उक्त कार्यको भत्र्सना गर्दै संयुक्त प्रेश वब्तव्य प्रकाशित गरेका छन्, जसको पूर्णपाठ तल दिइएकोछ –

संयुक्त प्रेश वब्तव्य
२०७७ कात्र्तिक ४ गते गण्डकी प्रदेश स्तरीय २१ दलका उपलव्ध प्रतिनीधिहरुको संयुक्त वैठक राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालको अध्यक्षतामा बस्यो । वैठकमा नेकपा (क्रान्तिकारी माओवादी), का केन्द्रिय सदस्य नारायण अधिकारी, नेकपा (माले) का केन्द्रिय सल्लाहकार होमनाथ गिरी , नेकपा (माले) का केन्द्रिय सदस्य टेकनाथ भण्डारी, नेकपा (माओवादी केन्द्र) प्रदेश सचिव भोजराज त्रिपाढी, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्र वहादुर के.सी. समेतको उपस्थिति थियो ।
वैठकले कोभिड–१९ को उपचार अब व्यक्ति आफैले गर्नुपर्ने सरकारले नगर्ने भन्ने निणर्य २०७७ कार्तिक २ गतेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति प्रति हाम्रो ध्यान आकर्षण भयो । उक्त सरकारको निणर्य खेद जनक छ । सोको भत्सर्ना गर्दै तत्काल फिर्ता गर्न सरकारसँग माग गर्दछौ । संविधानको मौलिक हक, सर्र्वाेच्च अदालतको परमादेशको विपरित हुने गरी कोरोना महामारीको उपचार व्यक्ति स्वयंमले गर्नु पर्ने भनी गरिएको निणर्य “आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक” भन्दै त्यससँग संवन्धित उपचार राज्यको हुने भनी आल््याईएको निणर्य ५ दिन नवित्दै सरकार दायित्वबाट पन्छिएको छ । संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर भनी परिभाषित गरेको छ । कोरोना सरुवा रोग भएकोले त्यो पनि आधारभूत भनी सर्र्वोच्च अदालतले व्याख्या गरेको अवस्थामा संविधान, कानुन र अदालतको निणर्य विरुद्ध सरकारको कदम भएकोले उक्त कदम तुरुन्त फिर्ता गर्न जोडदार माग गर्दछौं ।

शंकर बराल ,अध्यक्ष, गण्डकी प्रदेश ,राष्ट्रिय जनमोर्चा, नेपाल
नारायण अधिकारी, केन्द्रिय सदस्य, नेकपा (क्रान्तिकारी माओवादी)
होमनाथ गिरी,केन्द्रिय सल्लाहकार,नेकपा (माले)
भोजराज त्रिपाठी,प्रदेश सचिव, नेकपा (माओवादी केन्द्र)
चन्द्र वहादर के सी,कास्की प्रवक्ता, नेकपा (मसाल)
टेकनाथ भण्डारी,केन्द्रिय सदस्य, नेकपा (माले)
शुशिला थापा, उपाध्यक्ष, ४ नं. प्रदेश, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
मिति ः २०७७ कात्तिक ४ गते