संसदीय ,
लोकतन्त्र ,
प्रजातन्त्र र गणतन्त्र जे जे भनिए पनि ,
यो व्यवस्था !
निर्धन ,
किसान ,
श्रमिक , उत्पीडित वर्ग , जाती र जनजातिको हुदैहोइन ।

यो !
व्यवस्था !
भ्रष्ट ,
ठेकेदार ,
विचौलिय ,
माफिया ,
कालाबजारी,
तस्कर ,
व्यभिचारी , र लुटेराहरुको व्यवस्था हो ।
देशीविदेशीका दलालहरुको व्यवस्था हो ।

हो !
यो ,
व्यबस्था ,
अनैतिक र अपराधीहरुको व्यबस्था हो ।

त्यसैले ,
यहाँ ,
निर्धनका ,
किसानका ,
श्रमिक ,
महिला ,
युवा ,
जाती ,
जनजाति र समग्र उत्पीडित वर्गका ,
प्रिय मनहरुका ,
भोक ,
रोग ,
शोक र चीत्कार सुनुवाइ हुँदैन ।

र !
कथा ,
व्यथा र आँसु पढिदैन ।
बाढी र पहिरो छेकिदैन ।
अभाव र छट्पटी देखिदैन ।

अनि !
त्याग ,
बलिदान र समर्पण ,
इतिहासमा कहिल्यै लेखिदैन ।

यो !
व्यवस्थाका ठेकेदारहरुले ,
चिथोर्दै ,
लुछ्दै ,
कुल्चदै ,
मार्दै र टुक्राटुक्रा पारेर मिल्काउदै हिड्दा !
स्वतन्त्र , छोडिदिने अदालत ,
निर्र्दोष ,र निर्धन खोजीखोजी ल्याउछ !
संगीनले घोच्दै अपराध स्वीकान लाउछ !

यी !
बिक्री भैसकेका अदालत ,
प्रशासन ,
शिक्षा , स्वास्थ्य र रोजगार सबै सबै उनकै बिर्ता !

यस्तो व्यवस्थाले जोडेका संचालकहरु,
उनकै ,
भाइ भतिजा ,
श्रीमती ,
साला ,साली ,
जेठान ,जेठिसासु ,
मामा भानिज,
छोराछोरी ,
सम्धी ,
सम्धिनी ,
पुजारी र लुटेरा बाहेक अरु कोहि हुनैसक्दैन ।

त्यसैले !
उत्पीडित वर्गका छोराछोरी ,
जतिसुकै !
परिपक्व ,
योग्य ,
दक्ष ,
क्षमतावान ,
इमानदार ,
स्वाभिमान र देशभक्ति भए पनि ,
यो व्यवस्थामा अयोग्य सावित हुन्छन ।
यिनको प्रवेश निशेध गरिन्छ ।
यिनको आवाज बन्द गरिन्छ ।
यिनको क्षमता र दक्षतालाई हतकडी लगाइन्छ ।
यिनको इमानदारीता, स्वाभिमान र देशभक्तिमा , देशद्रोहीको ट्याग लगाइन्छ ।

यस्तो व्यवस्थामा !
जनताले के आशा गर्ने ?
के भरोशा गर्ने ?
कसरी अभिभावकत्तोको अनुभुती गर्ने ?

त्यसैले !
सबै सबै देशभक्तिहरु ,
जाती र जनजातिहरु ,
युवा ,
महिला ,
उत्पीडित वर्गका प्रिय मनहरु ,
एकगठ्ठा हुनैपर्छ
यो व्यवस्था ध्वस्त बनाई, नयाँ आघार निर्माणको अभियानमा जुटौ ।

प्रतिक्रिया

सम्बन्धित खवर