
टर्कीका जनता मात्रनभएर विश्वभरका उत्पीडीत जनताको न्याय र समानताको लागि आफ्नो प्राणको वलीदान गर्ने टर्की मानव अधिकार कर्मी तथा कानुन व्यवसायी ति महान लालयोद्धा इब्रुतिम्तिक (भ्दचगतष्लतष्प ) प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । आज २०७७५ि१ि५ गते सोकवार विहान उठेर नित्यकर्मसकेर मोवा इलाको फेसवुक खोले फेसवुकको भित्तामा अरुदिन विभिन्न थरि मान्छेका विभिन्न थरि फोटा विचार विभिन्न थरी फोटा विचारहरु देख्ने र पढ्ने गरिएको थियो । आज नितान्त फरक विषय फरक सहितको फोटो फेसवुकको भित्तामा देखियो । घाँटीमा सल शरिरमा कालो स्वीटर कालो कपाल निर्भिक निडर चम्किलो अनुवार सहितको फोटो जुनफोटो टर्कीस उत्पिडित तथा श्रमजिवि जनताको पक्षमा वकालत गरिरहने लडिरहने र लड्दा लड्दै दुश्मनको जेलखानामा २३८ दिनको भोकहड्तालपछि देश र जनताको पक्षमा वलिदान गर्ने ४२ वर्षिय इब्रुतिम्तिक को रहेछ ।
टर्की पश्चिम एसीयालि देशहो त्यसमा अमेरिकी साम्राज्यवाद को कठपुतलि इर्दोगान सरकारले टर्कीसजनतामाथि फासीवादी शासन चलाएको छ । टर्कीमा न्याय परिवर्तन र समानताको लागि रिम्युल्सनरी पिपुल्स लिव्रेसन फ्रन्टले सघर्षको नेतृत्व गरिरहेको छ । उक्तपार्टीलाइ त्यहाँको सरकार र अमेरिकी साम्राज्यवादका कठपुतलि देशहरुले आतङ्गकारी घोषणा गरेर प्रतिवन्ध लगाएको छ । इब्रुतिम्ति एक मानव अधिकार कर्मी र कानुन व्यवसायी हुन् । उनलाए उत्तपार्टी को सदस्य भएको आरोप लगाइ सन २०१७ सेप्टेम्वर मा उनि सहित १७ जनालाइ गिरफ्तार गरेर १३ वर्ष ६ महिनाको जेल सजाँए तोकेको थियो । उनले मानव अधिकार र जेल भित्रका सुधारका विषयलाइ लिएर सन २०२० जनवरी २ वाट जेल भित्रै अनशन शुरुगरीन फासीवादी सरकारले उनको मागको कुनै वास्ता गरेन उनको शरिर कमजोर वन्दैगयो उनलाइ अस्पताल लगियो जनताको माग पुरा नहुँदा सम्म उनले औषधि खान पनि अस्विकार गरिन र २३८ दिनको अनसनपछि इस्तानावुल स्थीत अस्पतालमा उनले मृत्युवरण गरिन उनि र हेलेर वोलेकल सहित ४ जनाले शाहदात प्राप्त । इव्रुतिम्तिक तिमि मरिनौ तिम्रो भौतिक शरिर मरेर गएपनि तिम्रो विचार कहिल्यै मर्ने छैन । तिमि यो व्रम्हाण्ड रहदासम्म फेरि जन्मन नपर्ने गरी वाँचि रहयौ । तिम्रो मृत्यु हिमालजस्तो सफा पहाडभन्दा गह्ुङ्गो संसार कै अग्लो हिमाल सगरमाथा भन्दा अग्लो भयौ । तिमिले आफ्नो सम्पुर्ण जिवन निजि स्वार्थ भन्दामाथि उठेर संसार कै उत्पीडीत वर्गको लागी सुम्पीयौ । तिम्रो वलीदानले टर्कीको फासीवाद सरकारको आयु समाप्त हुने खतराको घण्टी वज्यो । अव छिटै टर्की का जनताले फासीवादी सरकारको अन्त्य र परिवर्तन सहितको स्वर्णीम दिन प्राप्त गर्ने छन । आजसंसारमा धेरै जसो देशहरुमा अमेरिकी साम्राज्यवादद्धावारा निर्देशीत फासीवादी सरकारहरुले न्याय हत्या गर्ने जेलहाल्ने काम गरिरहेकाछन् । साम्राज्यवाद र यसका पुच्छर शासकहरुलाइ क्रान्तिकारी विचारलाइ दमन गर्नु भनेको आफ्नो चिहान खन्नु हो भन्नेकुरा के थाहा ? परिवर्तन लाइ कहि रोकेर रोक्न सकिन्छ ? इब्रु हाम्रा देश नेपालमा पनि कठपुतलि ओलि सरकार छ । यसले पनि जनताको न्यापुर्ण आवाजलाइ दमन गर्ने परिवर्तनको लागि सघर्ष गर्ने पार्टीलाइ प्रतिवन्धलगाउने र जनताको हत्यागर्ने हत्यागर्ने जेलहाल्ने काम गरिरहेको छ । गरिव सुकुम्वासी श्रमिक मजदुर दलित र परिवर्तनको लागि आवाज उठाउने योद्धाहरुलाइ चरो मार्रदाझै गोलिले उडाउने गरिन्छ । हिरासतमा कुटिकुटि मारिन्छ । गृहमन्त्री खुलेआम मैले लोकतन्त्रको रक्षा गर्ने मान्छे मारेको हुँ भन्दै हिडेका छन् कोरनाको भाइरस (अयखष्म) (१) को अतिङ्क देखाएर पुलिसशाासन चलाएको छ । जनताको अधिकार हरु कुण्ठीत पारीएको छ । शत्तासिन पार्टीका मान्छेलाइ पदपुर्ति गर्ने मन्त्रालय थप्ने र मन्त्रीपरिसदमा पालै पालो गएर देश लुट्ने धन्दाचलाएको छ । अमेरिकी साम्राज्यवादले आफ्नो साम्राज्य विस्तारगर्न योजना लिएर अमेरिका नेपाल आउन खोज्दैछ । ओलि सरकार र प्रतिक्रीयावादीहरु रातो कार्पेट विच्छ्याएर स्वागतगर्न लामवद तैयार छन् । देशभक्त क्रन्तिकारी हरुले उक्त रास्ट्रघाति कदम लाइ रोक्न सडक सघर्ष गरिरहेकाछन् । यि सवै हत्या दमन प्रतिवन्धको कुनै प्रवाह नगरी परिवर्तनको लागी यहाँका क्रान्तिकारी हरु परिवर्तनको वाटोमा अगाडि वडीरहेकाछन् । इबुतिम्तिक क्रान्तिकारी हरुको विचारलाइ संसारको कस्तै शक्तिशालि जेलको पर्खालले रोक्न र छेक्न सक्दैन आज तिम्रो मृत्यु भएको होइन तिमित जेल ब्रेक गरेर संसार भरतिम्रो विचार प्रवाह गर्यौ संसार भरमा शोषित जनता ले तिमिलाइ चिन्नेमौका पाए तिमि कसको लागि र किन पलीदान गर्यौ ? भन्ने कुरा हामिले पनि थाहा पायौं । आज तिम्रो विचार संसारभर फैलिएर गयो । संसारभरकै जनताको मन्मुटुमा वस्न सफलभयौं । नेपालमा पनि सारा क्रान्तिकारी देशभक्तहरुले तिम्रो फोटो राखेर श्रद्धाञ्जलिको ओइरो लागेको छ । आज एकपटक इब्रुको विचार लाइ दह्रोसंग पक्डदै संसारकै फासीवादी सरकारको चिहान खन्ने प्रणगरे । यस कारण एक क्रान्तिकारी पेशामा कानुन व्यवसायी , मानव अधिकार कर्मि भएर आज आफ्नो निजिपरिवार स्वार्थ भन्दा माथि उठेर देश जनता परिवर्तनको लागि जिवन उत्सर्ग गर्ने जुन आँट र अनुशरण गनुृ पर्दछ तवमात्र इब्रुतिम्तिक प्रति सच्चा श्रद्धाञ्जली ठहरीने छ । अन्तमा तिमिलाइ लाखौं लाख सलोट गर्दै हार्दीक श्राद्धाञ्जली अपर्ण गर्दछु साथै यी क्रान्तिकारी छोरी जन्माउने ति वावा आमा परिवार प्रति आभार सम्मान प्रकट गर्दछु ।
माडी ८ चितवन






























