क्रान्तिकारी माओवादीले कब्जा गरेको जग्गा सार्वजनिक सम्पतिको रुपमा राख्ने बर्दघाट नगरपालिका प्रमुख बस्यालको प्रतिबद्धता

क्रान्तिकारी माओवादीले कब्जा गरेको जग्गा सार्वजनिक सम्पतिको रुपमा राख्ने बर्दघाट नगरपालिका प्रमुख बस्यालको प्रतिबद्धता

भदौ २२ नवलपरासी,
नेकपा (क्रान्तिकारी माओवादी)ले बर्दघाट नगर समितिले विहीवार कब्जामा लिएको जग्गा स्थानीय तह मातहत ल्याइने भएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले सोमवार पत्रकार सम्मेलन गरी बर्दघाट–२ चिसापानी ढेडाँरीफाँटस्थित राष्ट्रिय आवास कम्पनीको जग्गा स्थानीय तहको मातहत गर्ने प्रतिबद्धता गर्नुभएको हो ।
विहीवार नेकपा (क्रान्तिकारी माओवादी)ले सार्वजनिक सम्पतिको रुपमा जग्गा राख्न भन्दै कब्जामा लिएको घोषणा गरेको थियो । सोही जग्गा सार्वजनिक बनाउन नेपाली काँग्रेस सहितका ६ दलले नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएका थिए । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख बस्यालले ६ दलले जग्गा तथा बिबिध बिषयलाई समेटेर जारी गरिएको संयुक्त प्रेस विज्ञप्ति प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले वार्ड नं. २ चिसापानीमा अवस्थित दिब्यज्योती बहुमुखी क्याम्पस पश्चिम तर्फको साविक माकर २ ग कित्ता नम्बर १३१० को जम्मा ८ विगहा २ कठ्ठा १२ धुर क्षेत्रफल रहेको उक्त जग्गाको बिषयमा नगरपालिकाले चासो नदिएको र स्थानिय तह प्रमुखको मौनता रहेको कुरा निराधार रहेको दावी गर्नुभएको थियो । उहाँले विगतमा समेत राष्ट्रिय आवास कम्पनीले उक्त जग्गा बिक्री बितरण गर्न नगरपालिकाको सहमति विना टेण्डर प्रकृया अत्यन्तै गोप्य ढंगले अगाडी बढाएको र त्यस बिषयमा तत्कालिन समयमा नगरपालिका र व्यक्तिगत तवरमा कुनै जानकारी नदिने जस्ता प्रयत्न गरिएको हुदा जग्गा व्यवस्थापनको बिषयमा बर्दघाट नगरपालिकाले प्रष्ट अडान राख्दै आएको जानकारी दिनुभयो । त्यस्तै नगर प्रमुख बस्यालद्वारा हस्तक्षरित बिज्ञप्तिमा त्यहाँ रहेका अव्यवस्थित बसोबासी, चिसापानी अस्पताल र क्याम्पस सँग भएको पुर्व सहमति अनुसार जग्गा बितरण गरि बाकी रहेको जग्गा स्थानिय तह (नगरपालिका) को नाममा गरिनु पर्ने अडान रहेको उल्लेख गरिएको छ । उहाँले उक्त जग्गामा अस्पताल नै निर्माण हुने र कोही कसैलाई बिक्री बितरण गर्न नदिई नगरको संरक्षणमा ल्याउन सो जग्गामा तारबार समेत गरिने बताउनुभएको थियो ।
अर्को प्रसंगमा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिकाले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै रोगको संक्रमण नियन्त्रण र रोकथामको कार्यमा सबै कार्यहरु नगर स्तरिय विपद व्यवस्थापन समिति र बर्दघाट नगर कार्य पालिकाको बैठकको निर्णय बाट नियमित रुपमा खर्च अनुमोदन गर्दै आएको बताउदै नगरले आवश्यक रुपमा पिसिआर चेकलाई निरन्तरता दिने र सो नियन्त्रणका लागी सबै नागरिक सचेत हुनु पर्ने बताउनुभयो । फरक प्रसंगमा बर्दघाट ९ स्थित राजा महात्मा पुर्ण भद्र मा.वि भुताहाको आर्थिक क्रियाकलापको सम्बन्धमा सम्बन्धित निकायबाट छानबिन र अनुसन्धान भईरहेको हुदा केहि दिनमै त्यसको सत्य तथ्य सार्वजनिक हुने पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो ।