साँस्कृतिक क्रान्ति — ५

प्रकाशित मिति : २०७७ आश्विन ६

- — रामबहादुर बुढा‘राजन’


किबदन्ती अनुसार मानव इतिहासका विभिन्न कालखण्ड अन्तर्गत लिच्छवी कालिन राजा नरेन्द्रदेवको पालामा पानीका देवता नवनागलाई गुरु गोरखनाथले आफ्नो आशन बनाएर बसेपछि १२ वर्ष सम्म पानी नपरेर अनिकाल र भोकमरीले मानिसहरू हैरान भएको अवस्था थियो । हरेक व्यक्ति, समाज वा राष्ट्रलाई समस्या आउँछ त्यो समस्याको समाधानका उपाएहरूको खोजी गरिन्छ । त्यसै क्रम त्यस अवस्थामा त्यो समस्याको समाधान गर्ने कुरा त्यति सजिलो थिएन । गुरु गोरखनाथलाई कसैले हटाउन सक्ने हिम्मत पनि थिएन र आदेश पनि दिन कोही सक्दैनथ्ये तर गुरुले पनि १२ वर्ष सम्म पनि मानिसहरूको भोक र शोकका बारेमा चासो नदिएपछि उहाँलाई त्यी पानीका देवतालाई गोरख नाथको आसनबाट मुक्त गराई पानी वर्षा गराएर सकाल फर्काउन के गर्ने भन्ने कुरा खोज्दै जाँदा उनका गुरु ‘वुंगध’वा रातो मच्छिन्द्रनाथ भारतको प्रसिद्ध मन्दिर काम रुप कामख्या गई उनलाई ल्याएर आई उनकालाई काठमाण्डौं भ्याली परित्रक्रमा गराएपछि गुरु गोरखनाथका गुरु रातो मछिन्द्रनाथलाई देख्ने छन् र ध्यानबाट उठेर आई गुरुचरण स्पर्श गर्नका लागि आउने छन् त्यसपछि पानीका देवता नवनाग मुक्त हुने छन् र वर्षा भई सकाल फर्कने छ भन्ने ध्ययका साथ महा तान्त्रीक कम्धुदत्त आचाजु ललित ज्यापु तथा कार्कोटन नागराजा समेत भारतको कामरुप कामाख्या गई रातो मछिन्द्रनाथलाई नेपाल भित्र्याएका थिए । राते मछिन्द्रनाथलाई देखेपछि गोरखना आफ्ना गुरुलाई देखि चरण स्पर्शको लागि ध्यानबाट उठेपछि नवनाग मुक्त भई वर्षा भएको थियो र सकाला फर्किएको थियो, भन्ने मान्यता रहि आएको छ ।
यही आधारमा रातो मछिन्द्रनाथको रथयात्रा गर्ने परम्मरा अनुसार प्रत्येक वर्ष आमाको मुख हेर्ने दिनको दोश्रो दिन वा बैशाख महिनाको शुक्ल प्रतिपदा देखि शुरु भई असार शुक्ल चौथि सम्म करिब २ महिना सम्म ललितपुरको पुलचोकबाट शुरु भई काठ्माडौं उपत्यकाका विभिन्न स्थानहरुमा परिक्रमा गराईन्छ । पुलचोकबाट शुरु हुने रथ यात्राको पहिलो दिन रथलाई गाःबहाल पु¥याइन्छ । त्यहाँ एक दिन राखेर रथलाई सुनधारातर्फ लगिन्छ । सुनधारमा रथ लगेपछि त्यहाँ देगु जात्र मनाउने गरिएको छ । सुनधारबाट फेरी रथ महाबौद्ध र चागुवहाल हुँदै लगनखेल पु¥याइन्छ । लगनखेल पु¥याएपछि त्यहाँको दुलामाजु अर्थात मछिन्द्रनाथकी आमा रहेको विश्वास गरिने स्थानमा एकपटक परिक्रमा गराएर रथलाई लगनखेलमा २ दिन राख्ने गरिन्छ । लगनखेलबाट रथलाई तानीने दिनमा बली पुँजा गरिन्छ तर मछिन्द्रनाथले बलिपुजा स्वीकार नगर्ने भएकाले रथमा रहेका भैरवको नाममा यो बली दिईएको भन्ने मान्यता छ । लगनखेलबाट रथ लैजाने क्रममा दुलामाजुको दुईपटक परिक्रमा गराईन्छ ।
लगनखेलबाट रथलाई पोडेटोलमा पु¥याईन्छ । रथ पोडेटोल पु¥याइएको भोली पल्ट साँझ रथको टुप्पोबाट नरिवल गुडाउने चलन छ । रथबाट खसालीएको नरीवल समाउने व्यक्तिलाई पुत्र लाभ हुने जनविश्वास रहि आएको छ। नरिवल गुडाउने दिनलाई जात्राको सफलताका लागि कृतज्ञता व्यक्त गर्ने दिनका रुपमा पनि लिईन्छ । नरिवल गुडाईएको भोलिपल्ट बिहान एकल महिलाहरुले रथ तान्दछन र पोडेटोलकै चौबाटो सम्म पु¥याउँछन् । त्यहाँबाट रथलाई जाउलाखेल लैजना ज्योतिषबाट साईत हेरेर पलाघडी अनुसार साईत जुराई लैजाने चलन छ । जावला खेल रथ पु¥याउनु एक दिन अघिको रात रथबाट फेरी एक पटक नरिवल खसाल्ने चलन छ । जावलाखेलमा रथ पु¥याएको ३ दिन पछि भोटो देखाएर जात्राको समापन गनिछ । त्यसको एक दिन अघि सातवटा गाउँका बासिन्दाले पूजा गर्ने चलन छ । अन्तिम दिनको विहान अजिमाको पुजा गर्ने चलन छ । त्यस्तै सोही राति एउटा तान्त्रीक पूजाको आयोजना गरिन्छ । जसमा रथमा बस्ने पाज्जुका पत्नीहरु पनि सहभागी हुन्छन् । भोटो जात्राको दिन साँझ पाज्जुहरुले मच्छिन्द्रनाथको मन्दिरबाट भोटो ल्याई रथबाट चारै दिशामा देखाउने चलन छ । लोककथन अनुसार, दौदहका नागराज कर्कोकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहार स्वरुप सो रत्न जडित भोटो दिएका थिए । किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला भोटो हराएको र पछि मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भिडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गरेको किंवदन्ती छ । दुई विच भोटो खोसाखोस र विवाद परेपछि विवाद राजासँग पु्¥याउँदा लिच्छवि राजा गणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाए र त्यसलाई देखाउने चलन बसाए । सोही परम्परा अनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन यो भोटो कसको हो ? भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तिन पटक सम्म देखाउने चलन रही आएको छ । राष्ट्रप्रमुखहरूले भोटे जात्राको भोटो अवलोकन गर्ने गरेको चलन छ । मच्छिन्द्रनाथको सम्पूर्ण जात्रालाई जिवित देविको रुपमा हेरिने कुमारीले अवलोकन गर्ने प्रचलन छ । प्रत्येक १२ वर्षमा मच्छिन्द्रनाथको रथ लिलितपुरको बङ्गतीमा निर्माण गरि त्यहीँबाट रथ यात्रा गर्दै पाटन परिक्रमा गर्ने चलन पनि छ ।
यसरी परम्परागत रुपमा चल्दै आएको यो चलनलाई हेर्दा त्यतिवेलाका मानिसहरूको घटना क्रमलाई संझनाका लागि मानिएको जस्तो देखिन्छ । जेहोस विस्तारै अन्धविश्वासको पहाड बनाउँदै आज सम्म सकि नसकी मानिसहरुले यसलाई मान्दै आएका हुन । उनीहरुले देशमा सकालका देवताको रुपमा मान्ने गरेका मच्छिन्द्रनाथले आज अकाल पैदा गरेको घटनाले यो पंक्तिकारलाई साँस्कृतिक क्रान्तिको – ५ मा लेख्नु पर्ने आवश्यक ठानेको हुँ । आदिम साम्यवाद सम्म कुनै अन्धविश्वास र रुडीवादको विकास नभएको अवस्था देखिन्छ । जब मानिसहरु आदिम साम्यवादबाट बरबरताको युगतिर प्रवेश गरेपछि आफ्ना स्वार्थहरु पुरा गर्नका लागि मासिनहरुले मानिसलाई मार्ने, यातना, दिने, दास बनाउँने, छलकपट गर्नुका साथै अन्धविश्वास फैलाएर प्रयोग गर्ने गरेको कुरा आज पनि हाम्रो समाजमा प्रयाप्त मात्रामा देख्न र भोग्न पाईन्छ । मानिस सिप, कलाले निपुण भएमा उसको हात काटिदिने, मारिदिने आदि पनि गरेको पाईन्छ । जसले बस्ने घर बनाईदिन्छ, जसले लगाउने कपडा बनाईदिन्छ, जसले गरगहना र भाँडाकुडा बनाईदिन्छ तिनीहरुलाई अछुत बनाएर राख्ने जसले रक्षा कवचको रुपमा रातदिन उनको रेखदेख गर्छ त्यसलाई पनि दोश्रो दर्जामा राख्ने समाजको सृजना भयो र त्यो आज पनि जीवीत छ ।
हलिया, गोठाला, हरुवा, जरुवा, कमारा, कमारी, कम्लरी, देउकी, पत्नी, रखेल, सुसारे आज आएर मसाजवाला, भान्छावाला, पार्टीवाला, पर्ववाला, नर्तकी, गाईने, दमाई, आदी नामले शोषण गर्ने यो समाज मूलतः पितृसतात्मक समाज नै हो । यसरी सामान्ती प्रथाले मालिक र नोक्करको विचमा हुने व्यवहार एकदमै दर्दनाक र शोषणपूर्ण हुने भएको हुनाले संसारका उत्पीडित वर्गहरु एक भएर यो अन्यायपूर्ण संरचनाको ध्वस्त गर्नका लागि विभिनन किसिमले यसको समूल नष्ट गर्नुपर्छ भन्ने मान्यता राखेर माक्र्सले आफ्नो लेखहरु लेख्नु भयो । कितावहरु प्रकाशित भए जस अनुसार उत्पीडितहरु संसारभरी एक हुने क्रम बढेको देखिन्छ । उता सामान्तहरु भने अझ पनि नयाँ ढंगले अगाडी बढीरहेको देखिन्छ ।
यसको समुल नष्ट गर्नको लागि पहिलो कुरा मानिसको अवचेतन मनमा बसेको सँस्कारलाई परिवर्तन गर्दै समाजलाई यथार्थ परक ढंगले विकास गर्न जरुरी रहेको छ । प्रत्येक व्यक्ति व्यक्ति भित्र रहेको अन्धविश्वास र रुडीवादको अन्त गर्ने कुरा सवैतिरबाट पहल भए पनि आज नेपालको राजधानी काठमाडौंमा भने अन्धविश्वासको कारण यस्तो लक डाउनको अवस्थामा संसार कोरोना भाइरसबाट त्राहीत्राही भईरहेको बेला पनि त्यो परम्परा मान्नका लागि निरन्तर प्रयास गरिरहँने कुरालाई अज्ञानताको पराकाष्टा र त्रासको घर भन्दा अरु केही नाम दिन सकिदैन । सरकारले भन्दा भन्दै जवरजस्ती गरि मच्छिन्द्रनाथको रथ ल्याएर तान्न लगाउने समाजका अगुवाहरुबाट यो समाज कसरी खतरा मुक्त र अग्रगामी बन्न सक्छ ? आज सकाल निम्त्याउने नाममा सरकारी पहरेदारमाथि निर्लज्ज नाङ्गो हस्तक्षेप गर्ने अन्धविश्वासीहरु प्रहरीका जवाफि कारवाहीमा मर्नासन्न भएको स्थिति पनि कुरुप देखिन्छ । जो अन्धविश्वासका कारण जात्रामा सहभागी भई प्रहरीमाथि हातापाई गरेका थिए उनलाई प्रहरीले नियन्त्रण गरि चेक जाँच गराउँदा कोरोना पोजेटिभ भएको छ । यसरी अध्धविश्वासको सिकार हाम्रो समाज कहिले सम्म हुने बुद्धिजीवी, पत्रकार, नागरिक समाज र जिम्मेवार निकायले समयमै स्वच्नु पर्ने अवस्था देखा परको छ । काठमाडौं जस्तो विकसित ठाउँमा त यस्तो अन्धविश्वासको पराकाष्टा छ भने नेपालको ८० प्रतिशत भूभागमा अझ झन कस्तो दर्दनाक स्थिति छ बोक्सी, डायन, भूत, प्रेत, देविदेवता आदिको त्रासले ग्रस्त भएको यो समाजमा विकासको शुरुवात गर्नका लागि साँस्कृतिक रुपमान्तर पहिलो आवश्यकता हो । उसरी भनौ भने नेपालको पहिलो कोरोनाको सिकार पनि अन्धविश्वासबाटै भएको कुरा मैले प्रमाण सहित ‘‘अन्धविश्वासको पराकाष्टा कोरोनाको पहिलो सिकार’’ भन्ने आर्टिकलमा उल्लेख गरेको छु । मुलबाटोको पेजमा प्रकाशित उक्त आर्टिकलले पनि यो अधिभुतवादको अत्याचारी उत्पादन संवन्धलाई प्रष्ट पारेको छ । यसैले मानिसको संस्कृतिलाई वैज्ञानिक बनाउनका लागि साँँस्कृतिक सुद्धिकरण गर्न अपरिहार्य छ । यसका निम्ति साँस्कृतिक क्रान्तिको मूल महत्व रहेको छ ।