नवउदारवादी पुँजीवादको चौतर्फी सङ्कटबारे

प्रकाशित मिति : २०७७ कार्तिक १

- — क. वसन्त


विषयको थालनी
नवउदारवाद पुँजीवादी व्यवस्थाको सबैभन्दा पछिल्लो विचार हो । यो एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादसंग सम्बन्धित छ । यही विचारद्वारा निर्देशित वर्तमान पुँजीवादी व्यवस्था चौतर्फी सङ्कटग्रस्त भएर गुज्रिरहेको छ । यो लेख सामान्यतः पुँजीवादी व्यवस्था, पुँजीवादको सङ्कट र मुख्यतः नवउदारवादी पुँजीवादको पछिल्लो सङ्कटको सेरोफेरोमा केन्द्रित रहने छ ।
पुँजीवाद
निजी मुनाफाका लागि श्रम र ज्यालाको सम्बन्धमा आधारित माल उत्पादन र वितरण गर्ने प्रणाली पुँजीवाद हो । यो १६औ शताव्दी अर्थात् आजभन्दा ५०० वर्ष अगाडिदेखि विकसित हुँदै आएको छ । माक्र्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारमा पुँजीवादका नियमहरुको गहनतम अध्ययन तथा अनुसन्धान गर्नु भयो । माक्र्सद्वारा लेखिएका पुँजीका ठेलीहरु यही विषयसँग सम्बन्धित रहेका छन् ।
पुँजीवादका विशेषताहरु
पुँजीवादी व्यवस्थामा उत्पादनका साधन र उत्पादित वस्तुमाथि व्यक्तिको निजी स्वामित्व रहन्छ । पुँजीवादी समाज ज्याला दिएर काम गराउने पुँजीपति वर्ग र आफ्नो श्रमको भरमा बाँच्न बाध्य हुने सर्वहारा वर्गमा विभाजित भएको हुन्छ । पँुजीवादको अन्तर्वस्तु भनेको श्रमिक वर्गको अतिरिक्त श्रमको शोषण हो, यसैबाट पुँजीपतिले अत्यधिक नाफा कमाउँछ । फलतः समाजमा धनी र गरिबका बीचको आर्थिक खाडल कहिल्यै पुरिँदैन, बरु झन् झन् फराकिलो बन्दै जान्छ । राज्यले शोषणमूलक सम्बन्धको रक्षा गर्नका लागि कानुनी आधार र आवश्यक प्रशासनिक संरचना निर्माण गर्दछ । राज्यले मालको दाम निर्धारण गर्दैन, माग र आपूर्तिका आधारमा बजारले आफै गर्दछ । सङ्क्षिप्तमा पुँजीवादका विशेषताहरु यी नै हुन् ।
पुँजीवादका अन्तर्विरोधहरु
पुँजीवाद एउटा गतिशील वस्तु हो । यसका आफ्नै अन्तर्विरोधहरु हुन्छन्, जसका कारण योे गतिशील हुन्छ । ती अन्तर्विरोधलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
एक, कारखानामा मालको उत्पादन सामूहिक रुपमा हुन्छ, तर त्यसको स्वामित्व भने व्यक्तिगत । यसलाई पुँजीवादी उत्पादन सम्बन्ध भन्दछन् । राज्यसत्ता, कानुन र आर्थिक हैसियतका बलमा उत्पादनका साधनहरु र उत्पादित मालहरु पुँजीपतिका निजी सम्पत्ति हुन्छन् । यसरी पुँजीवादी समाज उत्पादनका साधनको मालिक पुँजीपति वर्ग र श्रम बाहेक आफ्नो भन्ने केही नभएका सर्वहारा वर्गमा विभाजित भएको हुन्छ । पुँजीपति र सर्वहारा वर्गका स्वार्थहरु ठीक विपरीत हुन्छन् । पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा वर्गका बीचमा निरन्तर सङ्घर्ष चलिरहन्छ । यसलाई वर्गसङ्घर्ष भन्दछन् र यही नै पुँजीवादी समाजको चालक शक्ति हो ।
दुई, मालको उत्पादन समाजको आवश्यकताका आधारमा योजनाबद्ध रुपमा होइन, धेरै मुनाफा कमाउने उद्देश्यले गरिन्छ । जुन मालको उत्पादनले धेरै मुनाफा कमाउन सकिने देखिन्छ, त्यही मालको उत्पादनका लागि पुँजीपतिहरुले धेरैतिर पुँजी लगानी गर्छन् । उत्पादन प्रक्रियामा हुने यही अराजकताका कारण समाजमा बारम्बार अति उत्पादनको समस्या पैदा हुने गर्दछ र पुँजीवाद आर्थिक सङ्कटमा फसिरहन्छ । हरेक सङ्कटबाट हुने घाटालाई पुँजीपति वर्गले मजदुरमाथि गरिने थप अतिरिक्त श्रमको शोषणबाट पूर्ति गर्दछ । पुँजीवादी व्यवस्थामा नाफा पुँजीपति वर्गको खल्तीमा र घाटा श्रमिकहरुको थाप्लोमा पर्न जान्छ ।
तीन, पुँजीपतिहरुले अतिरिक्त मूल्यको एउटा ठूलो हिस्सालाई पुँजीमा रुपान्तरण गरिरहेका हुन्छन् । परिणामतः पुँजीपतिको सम्पत्ति बढिरहन्छ । तर पुँजीपतिले मजदुरलाई उसको जीवन धान्न आवश्यक पर्ने न्यूनतम रकम मात्र ज्यालाका रुपमा दिने हुनाले त्यसबाट श्रमिकले कहिल्यै सञ्चय गर्न सक्दैन । मुद्रास्फीति वा अन्य कुनै कारणले कहिलेकाहीँ थोरै ज्याला बढे पनि त्यो मजदुरको जीवन निर्वाहमै सकिन्छ, सञ्चय गरी सम्पत्ति बृद्धिगर्न पुग्ने हुँदैन । मजदुर वर्गको श्रम पनि माग र आपूर्तिका आधारमा दाम निर्धारित हुने बजारिया माल बन्न जान्छ ।
चार, पुँजीवादी उत्पादन पद्धतिमा राज्य र बजारको विशेष भूमिका रहन्छ । बजारमा हुने माग र आपूर्तिका आधारमा मालको मोल निर्धारण भइरहेको हुन्छ । राज्यले वस्तुको बजार तथा व्यापारको व्यवस्थापन गर्नका लागि प्रशासकीय र दमनकारी संयन्त्रहरुको निर्माण गर्दछ र तिनलाई परिचालन गरी पुँजीपति वर्गको स्वार्थ रक्षा गरिराखेको हुन्छ । श्रमजीवी वर्ग पुँजीपतिहरुबाट शोषित हुन्छन् र राज्यबाट दमित हुन्छन् ।
पाँच, पँुजीवादको विकास सबैतिर समान प्रकारले हुँदैन, त्यो असमान हुन्छ । विकसित पुँजीवादी देशहरुले अविकसित देशहरुमा राजनैतिक वा सैन्य हस्तक्षेपद्वारा आफ्नो प्रभुत्व विस्तार गरिराखेका हुन्छन् । अल्पविकसित र अविकसित देशका जनता आन्तरिक तथा बाह्य गरी दुई प्रकारको शोषण र उत्पीडनमा परेका हुन्छन् ।
छ, समाजमा उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीचमा अन्तर्विरोध हुन्छ । उत्पादक शक्तिको विकास एउटा निश्चित विन्दुमा पुगेपछि त्यसलाई विद्यमान उत्पादन सम्बन्धले थेग्न सक्दैन र त्यो उत्पादन सम्बन्ध उत्पादक शक्तिको विकासको वाधक हुन जान्छ । यो स्थितिमा नयाँ उत्पादक शक्तिले पुरानोे उत्पादन सम्बन्धलाई बदल्छ र समाज अगाडि बढ्छ । यही नै समाज विकासको नियम हो ।
पुँजीवादका रुप तथा उपचरणहरु
पुँजीवादी समाजमा सधै वर्गसङ्घर्ष चलिरहन्छ र समाजमा परिवर्तन भइरहन्छ । इतिहासमा, सर्वहारा वर्गले कम्युनिस्ट पार्टीको नेतृत्वमा वर्गसङ्घर्षलाई सत्ता सङ्घर्षमा बदलेर पुँजीवाद भन्दा गुणात्मक ढङगले भिन्न समाजको निर्माण गरेका छन् । त्यो वैज्ञानिक समाजवादी क्रान्ति हो । तर, सबै वर्गसङ्घर्ष राजनीतिक सङ्घर्ष र क्रान्तिसम्म पुग्दैनन् । भीषण वर्ग सङ्घर्षका क्रममा पुँजीपति वर्गले आंशिक सुधारहरु मार्फत् पुँजीवादको रक्षा पनि गर्दै आएको छ । आफ्नो जीवनमा पँुजीवाद एउटैमात्र रुपमा छैन, विभिन्न रुप र उपचरणहरु हुँदै अगाडि बढेको छ । तर ती कुनै पनि उपचरणहरुमा माथि उल्लेख गरिएका पुँजीवादका विशेषता र अन्तर्वस्तुमा भने कुनै परिवर्तन आएको छैन । सङ्क्षिप्तमा ती उपचरणलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
व्यापारिक पुँजीवाद
व्यापारिक पुँजीवाद पुँजीवादी प्रणालीको सबैभन्दा पहिलो रुप हो । यसमा आधुनिक पुँजीवादका सबै विशेषताहरु पाइँदैनन्, माल मुख्यतः विक्रीका लागि किनिन्छ र नाफा गरेर बेचिन्छ । युरोपका वेलायत, नेदरल्याण्ड जस्ता देशहरुले आफ्ना देशमा असङ्गठित र अव्यवस्थित तवरले उत्पादन गरेका वस्तुलाई वाह्य देशहरुमा विक्री गरेर सुन, चाँदी जस्ता मूल्यवान धातुहरु सञ्चय गर्ने प्रक्रियामा व्यापारिक पुँजीवादको विकास भएको हो । १६औ शताव्दीको सुरुबाट व्यापारको नाममा अन्य देशमा प्रवेश गरेका पुँजीपतिहरुले आर्थिक लाभ त गरे नै त्यसमाथि क्रमशः राजनैतिक हैकम पनि कायम गर्न थाले । त्यो प्रक्रियामा धेरैतिर उपनिवेशहरु स्थापना भए । त्यतिबेला वेलायतको औपनिवेशिक विस्तारलाई महिमामण्डन गर्न “वेलायतमा कहिल्यै पनि सूर्य अस्ताउँदैन” भन्ने गरिन्थ्यो । यो भनाइ पछिसम्म पनि चर्चामा थियो । सापेक्ष रुपमा निकै लामो रहेको त्यो औपनिवेशिक कालमा वेलायत लगायत युरोपका थुप्रै देशहरुले उपनिवेशहरुबाट अकुत सम्पत्ति लुटे ।
समाज विकासको प्रक्रियामा वाष्प इञ्जिनको आविष्कार एउटा महत्वपूर्ण कोशेढुङ्गा थियो । बेलायतमा रोजगारीका लागि शहर पसेका सर्वहारा वर्ग, उपनिवेशहरुबाट दोहन गरिएको प्रसस्त पुँजी र वाष्पइञ्जिनबाट चल्ने मेशिनहरुको प्रयोगका कारण माल उत्पादनको विधिमा गुणात्मक विकास हुन गयो । त्यसलाई औद्योगिक क्रान्ति भन्ने गरिन्छ । त्यो औद्योगिक क्रान्ति पछि वेलायत, फ्रान्स लगायत युरोपका देशहरुमा उत्पादक शक्तिले जुन गुणात्मक ढङ्गले विकास ग¥यो त्यसलाई व्यापारिक पुँजीवादले थेग्न सकेन । परिणाम स्वरुप नयाँ उत्पादक शक्तिले व्यापारिक पुँजीवादको गर्भबाट भिन्न रुपको पुँजीवाद जन्मायो, त्यसलाई शास्त्रीय पुँजीवाद भनिन्छ ।
शास्त्रीय पुँजीवाद
औद्योगिक क्रान्तिपछि पुँजीपति वर्गको नेतृत्व र श्रमिक वर्गको सहयोगमा वेलायतमा सामन्तवाद विरोधी पुँजीवादी क्रान्ति सम्पन्न भयो । उत्पादनका साधनहरुको मालिक रहेको पुँजीपति वर्गले राजनीतिक सत्ताको नेतृत्व ग¥यो । त्यही क्रममा युरोपका अन्य देशहरुमा पनि पुँजीवादी क्रान्ति सम्पन्न भए र ती देशहरुमा राष्ट्रिय राज्यको स्थापना भयो । यसरी विकास भएको पुँजीवादलाई शास्त्रीय पुँजीवाद, औद्योगिक पुँजीवाद, उदारवादी पुँजीवाद अथवा प्रतिस्पर्धात्मक पुँजीवाद भन्ने गरिन्छ । त्यो राष्ट्रिय चरित्रको पुँजीवाद थियो ।
१९औ शताव्दीको उत्तरार्धतिर विद्युतको आविष्कार भएपछि विद्युत–चुम्बकीय मोटरको निर्माण भयो । यसबाट उद्योगका लागि आवश्यक हुने आधुनिक मेसिनहरु बने । पेट्रोल तथा डिजेल इञ्जिनबाट चल्ने गाडीहरुको निर्माण भयो । यो सबैको परिणाम स्वरुप पुँजीवादी उत्पादन तथा वितरण प्रणालीले अर्को छलाङ् हान्यो, फलतः पुँजीवादको अभूतपूर्व विकास भयो । तर, यो विकासले अर्को सङ्कट जन्मायो । त्यो थियो मालको अति उत्पादन र पुँजीको केन्द्रीकरणले पैदा गरेको सङ्कट । अर्थात्, पुँजीपतिहरुका लागि माल बेच्ने बजार र पुँजी लगानी गर्ने ठाउँ पुगेन । त्यो सङ्कटको समाधान गर्न पुँजीवादी शासकहरुले उपनिवेशहरुको विस्तार गरे ।
उपनिवेशहरुको विस्तार पछि पुँजीपतिहरुका लागि कच्चा पदार्थको स्रोत र उत्पादित मालको बजार निकै फराकिलो भयो । अर्कोतिर, मजदुर आन्दोलनलाई कमजोर पार्न शोषण गरेको सम्पत्तिको एउटा सानो हिस्साबाट शासकहरुले मजदुर आन्दोलनका नेताहरुको सुविधा बढाएर श्रमिकहरुमा अभिजात वर्गको विकास गरे । यसलाई एङ्गेल्सले मजदुरका नेतालाई पुँजीपतिहरुले घुसदिएर किने भन्नु भएको छ । त्यो स्थितिमा मजदुर आन्दोलन सत्ताका लागि सङ्घर्ष गर्नेतर्फ नभएर आर्थिक मागको वरिपरि घुम्न थाल्यो । पुँजीपतिहरु मजदुर आन्दोलनभित्र सुधारवादको जन्म गराएर वर्ग सङ्घर्षलाई सुधारवादी आन्दोलनमा कैद गराउन सफल भए । यसलाई लेनिनले जुझारु अर्थवाद र ट्रेड युनियनबाद भनेर कडा आलोचना गर्नु भएको छ ।
मजदुर आन्दोलन कमजोर बन्दै गएको स्थिति पुँजीपति वर्गका लागि निकै अनुकूल भयो । पुँजीको भुमिका र माल उत्पादन तथा वितरण प्रणालीका रुपहरु क्रमशः बदलिन थाले । माल निर्यातको ठाउँ वित्तीय पुँजी निर्यातले लियो । औपनिवेशिक शासकहरुले वित्तीय पुँजीका बलमा आफ्ना उपनिवेशमा उद्योगहरुको स्थापना गरे, औद्योगिक कच्चा माल तथा स्रोत–साधनको दोहन गरे र सस्तो श्रमको शोषण गरे । उत्पादित माल त्यहीँ विक्री गरी आर्जन गरेको अकुत सम्पत्ति आ–आफ्ना देशमा भिœयाउन थाले । वित्तीय पुँजीले संसारभरि एकाधिकार कायम ग¥यो । यो प्रक्रियामा विकास भएको पुँजीवादलाई एकाधिकारी पुँजीवाद भनिन्छ । १९औ शताव्दीको अन्तिम दशकतिर शास्त्रीय पुँजीवाद र उपनिवेशवादका गर्भबाट एकाधिकार पुँजीवादको जन्म हुन गयो ।
एकाधिकार पुँजीवाद
लेनिनले एकाधिकार पुँजीवादको गहिरो अध्ययन तथा अनुसन्धान गर्नु भयो । उहाँले एकाधिकार पुँजीवाद भनेको साम्राज्यवाद हो र त्यो पुँजीवादको अन्तिम चरण हो भन्नु भएको छ । लेनिनका अनुसार साम्राज्यवादका पाँचवटा विशेषता हुन्छन् । ती हुन् — एक, उत्पादन र पुँजीको अति केन्द्रीकरण भएर एकाधिकारी पुँजी बन्छ । दुई, बैक पुँजी र औद्योगिक पुँजी मिलेर वित्तपँुजी बन्छ । तीन, माल निर्यातको ठाउँ पँुजी निर्यातले लिन्छ । चार, विश्वमा एकाधिकार पँुजीवादी सङ्घको निर्माण हुन्छ, विश्व आपसमा बाँडिन पुग्दछ । र पाँच, ठुला पुँजीवादी शक्तिहरुका बीचमा विश्वको क्षेत्रीय विभाजन हुन्छ ।
उपरोक्त विशेषताहरुका आधारमा लेनिनले साम्राज्यवादको सार खिच्नु भएको छ । साम्राज्यवाद — एक, उत्पादनको प्रक्रियाबाट कट्छ र दुई, यो सुदखोरीमा बाँच्छ । तीन, यसले समाजमा अन्तर्विरोधलाई चर्काइ दिन्छ र चार, मजदुर आन्दोलनमा घुसेर सर्वहारा क्रान्तिलाई ध्वस्त पार्छ । पाँच, यसले संशोधनवादसँग घनिष्ट सम्बन्ध कायम गर्छ र छ, विश्वभर एकाधिकार कायम गर्नका लागि युद्धको तयारी गर्छ । लेनिनले साम्राज्यवाद भनेको युद्ध हो भन्नु भएको छ ।
यसरी उपनिवेशहरुको विस्तार, मजदुरहरुका बीचबाट अभिजात वर्गको जन्म र श्रमिक आन्दोलनमा विकास भएको सुधारवाद समेतका कारण श्रम र पुँजीका बीचको अन्तर्विरोधलाई तत्काल विस्फोटन हुनबाट रोक्न साम्राज्यवादीहरु सफल भए । तर तिनीहरुले अन्तर–साम्राज्यवादी अन्तर्विरोधलाई भने मत्थर पार्न सकेनन्, त्यो निकै चर्केर गयो । परिणामस्वरुप १९१४ देखि १९१८ सम्म पहिलो विश्वयुद्ध भयो । त्यो युद्ध मुख्यतः युरोप केन्द्रित थियो । यस युद्धमा ९० लाख सेना र ७० लाख सर्वसाधारण नागरिकहरु मारिएका थिए भन्ने अनुमान छ । कति सम्पत्तिको क्षति भयो त्यसको भरपर्दो विवरण छैन ।
अन्तर–साम्राज्यवादी अन्तरविरोध उत्कर्षमा भएको बेला १९१७मा विश्वयुद्धकै बीचबाट रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । यो विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । लेनिनले रुसी क्रान्तिको सफलता पछि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग सुुरुभएको कुरा बताउनु भएको छ ।
विश्वयुद्धका बेला विश्वको अर्थतन्त्र ध्वस्त भएको पृष्ठभूमिमा १९३०मा अमेरिकाबाट आर्थिक सङ्कट सुरु भयो र त्यसले विश्वभरि महामन्दीको रुप लियो । यसै बीचमा इटलीका मुसोलिनी र जर्मनीका हिटलर जस्ता शासकहरु रुसी समाजवादलाई ध्वंश गर्ने र विश्वभरि फासीवादी हैकम कायम गर्ने उद्देश्य लिएर युरोप तथा अफ्रिकाका विभिन्न देशहरुमाथि सैन्य आक्रमणमा उत्रिए । उता, चीन लगायत पूर्वी एशियाका देशहरुमा आफ्नो साम्राज्य विस्तार गर्न जापानले सैन्य अभियान चलाइरहेको थियो । सुरुमा अमेरिका कतै तिर पनि युद्धमा संलग्न थिएन । जापानले पर्लहार्वरको अमेरिकी सैन्य अखडामा आकस्मिक हमला गरेपछि अमेरिका पनि युद्धमा तानियो । यो स्थितिमा रुस, बेलायत र अमेरिकाले फासीवाद विरोधी संयुक्त मोर्चा बनाएर उक्त फासीवादी अभियानका विरुद्ध खडा भए । त्यसले विश्वयुद्धको रुप लियो । १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धमा इटलियन, जर्मन र जापानी फासीवादीहरु पराजित भए । दोस्रो विश्वयुद्धको प्रक्रियामा स्तालिनको भूमिका निर्णायक महत्वको रहेको छ । युद्धका क्रममा करिब ९ करोड जति मानिसहरु हताहत भएको अनुमान छ ।
दोस्रो विश्वयुद्धको क्रममा धेरै जनधनको क्षति भयो । तर, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन महत्वपूर्ण उपलव्धिहरु प्राप्तगर्न सफल पनि रह्यो । एक, सोभियत सङ्घको रक्षा मात्र भएन, त्यो अझ स्थापित भयो । दुई, माओको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । तीन, पूर्वी युरोपका करिब एक दर्जन देशहरुमा समाजवाद स्थापना भयो । चार, उत्तर कोरियामा जनताको जनवादी क्रान्ति सफल भयो र पाँच, भियतनाम फ्रान्सको उपनिवेशबाट मुक्त भयो । यसका साथै, दोस्रो विश्वयुद्ध पछि विश्वभरि राष्ट्रिय मुक्ति आन्दोलनको लहर नै आयो, उपनिवेशहरु स्वाधीन बने र औपनिवेशिक युगको अन्त्य भयो । वस्तुतः यो एउटा युगान्तकारी महत्वको उपलव्धि हो ।
अर्कोतिर, १९३०कोे महामन्दीको बेलादेखि नै वेलायतका एकजना बुर्जुवा अर्थशास्त्री जोहन मेनार्ड किन्सले राज्यको हस्तक्षेपकारी भूमिका रहने गरी पुँजीवादको अर्को एउटा नयाँ मोडेललाई अगाडि सार्दै आएका थिए । फेरि, दोस्रो विश्वयुद्धपछि समाजवादप्रति बढ्दै गएको जनताको आकर्षण साम्राज्यवादीहरुका लागि निकै चुनौतीपूर्ण विषय बनेको थियो । त्यो स्थितिमा श्रमजीवी वर्गलाई समेत भ्रममा पार्न सकिने गरी साम्राज्यवादीहरुले किन्सको पुँजीवादी मोडेलभित्र वैज्ञानिक समाजवादका कतिपय आर्थिक कार्यक्रमहरु समावेश गरेर पुँजीवादको नयाँ मोडेल अगाडि सारे । त्यो मोडेललाई कल्याणकारी पुँजीवाद, किन्सियन पँुजीवाद, राज्य–प्रशासित पुँजीवाद अथवा मिश्रित अर्थतन्त्र पनि भन्ने गरिन्छ । दोस्रो विश्वयुद्ध पछि एकाधिकार पुँजीवादले कल्याणकारी पुँजीवादको नयाँ रुप लिएर अगाडि आयो ।
कल्याणकारी पुँजीवाद
बुर्जुवाहरुले कल्याणकारी पुँजीवादलाई पुँजीवादको चक्रीय सङ्कट टार्ने, सबैतिर उत्पादक शक्तिको समान विकास गर्ने, सम्पत्तिको न्यायसङ्गत वितरण गर्ने र समाजलाई धनी र गरिबका बीचमा हुने ध्रुवीकरणबाट बचाउन सक्ने एउटा अचुक हतियारका रुपमा अगाडि सारेका थिए । यसले सुरुमा केही सकारात्मक परिणाम पनि ल्याएको थियो ।
दोस्रो विश्वयुद्ध पछिको करिब २५ वर्षको अवधि अमेरिकाका लागि एउटा सुनौलो युग थियो । उद्योग, कृषि, ऊर्जा, सडक, रेलवेज, एयरलाइन्स लगायतका प्रमुख आर्थिक क्षेत्रहरुमा राज्यको नियन्त्रण; २० देखि ९१ प्रतिशत सम्मको आयकर निर्धारण; ट्रेड युनियन सङ्गठनहरुको व्यापक विस्तार; निःशुल्क शिक्षा तथा सस्तो उपचारको व्यवस्था आदिका कारण अमेरिकी अर्थतन्त्र सप्रिएको थियो । ट्रेड युनियनहरु मार्फत् पँुजीपतिसँग सौदावाजी गर्ने सामथ्र्य बढेकोले मजदुरहरुले पनि सापेक्ष रुपमा राम्रो सुविधा पाउँथे । यसका पछाडि रुस र चीन जस्ता देशका समाजवादी कार्यक्रमको प्रभाव परेको कुरा पनि सहजै बुझ्न सकिन्छ । त्यति बेला अमेरिका मात्र होइन विश्वका प्रायः सबै पुँजीवादी देशहरु आर्थिक स्थिति सुध्रिएको थियो ।
यो स्थितिमा साम्राज्यवादी शासकहरुको वाह्य सम्बन्ध र शोषणको रुप केही बदलियो । उत्पीडित देशका सरकारहरुसँग सन्धि संझौताहरु गरी साम्राज्यवादीहरुले आफ्नो हैकम विस्तार गर्न थाले । यो प्रक्रियामा पहिलेका उपनिवेशहरु मात्र होइन अन्य अल्पविकशित देशहरु पनि नव–उपनिवेशमा बदलिए । फरक के मात्र भयो भने पहिलेका उपनिवेशहरु कुनै एउटा खास साम्राज्यवादी देशको प्रत्यक्ष अधीनमा हुन्थे, औपनिवेशिक युगको अन्त्य पछि एउटा अल्पविकसित देशले एकैचोटी धेरै साम्राज्यवादी शासकहरुको हैकम बेहोर्नुपर्ने भयो । रुपमा स्वतन्त्र जस्तो देखिने तर सारमा पराधीन हुने नव–उपनिवेशको विशेषता हो । बाह्य उत्पीडनको यो रुप अहिलेसम्म पनि कायम छ ।
नव–औपनिवेशिक कालको सुरुतिर साम्राज्यवादी देशहरुले थोरै आर्थिक अनुदान र धेरै ऋण लगानी गरेर अविकसित देशहरुलाई आफ्नो प्रभावमा पार्दथे । त्यस्तो लगानी शिक्षा, स्वास्थ्य, कृषि जस्ता जनसरोकारका विषय र बाटो, पुल, उद्योग जस्ता भौतिक पूर्वाधार निर्माणमा गरिन्थ्यो । केही वर्षपछि ती सम्बन्धित सरकारको स्वामित्वमा हस्तान्तरण हुन्थे । त्यो वस्तुतः साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका बीचको गठबन्धनबाट उत्पीडित देशमा हुने नोकरशाही पुँजीवादको विकासको एउटा प्रक्रिया थियो । शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा राज्यको लगानी र नियन्त्रण बढी हुने र जनतामा त्यसको भार केही कम पर्ने हुनाले त्यो पुँजीवादको बाहिरी रुप जनपक्षीय जस्तो देखिन्थ्यो । परन्तु, सारमा नोकरशाही पुँजीवाद प्रगतिशील थिएन । त्यो प्रतिक्रियावादी नै थियो, किनभने त्यो राष्ट्रिय पुँजीको विरुद्ध थियो । यो आजका लागि पनि सत्य हहो । यसबारे माओले स्पष्ट पार्नु भएको छ ।
अन्तर्विरोधहरु चर्किनु र त्यसले नयाँ–नयाँ सङ्कटहरु निम्त्याउँदै जानु पँुजीवादका आफ्नै विशेषता हुन् । त्यसैको परिणाम स्वरुप ७०को दशकको सुरुमै अमेरिकी अर्थतन्त्रमा अर्को एउटा भयानक सङ्कट देखा प¥यो । त्यसका पछाडि मुख्यतः तीनवटा निमित्त कारणहरु थिए — एक, ब्रेटन वुड्स सम्झौता पछि विश्वभर डलरको मागमा अनपेक्षित बृद्धि दुई, डलरको बाहिरी प्रवाहलाई रोक्न अमेरिकी रिजर्भ ब्यैङ्कले ब्याजदरमा गरेको अत्यधिक बृद्धि र तीन, कच्चा तेलको साविकको मूल्यमा चार गुनासम्मको बृद्धि । अमेरिकाबाट सुरुभएको सङ्कट बेलायत, क्यानाडा, अस्ट्रेलिया र पश्चिमी युरोपका देशहरु हुँदै विश्वभरि फैलियो । फलतः विश्व अर्थतन्त्र पुरै तहसनहस भयो । यहाँसम्म आइपुग्दा कल्याणकारी पुँजीवादले पनि पँुजीवादको सङ्कट टार्न सकेन, आफै असफल भयो । यो स्थितिमा किन्सको मिश्रित अर्थतन्त्रको विरोध र शास्त्रीय पुँजीवादको गर्भबाट एकाधिकार पुँजीवादले अर्को रुप धारण गरेर अगाडि आयो । त्यसलाई नवउदारवादी पुँजीवाद भनिन्छ ।
नवउदारवादी पुँजीवाद
फ्रेडरिक हायक लगायतका अर्थशास्त्रीहरुले नवउदारवादको वैचारिक पक्षको प्रस्ताव गरेका थिए । त्यसैका आधारमा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गारेट थ्याचरले अविकसित र अल्पविकसित देशहरुको अर्थतन्त्रलाई माथि उठाउने नाममा नवउदारवादको मोडेललाई अगाडि सारे । १९८०को सुरुमा अमेरिकी सरकार, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैङ्कका बीचमा एउटा सहमति भयो । त्यसमा बहुराष्ट्रिय कम्पनीहरु मार्फत् अन्य कुनै देशमा लगानी भिœयाउँदा सम्बन्धित देशले पालना गर्नुपर्ने शर्तहरु निर्धारण गरिएका थिए । पछि १९८९मा वेलायती अर्थशास्त्री जोहन विलियमशनले सो सहमतिलाई वाशिङ्टन सहमति नामाकरण गरी त्यसले अगाडि सारेका शर्तहरुलाई दशवटा बुँदामा सूत्रबद्ध गरे । तिनीहरुको सार निम्नानुसार रहेको छ ।
एक, राज्यले अन्तर्राष्ट्रिय मुद्राकोष र विश्वबैङ्कले निर्धारण गरेका वित्तीय अनुशासनलाई स्वीकार्नु पर्दछ । दुई, कम्पनीको आवश्यकता अनुसार सार्वजनिक खर्चको प्राथमिकतामा पुनः मिलान गर्नु पर्दछ । तीन, बजारको विस्तारका लागि कर प्रणालीमा सुधार गर्नु पर्दछ । चार, ब्याजदर तोक्ने जिम्मा बजारलाई दिनु पर्दछ । पाँच, मुद्राको विनिमय दर निर्धारण गर्ने जिम्मा बजारलाई छाड्नु पर्दछ । छ, आयातमा लगाइएका सबै खाले प्रतिवन्ध हटाउने र थोरै सीमा शुल्क लगाउने व्यवस्था गर्नु पर्दछ । सात, कम्पनीहरुले लगानी गर्न चाहेको ठाउँमा कानुनी बाधा अड्चन भए त्यसलाई फुकाइदिनु पर्दछ । आठ, राज्यको मातहत रहेका सबै खाले उद्योगहरुलाई निजीकरण गर्नु पर्दछ । नौ, बाह्य प्रतिस्पर्धाको अवरोध गर्ने सर्बै नियम–कानुनहरु खारेज गर्नु पर्दछ । र दश, कम्पनीले गरेको मुनाफामा थोरै मात्र आयकर लगाउने र त्यसलाई अनौपचारिक क्षेत्रका लागि उपलव्ध गराउने व्यवस्था मिलाइ दिनु पर्दछ । यी लगानी भिœयाउने राज्यले पुरागर्नु पर्ने दायित्व हुन् ।
ृजततउकस्ररभल।धष्पष्उभमष्ब।यचनरधष्पष्रध्बकजष्लनतयल)ऋयलकभलकगक३इचष्नष्लब)िकभलकभस्)ध्ष्ििष्बmकयलुक)त्भल)एयष्लतके
यसरी वाशिङ्गटन सहमतिले नवउदारवादको प्रतिक्रियावादी चरित्र स्पष्ट गर्दछ । नवउदारवादले बजारलाई राज्यले होइन राज्यलाई बजारले परिचालन र नियन्त्रण गर्ने ठाउँमा पु¥याएको छ । शासकहरु यी शर्तका आधारमा विदेशी पुँजी भिœयाएर राष्ट्रिय पुँजी ध्वस्तगर्ने र बहुराष्ट्रिय कम्पनीको कलो खाएर बाँच्ने विचौलिया दलाल बनेका छन् । यसरी उदारीकरण, निजीकरण र भूमण्डलीकरण साम्राज्यवादीहरुले अविकसित र अल्पविकसित देशहरुमा बहुराष्ट्रिय कम्पनीहरुका लागि निर्वाध लुटको बाटो खोल्ने र ती देशको राष्ट्रिय पुँजीलाई ध्वस्त पार्ने अर्थराजनैतिक अश्त्रहरु हुन् ।
२००७–२००९को आर्थिक सङ्कट
वाशिङ्टन सहमति पछि बहुराष्ट्रिय कम्पनीहरुले बाह्य लगानीबाट अथाह सम्पत्ति कमाए तर त्यो सम्पत्ति आ–आफ्ना देशका बैङ्कहरुमा थुप्रियो । त्यस्तो सबैभन्दा बढी अमेरिकामा हुन गयो । मुद्रा जतिधेरै चलायमान भयो त्यसले त्यतिधेरै काम गर्ने हो । बैङ्कमा थुप्रिएर बसेको पैसाले काम गर्दैन । बैङ्कको पैसा तलझार्न अर्थात् मुद्रामा तरलता पैदागर्न अमेरिकाको फेडेरल रिजर्भ बैङ्कले ब्याजदरलाई ह्वात्तै घटाइ दियो, फलतः ऋण निकै सस्तो भयो । यही मौकामा घरजग्गाका कारोवारीहरुले बैङ्कबाट सस्तो ऋण लिई आवासीय भवन निर्माणमा लगानी गर्न थाले । पछि, बैङ्कहरुमा सञ्चिति कम हुन थालेपछि निक्षेपलाई आकर्षित गर्न फेडेरल रिजर्भ बैङ्कले फेरि ब्याजदर बढाइदियो । आर्थिक स्थिति खस्किंदै गएको मध्यम वर्ग बैङ्कबाट महङ्गो ब्याजमा ऋण लिएर अपार्टमेन्टका फ्ल्याटहरु खरिदगर्न सक्ने स्थितिमा रहेन । फलतः फ्ल्याटहरु विक्री भएनन्, दलालहरुले ऋण तिर्न सकेनन् र बैङ्कहरु टाट पल्टिए । यसरी अमेरिकामा आर्थिक सङ्कट आयो । त्यो सङ्कट संसारभरि विस्तार भएर विश्व अर्थतन्त्रनै तहसनहस भयो । यसलाई २००८को महामन्दी भन्ने गरिन्छ ।
कोभिड–१९पूर्व विश्वको आर्थिक अवस्था
२००७बाट सुरुभएको आर्थिक सङ्कट २००९मा समाप्त भएको घोषणा त गरियो, तर विश्व अर्थतन्त्रले गति लिन सकेको थिएन । अर्थशास्त्रीहरुले २०१५ तिर पुग्दा नपुग्दा अर्को झन ठुलो सङ्कट छिटै आउन सक्ने आँकलन गरिसकेका थिए । २०१९को सुरुदेखि नै विश्वका धनी भनिने देशहरुको अर्थतन्त्र ओरालो लागेको थियो र २०२०को फेब्रुवरीसम्म आइपुग्दा त त्यो सङ्कट गंभीर बनिसकेको थियो ।
पहिला, सवैभन्दा ठुलो अर्थतन्त्र अमेरिकाकै कुरा गरौं । त्यहाँको अर्थतन्त्र कोभिड–१९ महामारी सुरु हुनुभन्दा पहिले नै ४.८ प्रतिशतले खुम्चिसकेको थियो । २०२० मार्चको मध्यतिर पुग्दा नपुग्दा अमेरिकाले अर्थतन्त्र बचाउन व्याजदर शून्य प्रतिशतमा झारेको र राहत प्याकेज स्वरुप पहिलो पटक ७०० अरव डलर र दोस्रो पटक ३० खरव डलर बराबरको कोष स्थापना गरेको थियो । यो लकडाउन पूर्वको कुरा हो । त्यति बेलासम्म त्यहाँ महामारीको खासै प्रभाव परिसकेको थिएन, देशभरि सङ्क्रमितहरु जम्मा ३,६२१ जनामात्र थिए ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीन हो । चीनमा पनि अर्थतन्त्र पहिलेकै जस्तो मजबुत थिएन, आर्थिक बृद्धिदर गएको ३० वर्ष यताकै कम ६.१ प्रतिशतमा झरेको थियो । विश्वको तेस्रो ठूलो जापानको अर्थतन्त्र २०१९को अन्ततिर आइपुग्दा ७.१ प्रतिशतले घटेको थियो । त्यहाँ पनि पहिल्यै बैङ्कको व्याजदर शून्यभन्दा कम गराइएको थियो । त्यसरी नै २०२०को पहिलो त्रैमासिक अवधिदेखि युरोपको अर्थतन्त्र ३.५ प्रतिशतले ओह्रालो लागिसकेको थियो । जर्मनीको अर्थतन्त्र २ प्रतिशत, फ्रान्सको ५.८ प्रतिशत, स्पेनको ५.२ प्रतिशत र वेलायतको २ प्रतिशतले खुम्चिइसकेका थिए । मार्चको मध्यतिर आइपुग्दा बैङ्कको व्याजदर स्विट्जरल्याण्डमा —०.७५ प्रतिशत, डेन्मार्कमा —०.६ प्रतिशतमा झारिएको थियो भने युरोपियन केन्द्रीय बैङ्कले त २०१९को सेप्टेम्बर मै व्याजदर घटाएर —०.५ प्रतिशत तोकिसकेको थियो । बैङ्कहरु ऋण लिए वापत केही रकम थप दिएर ग्राहकहरु खोज्नु पर्ने स्थितिमा पुगेका थिए । अत्यन्त कमजोर विश्व अर्थतन्त्र दुर्घटनाको नजिक थियो ।
अर्कोतिर विश्व अर्थतन्त्रलाई तुरुन्त प्रभाव पार्ने वस्तु पेट्रोलियम पदार्थ हो । फेब्रुवरी १८मा ५६.६८ डलर प्रति ब्यारल रहेको कच्चा तेलको मूल्य घटेर मार्च १६ मा पुग्दा प्रति ब्यारल ३०.६३ डलर पुगेको थियो । यो २००३ देखि यताकै सबैभन्दा कम मूल्य हो । स्पष्ट छ, यी सबै आँकडा लकडाउन गर्नुभन्दा पहिलेका हुन् ।
ृजततउकस्ररधधध।चभमकउबचप।लगरभलरउभयउभिक(धबचरपयदबम(नजबलमथ(ब(कअभउतचभ(ष्क(जबगलतष्लन(तजभ(धयचमिरे
पुँजीवादको अर्को एउटा विशेषता समाजमा आर्थिक असमानताको बृद्धि हो । २००८को सङ्कट पछि यो प्रवृत्ति झनै बढेर गएको छ । २०१९मा विश्वका सबैभन्दा धनी १० जना अरवपतिहरु मध्ये ६ जना अमेरिकाका नागरिक थिए र ती ६ जनाको एकमुस्ट सम्पत्ति ५१२.३ अरब डलर थियो । जव कि २०१०मा ती ६ जनाको एकमुस्ट सम्पत्ति १६१.८ अरव डलर थियो । यसरी जम्मा ९ वर्षको अन्तरमा ती ६ जनाको सम्पत्ति ३५०.५ अरव डलरले बढ्यो अर्थात् २१७ प्रतिशत बृद्धि भयो । अर्कोतिर, बाँकी ४ जना सबभन्दा धनी अरवपति मध्ये फ्रान्स, स्पेन, मेक्सिको र भारतका गरी एकएक जना थिए । २०१०मा उनीहरुको एकमुस्ट सम्पत्ति १३५ अरव डलर थियो जव कि २०१९मा त्यो बढेर ३१०.२ अरव डलर पुग्यो अर्थात् १३० प्रतिशतले बृद्धि भयो । आर्थिक असमानताको यो प्रवृत्ति विश्वभरि बढ्दो छ र अमेरिकामा सबभन्दा बढी छ । यसरी विश्वमा माथिल्लो तहका धनाढ्यहरु दिन गनेर धनी हुँदैछन् र गरिब तथा मध्यम वर्ग क्रमशः तल खस्किंदै गएका छन् ।
ृजततउकस्ररअलदअ।अयmरद्दण्ज्ञढरज्ञद्दरद्दद्धरलभत(धयचतजक(या(चष्अजभकत(उभयउभि(ष्ल(तजभ(धयचमि(ष्ल(द्दण्ज्ञण्(बलम(लयध।जतmेि
यसरी कोभिड–१९ पूर्वको विश्व अर्थतन्त्र महामारी आएको वा नआएको जे भए पनि गंभीर सङ्कटतर्फ उन्मूख थियो । महामारीका कारणले वर्तमान सङ्कट आएको हो भन्ने कुरा नितान्त गलत हो । मात्र यसले सङ्कटको प्रक्रियालाई ज्यामितीय ढङ्गले बढायो ।
महामारी पछिको सङ्कट
यतिबेला पुरा विश्वलाई कोभिड–१९ महामारीले लपेटेको छ । महामारीबाट बच्नका लागि लकडाउन गर्नु पर्ने र लकडाउनले विश्वभरि नै अर्थतन्त्र ध्वस्त हुने, अर्थात जीवन कि अर्थतन्त्र — यो कोभिड–१९ले पैदा गरेको अन्तर्विरोध हो । यसको समाधान भाइरसको खोप भन्दा बाहेक अन्य कुनै विधिबाट संभव छैन र अहिलेसम्म खोप पत्ता लागेको छैन । केही देशले दावी गरेका छन् तर त्यो प्रमाणित हुनै बाँकी छ । छिटै भयो भने पनि २०२० भित्र त्यसको उत्पादन बजारमा पुग्ने संभावना निकै कम छ । यसरी कम्तिमा आउने ८÷१० महिनासम्म विश्व कोभिड–१९बाट उम्किन सक्ने अवस्थामा देखिंदैन । औषधि पत्ता नलागे त झन कुरा अर्कै भयो । यो एउटा डरलाग्दो यथार्थ हो ।
यसै सन्दर्भमा अमेरिकी जासुसी संस्था सिआइए र पेन्टागनका पूर्व आर्थिक सल्लाहकार जिम रिकार्ड्सले यही अप्रिलमा “२०२० को महामन्दी” शीर्षक दिएर एउटा कार्यपत्र तयार पारेका छन् । त्यसमा महामारी पछिको संभावित चित्रलाई पाँच बुँदामा व्याख्या गरिएको छ । ती पाँच बुँदालाई रेडस्पार्कमा प्रकाशित एउटा लेखमा कोवाद गान्धीले निम्नानुसार संश्लेषण गरेका छन् ।
“पहिलो, महामन्दीले ठुलो वेरोजगरी ल्याउने छ, ५० प्रतिशत कामहरु खतरामा पर्ने छन् । जनता लकडाउन र आइसोलेसनमा हुने भएका कारण वेरोजगार हुने छन्, उनीहरुको क्रय क्षमता समाप्त हुने छ र बजारमा मालको माग नै हुने छैन । इतिहासमा पहिलो चोटी माग र आपूर्तिमा धक्का लाग्ने छ । यो सङ्कट १९३० र २००९ को जस्तो आर्थिक कारणले सुरु भएको नहुनाले लामो समयसम्म अर्थतन्त्रलाई जोगाउन ब्याज घटाउने र तरलता बढाउने जस्ता कुरा त्यति प्रभावकारी हुने छैनन् । दोस्रो, मालको माग नहुने र आपूर्ति पनि नहुने हुनाले आर्थिक बजार धराशायी हुने छ । तेस्रो, जनताले ऋणतिर्न नसक्ने स्थिति भएपछि यसको प्रभाव जग्गा कारोवारमा विस्तार हुनेछ र तिनीहरुको १६० खरव डलरको बजार पनि ध्वस्त हुनेछ । चौथो, उद्योगहरु चौपट हुने छन् र जनताले ऋण तिर्न नसकेर बैङ्किङ् उद्योग टाटपल्टिने छ । पाँच, हाम्रो समाज र विधिको शासन पूर्णत समाप्त हुनेछ । सेनाभित्र, सैन्य शासनका बारे फाट्टफुट्ट रुपमा गोप्य सल्लाह चल्न थालिसकेका छन् ।” यहाँ लकडाउनले ल्याउन सक्ने सबैभन्दा खराव स्थितिको आँकलन गरिएको छ ।
ृजततउकस्ररधधध।चभमकउबचप।लगरभलरउभयउभिक(धबचरपयदबम(नजबलमथ(ब(कअभउतचभ(ष्क(जबगलतष्लन(तजभ(धयचमिरे
महामारी कहाँसम्म जाने हो र भोलि त्यसले निम्त्याउने चुनौतीहरु के कस्ता हुने हुन् अहिले नै ठोकुवा गरेर भन्न सकिन्न । तर, रिकाडर््सले महामारी पछिको जुन भयावह चित्रको संभावित आँकलन गरेका छन्, त्यो मनोगत छैन । त्यसलाई पुष्टि गर्ने वस्तुगत आधारहरु छन् । महामारी आएको वा नआएको जे भए पनि आर्थिक सङ्कटको आगो त पहिल्यैदेखि नै भित्रभित्रै सल्किइरहेको रहेको थियो तर, फरक के हुन गयो भने यो महामारीले सङ्कटको आयामलाई एक्कासी कैयौं गुना बढाइदिएको छ । महामारी पछिको सङ्कट विश्वभरिनै अहिले भन्दा पनि झनै भयावह हुने कुरा निश्चित छ ।
उपसंहार
पुँजीवाद आफ्नै अन्तर्निहित अन्तर्विरोधका कारण जन्मदेखि नै गम्भीर सङ्कटहरु पारगर्दै यहाँसम्म आएको छ । पहिल्यैदेखि विश्वभरि विष्फोटक बन्दै गइराखेको आर्थिक सङ्कट कोभिड–१९ महामारी पछि बहुआयामिक र गुणात्मक हुन गएको छ । यो महामारी नियन्त्रणमा नआउँदासम्म स्वास्थ्य सङ्कट अरु गहिरिँदै जाने कुरा पनि निश्चित छ । यो कहाँसम्म पुग्ने हो, त्यसको टुङ्गो छैन ।
करिब छ महिनाको लकडाउनपछि विश्वको आर्थिक बृद्धिदर ओरालो लागेको छ । अमेरिकाको आर्थिक बृद्धिदर —६.१, युरोपको —९.१, एशियाको —२.८ र अफ्रिकाको —२.८ प्रतिशतमा झरेका छन् । यी अन्तर्राष्ट्रिय मुद्रकोषले गत जुन महिनाको आर्थिक स्थितिका आधारमा निर्धारण गरेका आँकडा हुन् । जुन पछि पनि स्थिति धेरै बिग्रिएको छ र महामारी तथा लकडाउन अरु कति महिना लम्बिने हुन् अनुमान गर्न सकिन्न । यति भन्न सकिन्छ, महामारी जति लामो हुन्छ आर्थिक सङ्कट पनि त्यतिनै गंभीर हुँदै जानेछ । यदि यो स्वास्थ्य सङ्कट अरु ६ महिना लम्बिने हो भने उद्योग, सेवा लगायत उत्पादनका प्रायः सबै क्षेत्रहरु धराशायी हुने छन्, वेरोजगारी तथा भोकमरी अकल्पनीय अवस्थामा पुग्ने छन् ।
ृक्यगचअभस् जततउकस्ररभउबउभच।बmल।mभमष्बरबललबउगचलबउयकत(मभतबष्रिज्ञद्दडघे
फलतः आउने दिनहरु जताततै अभाव, भोकमरी, आक्रोस र विद्रोहका दिन हुने छन् । यस प्रकारको स्थितिले आर्थिक र स्वास्थ्य सङ्कट मात्र होइन विश्वभरि गंभीर राजनीतिक सङ्कट पनि निम्त्याउने छ । सुधारको जति राम्रो लेपन लगाउन कोशिस गरेपनि आउने सङ्कटलाई टार्न नवउदारवादी पुँजीवाद र त्यसले अवलम्बन गरेको संसदीय व्यवस्था कदापि सफल हुने छैनन् । तथ्यहरुले के कुरा पुष्टि गर्दैछन् भने, फुकुयामाले भने जस्तो साम्यवादको होइन, बरु पुँजीवादकोे इतिहासको अन्त्य अव त्यति धेरै टाढा छैन । पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद आजको वस्तुगत आवश्यकता बनिसकेको छ र यसको भविष्य उज्ज्वल छ । तसर्थ वर्तमान चौतर्फी सङ्कटलाई समाजवादी क्रान्तिमा बदल्नका निमित्त यति बेला संसार भरि नै सम्पूर्ण क्रान्तिकारीहरुलाई एकतावद्ध गर्नु र क्रान्तिको योजनावद्ध विकास गर्नु सच्चा कम्युनिस्टहरुकोे दायित्व हो ।
साभार ः नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय मुखपत्र, पूर्णाङ्क १५, भाद्र २०७७