भाद्र ४ अछाम,
रातिभरीको मुसलधारे वर्षाका कारण ६ जनाको परिवारलाई घरैसहित खोलाले बगाएको छ । ‘पूरै घर बगायो । अहिले हेर्दा यहाँ पहिले घर कहाँ थियो पनि खुट्याउन नसकिने भएको छ,’ स्थानीयले भने, ‘अहिलेसम्म केही अत्तोपत्तो लागेको छैन, हाम्रो बिचल्ली भयो ।’ सैनीबजार पसेको कैलाश खोलाको बाढीले २२ घर बगायो । घटनामा परेका ११ जनाको अत्तोपत्तो छैन ।
बाढीले दर्नाको पक्की पुलसमेत बगेको छ  । कैलाश खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगायो । दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ । ठाउँ ठाउँमा बाढीले सडक पनि बगाउँदा उद्धारकर्मी तत्काल पुग्न सकेनन । सदरमुकाम मंगलसेनदेखि करिब ४० किमि पूर्वको घटनास्थलमा बुधबार दिउँसोमात्रै उद्धार टोली पुगेको थियो ।
नेपाली सेनाको हेलिकप्टरमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको हो । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना, सशस्त्र र प्रहरी गरी दुई सय सुरक्षाकर्मीसहितको टोली परिचालन भएको प्रजिअ उपाध्यायले बताए । ‘सडक ठाउँ ठाउँमा कतै बगेको छ, कतै पहिरोले बन्द गरेको छ,’ उनले भने, ‘खोजी र उद्धारमा सडकमार्गबाट आउनै सम्भव थिएन ।’
त्यसैगरी बाजुरामा पहिरोमा परी २को मृत्यु, २ घाइते भएका छन् भने बाढी र पहिरोका कारण कालिकोट, दैलेख र सूर्खेतमा गरी ४ जनाको मृत्यु, ८ घाइते र ५ वेपत्ता छन् । करीव एक दर्जन घर बगाएको स्थानीय वासकिो भनाइ छ ।
कालीकोट नरहरनिाथ गाउँ पालिका वार्ड नं. ५ रुप्सामा बाढीृले बगाएर ४ जना वेपत्ता भएका छन’ ।

रामारोशनमा बाढीले घरसँगै बगाएकामध्ये ६ जनाको शव बुधबार दिउँसो फेला परेको छ । ‘६ मध्ये ३ जनाको सनाखत हुन बाँकी छ । ११ जना अझै बेपत्ता छन । खोजी जारी छ,’ डीएसपी योगेन्द्रसिंह थापाले भने । उनका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा र सेरीमा भेटिएको हो । मृत्यु हुनेमा सैनीबजारका १२ वर्षीया नवीन साउद, ३२ वर्षीया गौरी शाह र ४८ वर्षीया चन्द्र साउद छन । अन्य तीन जनाको सनाखत हुन बाँकी छ ।
बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युत्का पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले बताए । ‘कैलाश खोला आसपासका खेतीयोग्य जमिन सबै बाढीले बगाएको छ । गाउँपालिका पूरै चिराचिरा भएको छ । ‘अझै क्षतिको सबै विवरण सबै आइसकेको छैन,’ उनले भने, ‘दर्ना पुलदेखि रामारोशनसम्म २५ ठाउँभन्दा बढी सडक बाढीले बगाएको छ ।’ विपद्मा परेका स्थानीयलाई अछाम रेडक्रसले राहत वितरण गरेको उनले बताए । कम्बल, त्रिपाल, भाँडावर्तन डोरीलगायतका सामग्री वितरण गरिएको छ ।
हुम्लामा पहिरोले डेढ सय परिवारको बिचल्ली
हुम्लाको ताँजाकोट गाउँपालिकामा पहिरोबाट करिब डेढ सय परिवारको बिचल्ली भएको छ । पहिरोले घर भत्काएपछि खल््ला चौर, गोरुगोठ, बिद्यालय चौरमा पाल टाागेर बस्न बाध्य भएका छन भने कोही आफन्तको घरमा बसेका छन । 

गत शनिबार भीषण पहिरो आउँदा रोकायबाडा, मैलागाउा, कटेलबाडा, थापागाउा, दमाईबाडा, काटेओखर, गाडेपानीलगायत बस्तीका डेढ सय परिवारको बिचल्ली भएको ताँजाकोट गाउँपालिकाले जनाएको छ । विस्थापित डेढ सय परिवारहरु गाउँपालिकाको हेलीप्याड, थार्पाचौर र कैला सदेब प्राथमिक विद्यालयमा पाल टाँगेर बस्न बाध्य भएको गाउँपालिकाकी उप–प्रमुख मञ्जु बुढाले बताइन ।
घर–जग्गा, धन सम्पत्ति, अन्नबाली केही छैन भन्दै रुँदै विस्थापित परिवारले दिन बिताएको उपप्रमुखले बताइन । ‘गाउँपालिकामा अघिल्लो वर्षको बजेट सकियो यो आर्थिक वर्षको बजेट आएको छैन के राहत दिने ।’ उनले भनिन । कर्णाली प्रदेशबाट मन्त्रीहरु राहत ल्याएर आज आउँदै छन भन्ने खबर सुनिएको उप–प्रमुखले सुनाइन ।
पहिरो गएको चार दिनसम्म न त राहत न सान्त्वना दिन सरकार उपस्थित भएको पहिरो पीडितको गुनासो छ । आफन्तसँग हात थापेर जीवन गुजारा गर्न बाध्य भएका छन ।
पहिरो पीडितको बिचल्ली भएको चार दिनसम्म सरकारको ध्यान नगएको ताँजाकोट गाउँपालिकाका धर्मराज जैसीले बताए । राहतको त परै जावो सोधपुछ गर्न पनि कोही नआएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर