अखिल नेपाल महिला संघ ( क्रान्तिकारी)लगायत चितवनमा कृयाशिल क्रान्तिकारी एवम् प्रगतिशील महिला संगठनहरुको संयुक्त आयोजनामा महिला हिंसा , हत्या र बलात्कार विरुद्ध जुलुस प्रदर्सन सहित बिरोध कार्यक्रम सम्पन्न

प्रकाशित मिति : २०७७ आश्विन ३०


आस्विन ३० चितवन,
महिला हिंसा , हत्या र बलात्कार विरुद्ध चितवनमा कृयाशिल क्रान्तिकारी एवम् प्रगतिशील महिला संगठनहरुको नेतृत्वमा जुलुस प्रदर्सन सहित बिरोध कार्यक्रम सम्पन्न भएको छ । भरतपुरको चितवन मेडिकल कलेज अगाडिबाट शुरु भएको जुलुस विभिन्न नारा लगाउदै चौबीसकोठी पुगेर कोणसभामा परिणत भएको थियो । अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) , अखिल नेपाल महिला संघ , अखिल नेपाल प्रगतिशील महिला संघ , बैज्ञानिक समाजवादी महिला संगठनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा महिलाहरुसंगै पुरुषहरु पनि महिला हिंसा विरुद्ध प्रदर्सनमा सहभागी भएका थिए ।


अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय अध्यक्ष अम्बिका मुडभरीले महिला हिंसा , बलात्कार र हत्याको शृङ्खला झन झन बढी रहेको र कार्वाही गर्नुको साटो कतिपय मुद्दामा सरकार आफैं अपराधीलाई संरक्षण गर्ने गरेको बताउनु भयो । बलात्कार पछी पनि मुद्दा मामलामा प्रशासन , अदालत लगायत विभिन्न न्यायीक निकायमा बयानको क्रममा बारम्बार अपमानित बन्नु पर्ने घटना झन पिडादायी हुने र यस्तो घटनाका सन्दर्भमा एकल बिन्दु न्याय निरुपण प्रणालीको माग पनि अध्यक्ष मुडभरीले गर्नु भएको छ । महिला मुक्तिको समस्या मुलतः राजनैतिक समस्या भएको र यसको सम्बन्ध सत्ता र व्यवस्थासंग हुने हुनाले सत्ता र व्यवस्था परिवर्तनको खाँचो रहेको बताउनु भयो । क्रान्तिको सबैभन्दा बढी आवश्यकता महिला र उत्पीडितहरुलाइ रहेको कारण संघर्षको मैदानमा अग्रपंक्तिमा आउन महिलाहरुलाइ अपिल पनि गर्नु भयो ।


सम्वोधनका क्रममा उहाँले यो व्यवस्थाका संसदहरुले नै सार्वजनिक महत्त्वका ठाउँमा उभिएर ९५ प्रतिशत बलत्कारका घटनाहरु सहमतिमा हुने र कुरा नमिलेपछि बलत्कारका मुद्दा बन्ने बताउनु र देशको गृहमन्त्रीले नै नेपालमा बलत्कारका घटनाहुनु सामान्य भएको बताउनु गम्भीर कुरा भएको वताउदै राज्यका आडमा हुने र गरिने यस प्रकारका घटनावाट बच्न महिलाहरुले आत्मसुरक्षा र प्रतिरक्षाको लागि हतियार बोकेर हिड्नु पर्ने बताउनु भयो ।


विरोध कार्यक्रममा अखिल नेपाल प्रगतिशील महिला संघकी केन्द्रीय सदस्य पार्वती महतो कुमालले राज्यको आडमा महिलामाथि हत्या हिंसा र बलत्कारका घटना हुनु दुखद रहेको वताउदै यो स्थितिको अन्त्य गर्न महिलाहरू एकताबद्ध भएर संघर्षमा सामेल हुनुपर्ने बताउनु भयो। अखिल नेपाल महिला संघकी मिना पौडेलले महिलाहरु माथिको उत्पीडन राजनीतिक र न्यायीक लगायता क्षेत्रमा भएको वताउदै महिलाहरू आफै सक्षम र संगठित भएर संघर्षमा लाग्नुपर्ने बताउनु भयो। त्यसैगरी बैज्ञानिक समाजवादी महिला संगठनकी केन्द्रीय सदस्य राजेश्वरी सुबेदीले महिला राष्ट्रपति भएको देशमा यसप्रकारका महिला हिंसा र बलत्कारका घटना हुनु लज्जास्पद कुरा भएको हुदा यो दलाल संसदीय व्यवस्थाको अन्त्य नगरेसम्म महिलाहरुमाथिका हत्या हिंसा र बलत्कारका घटनाहरु नरोकिने भएको हुदा महिला मुक्ति आन्दोलनलाई यो व्यवस्था विरोधी आन्दोलनमा विकास गर्नु पर्ने समय आएको बताउनु भयो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)चितवन जिल्ला अध्यक्ष शान्ति बिकले संचालन गर्नु भएकोे उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले महिलाहरुमाथिका बलत्कार र हत्या लगायतका लैङ्गकि हिंसाको अन्त्य गर्न वर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य गर्नु पर्ने बताएका थिए ।