कवि माधव घिमिरेको निधन

कवि माधव घिमिरेको निधन


३ भाद्र बुधबार काठमाडौँ,
कवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । वयोवृद्ध कवि घिमिरेको मङ्गलबार साँझ ५ः५५ बजे काठमाडौँको लाजिम्पाटस्थित आफ्नै घरमा निधन भएको हो ।
घिमिरेको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा झन्डा ओढाएर सम्मान गरेका थिए ।
विक्रम संवत १९७६ असोज ७ गते लमजुङको पुस्तनमा जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी साहित्यकारका रूपमा स्थापित छन । उनले पत्नीवियोगमा ‘गौरी’ जस्तो चर्चित शोककाव्य रचना गरेका थिए । उनले रचना गरेका राष्ट्रवादी भावनाले ओतप्रोत विभिन्न गीत, कविता र काव्य पनि निकै चर्चित छन ।