काठमाडौँ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २५ सय ४० सहित ४३ सय ६४ जनामा संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित भेटिएको जानकारी दिइएको छ । २४ घण्टामा १८ हजार ४ सय ७३ पीसीआर परीक्षण भएका छन् । देशभरी भने बिहीबार ४३ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशभर कोरोनाभाइरस निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । बितेको २४ घण्टामा थप २ हजार ६७५ जना निको भएसँगै कोरोना निको हुनेको कुल संख्या ७१ हजार ३४३ पुगेको हो । हाल कोरोना जितेर डिस्चार्ज भएकाको प्रतिशत ७२ दशमलब ३ रहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर भएको छ भने यससँगै कुल पीसीआर संख्या ११ लाख ३१ हजार ९५८ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमित २६ हजार ६४८ पुगेका छन् । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ९८,६१७ पुगेको छ ।
काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, काठमाडौंमा ५८ वर्षीय, ९१ वर्षीय र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षीय, ८१ वर्षीय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर