गत असार २९ गते भानुजयन्तिको कार्यक्रमको अवसरमा प्रधानमन्त्रि खड्क प्रसाद ओलीले राम नेपालमा जन्मेकाहुन भनि ठोकुवा गरे । नेपालको पर्सा जिल्लाको ठोरीमा जन्मेका हुन भने तत्कालै केहिदिनपछि फेरी उनैले चितवन जिल्लाको माडि नगरपालिकाको अयोध्या पुरीमा जन्मेका हुन भनेर माडिका जनप्रतिनिधिलाइ श्रावण २४ गते काठमान्डौं वोलाएर माडि नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्ने र भारतलाइ माथ गर्ने खालको राममन्दिर वनाउन गुरूयोजना वनाउन उनले निर्देशनगरे । वजेटको चिन्ता नगर्नु यथेस्ट रकम संघिय सरकारले ब्यवस्था गर्दछ भन्ने अश्वासन प्रधानमन्त्रिले छलफलको क्रममा व्यक्त्त गरेका छन । राम माडिको अयोध्यापुरीमा जन्मेको भन्ने विषयले सिङ्गो देशभरी एक प्रकारको वहस चलिरहेको छ । पहिलो कुरा राम चितवनको अयोध्यापुरीमा जन्मेका हुन कि होइनन ? अर्र्को वर्तमानको प्राथमीकता राम जन्मेको खोज अनुसंन्धान होकि ? अरू तत्काल अगाडिका जल्दावल्दा स्वास्थ्य शिक्षा रोजगार सुरक्षा र राष्ट्रियता हो ? अथवा माडिको अयोध्यापुरीमा राम जन्मेको विषय बनाएर राम मन्दिर निर्माणगर्दा त्यस क्षेत्रको जनताको जिवनमा के वदलाव ल्याउँछ । पहिलो विषय राम कुनै व्यक्त्ति विशेष हुन कि देवता हुन ? धार्मिक ग्रन्थमा उल्लेख भएअनुशार राजा जनक र उनकी श्रीमति जुवामा नारिएर हलो जोत्दा हलोको सियोवाट उत्पन्न भएकी सिताभनेर भनिएको छ श्रीमान श्रीमति जुवामा नारीएर जमिन जोत्दा हलोको सियोवाट मान्छे जन्मन्छ की जन्मदैन उनै सितालाई राजा जनकले जसले धनुषवाँण उचाल्न सक्छ उसैलाइ छोरी सिता विवाह गरेर दिन्छु भनेर रामले धनुषवाँण उचालेर विवाहगरे भन्ने विषयलाइ पनि कति सत्यमान्ने कति नमान्ने अर्र्को विषय रामलाइ साक्षात भगवान नै मानिन्छ उनै भगवानकी पत्नि सिता रावणले हरेर लैजानु रामले सुइको सम्म थाहानपाउनु नक्कलि सुनको मृगको पछि लाग्नु रावणले हरण गरेर लगेकि सिता कहाँ छिन भन्नेकुरा थाहा नपाउनु अफुले खोजेर ल्याउन नसकेर वाँदरहरूले खोजेर ल्याइदिएको । पछि धोविले म राम जस्तो कायर होइन अर्काले लगेकि पत्नी फेरी फर्काएर ल्याउने भन्योभनेर कान नछामि कागको पछाडि लागेर गर्भ अवस्थाकी सितालाइ जङ्गलमा लगेर छाड्ने । यसरी रामसम्बन्धि लेखिएको रामायण ग्रन्थलाइ अध्ययन गर्दा राम रामायण कथाका काल्पनिक पात्र हुनसक्छन भनेर नकार्न सकिदैन । जस्तै लक्ष्मिप्रसाद देवकोटा को मुनामदन लगायत पात्रहरू काल्पनिक हुन काल्पनिक पात्रहरू राखेर समाजमा घटेका र घटनसक्ने घटनाको यथार्थ चित्रण गरिएको हो रामायण पनि यस्तै हुनसक्छ । यो संसारमा समयको गतिसगै मानविय युध्द र प्राकृतिक प्रकोपका कारण देशहरू उथल पुथल हुँदै अएकाछन । वर्तमानमा भएका देशहरु हिजो थिएनन कति आज भएका देश भोलि रहदैनन । यसकारण हिजो आजजस्तो भारतपनि थिएन र नेपालपनि थिएन । खासगरी भन्नुपर्दा नेपाल त काठमान्डौ उपत्यकालाइ मात्र भनिन्थ्यो पछि विस्तारभएर पुर्वको टिस्टा र पश्चिमको काँगडासम्म नेपाल फैलिएको कुरा त हामिहरूले इतिहासमा प्रसस्त पढेका छैं । हाल हाम्रो एकतिहाइ भुमि भारतको कव्जामा परेको छ । यस क्रममा हिजोका राजामहाराजाहरू राम जनक पाँचपाण्डवलगायतहरू घुमफिर भ्रमण शिकार खल््न जाँदा विभिन्न ठाउँमा पुगे केहिदिन तत् तत् ठाउँमा विताए । र त्यहाँ रहदा वस्दा भौतिक संरचनाहरू वनाए जसका कारण हालसम्म पनि ति ठाउँमा भग्नाअवशेषहरू देखिएका छन, भटिएका छन । यसको खोज अनुसन्धन गर्र्दै जाँदा यथस्ट प्रमाणहरू जुटेपनि राजजन्मभुमि पर्साको ठोरी या चितवनको माडिको अयोध्यापुरी वा अन्यठाउँ ठहरी नगएको खण्डमा रामजन्म भुमिको हाम्रो दाविले सार्थकता पाउला । होइन र यदि राम भारतलगायत अनेत्र जन्मेकाहुन भने हामिले जति सुकै दाविगरेपनि त्यसको अर्थ रहदैन । वर्तमान समयमा राम को जन्मभमि खोज्नु भन्दापनि हाम्रो देशको कालापानि, लिम्पियाधुरा, लिपुलेकलगायत भारतले अतिक्रमण गरेर अफ्नो कब्जामा लिएको नेपाल सरकारले वल्ल वल्ल सकि नसकि उक्त् मिचिएको भुमि सहितको नक्सा जारीगरयो । अव नक्साजारी गरेर मात्र त हुदैँन भुमिको फिर्ता ल्याउनु छ । यसकारण अव सरकारको ध्यान हाम्रो अधिक्रमित नेपाली भुभाग फिर्तागर्न साराशक्त्ति लगाउनु पर्दछ । यो काम फत्ते गर्न सकियो भन्ने सात वटा राम जन्मभुमि पत्ता लगाउनु भन्दा महान कार्य हुनेछ । वर्तमान समयमा सरकारको जिम्मेवारी कोरना भाइरस (कोभिड १९) वाट जनतालाई सुरक्षित राख्नु र जनतालाइ भोकमरीबाट वचाउनु पहिलो प्रथमिकता हुन आउँछ । यो समस्याबबाट मुक्त्त भइकेपछि अरू विषयमा सोञ्चन सकिएला । अर्र्काे विषय रामजन्मेको स्थान भनेर केन्द्रवाट वजेट निकाशी गरेर मन्दिर वनाउन सकियो भने माडिमा पर्यटक उद्धोगको विकाश गरेर समग्र माडिको विकाश होला भनेर आशा गर्न सकिएला पर्यटक उद्धोग गर्ने नै हो भने त्यस ठाँउमा अदिवासीको संस्कृति वनजङ्गल खोला नाला निकुञ्ज सामुदायीवन खोच झरनाको सम्रक्षण र समवर्धन को साथै माडिको सुदुर पश्चिम वाल्मिकि आश्रमदेखि वाँदरझुलासम्मका मठमन्दिर प्राचिन भग्नाअवशेष पुरातत्विक वस्तुहरूको खोज अनुसन्धान सम्रक्षण र सम्वर्धन गर्नेहो भने अफैमा पर्यटन उद्योगको विकाश हुन सक्दछ । अर्र्काे देशको विकाश राम जन्मेको स्थानमा गरेर भएन त भएन सवै ठाँउको विकाश समावेसि र समुनपातिक तवरले हुन परर्यो । चितवन जिल्ला पहाडि भुभाग चेपाङ्ग अदिवासि र मैदानि भाग थारू अदिवासिको आदिम थलो हो । यसभन्दा बाहेकका जात जातिहरू २०१२–१४ सालतिर राप्तिदुन अयोजनाबाट वस्ति विस्तार गर्ने सिलसिलामा अनेत्रवाट वसाइसरी अएका हुन । माडिका साबिक गर्दी गाविस र बगैडा गाविस थारू अदिवासिको पुरानो वस्ति हो । साविक गर्दी कल्याणपुर गाविस र अयोध्यापुरी गाविस अन्य पहाडिया जातिहरूको बाहुल्यता र पछि वसेको वस्ति हो । अव माडिको नामकरण कसरी रहयो भन्ने विषयमा चारैतिर पहाडले घेरिएको विचको खाल्टो वा समथल भुभागलाइ थारू भाषामा माड भनिदो रहेछ यसरी माड भन्दाभन्दै उक्त्त ठाँउको नाम माडि रहेको हो । अर्र्को प्रशङ्ग पनि मेलखान आउँछ प्रशस्तमात्रामा गैंडा र जड्गलि सुगुर(वनेल)हरू अहालखल््ने ठाउँलाई थारू भाषामा मडियान भनिदो रहेछ । यसरी माड र मडियान भन्दा भन्दै उक्त्त ठाँउको नाम माडि रहेको हो । अर्र्काे र्गैंडा र वनेल अहाल खेल्ने मडियान भन्दाभन्दै माडि भनिएको प्रशंङ्ग पनि पाइएको छ । माडिमा प्रशस्तमात्रामा गैंडा र वनेलहरू रहिअएकाछन । वघैडा थारू अदिवासिको खरकाट्ने ठाँउलाइ खरकट्टा वावियोकाट्ने ठाँउलाइ वावियो टाँडि अन्यनाउँहरू पिपरिया, वसन्तपुर ,इनारवरूवा, लैगाँड, सिमरा, धो, अम्रोलि, मगुड, रण्डुइ, सतखोली, पर्सा, वरूवा अदि अदिवासिले राखेका नाम हुन । यस कारण माडि नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्नुभनेको थारू अदिवासि जनजातिहरूको वचेखुचेको पहिचान पनि समाप्त पार्नु हो । यसकारण माडि नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्नु उपयुक्त्त ठहर्दैन ।
भरतपुर १४ चितवन ।

प्रतिक्रिया

सम्बन्धित खवर