अनशन बाट
सुरु
अदृश्य शक्तिको काल्पनिक कथा !
हृदयमा सजिएको प्रेमी ,
प्राप्तिको निमित्त गरिएको
जिद्दी ,
तपस्या र उपवास थियो !

पितृसत्तात्मक समाजले दिएको उपहार ,
शोषण ,
दमन ,
उत्पिडन ,
हतकडी ,र नेल ठोकिएर ,
अस्तित्व ,
स्वतन्त्रता र स्वाभिमान बन्दक राखेर थुनिएका
अनगिन्ती मनहरुको भारी बिसाउन
पुरै बर्ष पल्टाएर आएको उल्लासमय एक दिन !
हरितालिका तीज !

हरेक
बेथिति पन्छाएर
दास बनाएको वर्गलाई आजादी गर्न ,
क्लारा ,
रोजा ,
जेनि र च्याङ चिङले गरेको योगदान !
महिला मुक्तिका अतुल्नीय पुस्तक बनेर ,
विश्व भरी मार्गनिर्देश गर्दै छरिएका छन !
हो !
वाङ्गाटिङ्गा बाटहरु ,
संघर्षका राता घुम्तीहरु ,
नयाँ उदयको निमित्त बाटो उघार्दै ,
विभेद रहित व्यवस्था जन्माउन ,
यहाँ
नाताशा ,
सुूङ चिङ लिङ,
कोलोन्ताई र क्रुप्स्कायाहरुको जन्म हुनुपर्छ !

आज पनि !
हिंसाका रुप बदलेर
एक पछि अर्र्को ,
अपराधिक शृङ्खलाहरु ,
वंश वृक्ष झै झाङगिरहेका छन !

यस्ता ,
कहालीलाग्दा कुकर्म उच्छेद गर्न !
दासता भत्काउन !
नेल र जेल तोड्ने आधार बनाउन ,
शान्ति भूमिबाट बन्चित ,
रोटि र आजादीको लागि प्रयोग गर्न सकिन्छ
हरितालिका तीज !

यदि !
सबै सबै महिलाहरु एक्यवद्धता जनाए
महिला मुक्तिको इतिहास ,
स्वणाक्षरमा कोर्न सकिन्छ !
हो
शिव पुजामा जुटे झै !
जुट्न सके !
समाप्त

प्रतिक्रिया

सम्बन्धित खवर