संविधान, स्वास्थ्य र सरकार

संविधान, स्वास्थ्य र सरकार

सरकारले संविधानको मौलिक हक र सर्र्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय गरेको छ । संविधानको धारा ३५ मा ‘स्वास्थ्य सम्बन्धी हक (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निस्शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाइ पनि आक्स्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन’ लेखिएको छ तर नेपाल सरकार संविधान विपरीत कार्यरत छ । युवल नोह हरारीको पुस्तक द्दज्ञ ीभककयलक ायच तजभ द्दज्ञकत ऋभलतगचथ मा भनेजस्तो यो सरकार प्राचीन इजिप्टको अवस्थामा छ । कोही विरामी पर्र्यो भने डाक्टरकोमा नगएर धामीझाँक्रीकोमा जाने भनिन्थ्यो अथवा अस्पताल नगएर मन्दिर जाउ भनिन्थ्यो । आखिर संविधान के रहेछ त ? पन्जाबी क्रान्तिकारी कवि अवतार सिंह पाशको कविता आजको नेपालको सान्दर्भिकता हो ।
संविधान
यो पुस्तक मुर्दा भैसकेको छ
यसलाई नपढ
यसका शब्दहरूमा मृत्युको चिसोपन छ
र एकएक पाना
जीवनको अन्तिम क्षण जस्तो भयानक
यो पुस्तक जुनबेला लेखिएको थियो
तब म एउटा पशु थिएँ
निदाएको पशु ।।।
र जब म बिउँझे
तब म मानिस बन्ने बेलासम्म
यो पुस्तक मुर्दा भैसकेको थियो
र, अब यदि यो पुस्तक पढ्यौभने
पशु बन्ने छौ
सुतेको पशु।।।