२८ भाद्र, आईतवार काठमाडौं,
सिन्धुपाल््चोकको बाह्रबिसे नगरपालिका–७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ ।
बाह्रबिसे गाउँपालिका वडा ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पहिरोले पुरेको अवस्थामा नौ जनाको शव भेटिएको छ । तीनजनाको घाइते अवस्थामा उद्धार गरिएको छ । पहिरोमा परेका अझै २३ जना बेपत्ता रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पहिरोमा परी बेपत्ता भएका भक्तिमाया श्रेष्ठ, ल्याकसिं तामाङ, धनलाल श्रेष्ठ, शुकलाल विक, जुनु विक, सन्देश विक, सर्किनी श्रेष्ठ र हिरामाया श्रेष्ठको शव भेटिएको हो ।


भीरखर्कबाट खसेको पहिरोमा परी दुई गाउँमा क्षति पुगेको थियो । बेपत्ता व्यक्तिहरु धेरैजसो पुरिएको वडाध्यक्ष श्रेष्ठले बताए । सशस्त्र प्रहरी, नेपाली सेना र जनपथको टोलीले उद्धारलगायत बेपत्ताको खोजी जारी राखिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले पहिरोमा परी ठुलो जनधनको क्षति भइरहेको भन्दै दीर्घकालिन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । पहिरो आएको जानकारी पाए लगत्तै सिन्धुपाल्चोक पुगेका सभामुख सापकोटाले त्यहाँ असाधारण प्रकृतिका पहिरोहरु जान थालेको हुँदा यसबाट सुरक्षाका लागि संघीय सरकारले नै पाइलट प्रोजेक्ट नै बनाएर काम गर्नुपर्ने भएको बताए ।
सभामुख सापकोटाले सिन्धुपाल्चोकमा असार २४ देखि निरन्तर पहिरो गइरहेको र त्यहाँ गएका पहिरोलाई सामान्य बाढी पहिरो र सामान्य प्राकृतिक प्रकोपको रुपमा हेर्न नहुने बताए ।
सभामुख सापकोटाले संघीय सरकारलाई एकीकृत र केन्द्रिकृत योजना बनाएर काम गर्न र सिन्धुपाल्चोकको पहिरोको दिर्घकालीन समस्या समाधान गर्नका लागि एउटा पाइलट प्रोजेक्ट नै बनाएर काम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर