
आस्विन २७ चितवन
नेकपा (क्रान्तिकारी माओवादी) सहित चितवन जिल््लामा क्रियाशील राजनीतिक पार्र्टीहरुको संयुक्त आयोजनामा आज चितवनको रत्ननगर स्थित टाँडीको सौरहाचोकमा लिपुलेक– कालापानी– लिम्पियाधुरा सहित भारतीय अतिक्रमणमा परेका नेपाली भुभाग फिर्ता गर्न र राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै संयुक्त विरोध कार्यक्रम सम्पन्न भएको छ । स्थानीय टाँडी चोकवाट सुरुभएको जुलुस बकुलर चोकवाट घुमेर सौरहा चोक पुगेपछि सभामा परिणाम भएको थियो ।

सभामा बोल्दै नेकप (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज विकासले वर्तमान ओली नेतृत्वको दलाल संसदवादी सरकार राष्ट्रघात,जनघात र भ्रष्टाचारमा नाङ्गो ढंगले लागेको कारण अब नेपाली जनताले यो दलाल सत्ता र व्यवस्थाको विकल्प खोज्नुपर्ने बेला आएको बताउनु भयो । राष्ट्रघाती एमसीसी सम्झौता संसदवाट पास गर्न विभिन्न षड्यन्त्र गर्ने, राजनीतिक आडमा भ्रष्टाचार र कमिसनखोरवाट सन्चालित ओली सरकारले लिपुलेक,कालापानी र लिम्पियाधुरा समेटेको नक्सा भारतीय विस्तारवादको दवावमा नेपाली पाठ्यक्रममा नराख्न निर्देशन दिदै हिड्नुले ओली सरकार भ्रष्ट दलाल र राष्ट्रघाती समेत प्रमाणित भएको कारण यसलाई अब देशभक्त नेपाली जनताले संघर्षको वलमा हटाउनु पर्ने बताउदै त्यसको पहल आफुहरुले शुरु गरिसकेको बताउनु भयो । कार्यक्रममा नेकपा मालेका चितवन जिल्ला सचिव पर्शुराम लामिछानेले जनअपेक्षा अनुसार हिड्न नसकेको ओली सरकारको कुनै औचित्य नभएको हुँदा यसको अन्त्यको लागि संयुक्त संघर्षको विकास हुँदै गएको बताउनु भयो । त्यसै गरि नेकपा (मसाल)का जिल्ला प्रवक्ता मेघनाथ ढकालले पनि जनविरोधी राष्ट्रघाती ओली सरकारले नेपालको राष्ट्रियताको रक्षा गर्न नचाहेको र भ्रष्टाचार र कमिसनखोरीमा लागेको कारण नेपाली जनताले सडकवाटै यसको विकल्प खोज्नुपर्ने धारणा राख्नु भयो । कार्यक्रमका अन्य सबै वक्ताहरूले नेपालको अतिक्रमित भुमिवाट भारतीय सेना फिर्ता हुनुपर्ने, नेपालको वास्तविक नक्सा नेपाली पाठ्यक्रममा समावेश गरिनु पर्ने, भ्रष्टाचारको अन्त्य, राष्ट्रघाती एमसीसी संझौता खारेजी हुन र देशमा शुसासन र वास्तविक जनगणतन्त्र स्थापना हुन ससक्त प्रकारको संयुक्त संघर्षको आवस्यकता रहेको बताएका थिए । अर्र्काे संयुक्त कार्यक्रम महिलाहरुमाथि हुने अपहरण बलत्कार, हत्या र हिंसाको विरुद्धमा महिला संगठनहरुको तर्फवाट यहि असोज ३० गते भरतपरको चौविसकोठीमा हुने कुरा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष शान्ति वि.क.ले जानकारी दिनु भयो ।




























