पाँच दिनसम्म हावाहुरीसहित वर्षा हुन सक्ने, सर्तक रहन आग्रह

पाँच दिनसम्म हावाहुरीसहित वर्षा हुन सक्ने, सर्तक रहन आग्रह


काठमाडौं, असोज ५ । देशको अधिकांश स्थानमा आगामी पाँच दिनसम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बुलेटन जारी गर्दै उत्तर­पूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्यांकसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्यांकसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।