एक समय थियो, पिछडिएको वर्गका विशेष गरि दलित, आदिवासिरजनजाति, मुस्लिम, मधेशी आदिमा समानताको चेतनास्तर कमजोर रहेको अवस्थामा माथिल्लो वर्गकाले आफ्ना सन्तान तिनीहरुको बच्चासंग संगतमा (पढ्न एकै ठाउं बस्दा, संगै खेल्दा, एउटै कोठा प्रयोग) पर्दा गाली गर्ने चलन थियो । गाली यस्तो हुन्थ्यो यस्तै सुंगुर खाने, जांड रक्सि खाने गवार अनपढको संगत गरिस भने तेरो भविश्य बन्छ । तैले के गरीे खालास् । राजा, महाराजा, राणा साहेव, कार्यालयका हाकिम, आर्मी, पुलिसका अफिसर आदिको अगाडि उभिएर सिधा हेर्नु अपराध गरे सरह सजांय पाइन्थ्यो । उनिहरुको अगाडि घरमा काम गर्ने नोकरले मात्र होइन, अन्य सर्वसाधारण समेत सबैले शिर निहुराएर उच्च सम्मानार्थक शव्द प्रयोग गरेर आफ्ना समस्या राख्नु पथ्र्यो । हवस् शव्द बाहेक दोहोरो सवालजवाफ गर्न सक्त मनाहि थियो । त्यस समयको एउटा सत्य कथा यस्तो छ – एउटा सिपाहीले परिवारसहित बसेको ठाउंमा हाकिमको अगाडि पुग्यो र छुट्टीको लागि अनुरोध ग(यो । उसले मेरो श्रीमति विरामी छे छुट्टी दिइ बक्स्योस् सरकार भन्यो । हाकिमसंगै बसेकी हाकिम साबनीले सोधनी भयो । सिपाहीको पनि श्रीमति हुन्छ र ? सुन्दा पनि कथा जस्तो लाग्ने । सुन्दा मात्र पनि आंग सिरिंग हुन्थ्यो र मनमा नमीठो खुल्दुली पैदा हुन्थ्यो यस्तो पनि हु्न्छ र ? राम्री छोरी चेलीबेटी देख्नै हुदैनथ्यो रे । मीठो खानेकुरा खान पाइदैनथ्यो रे । धन सम्पत्ति धेरै हुनेलाई खतरा हुन्थ्यो रे । त्यहि कारण धेरै पैसा हुनेले खाल्डोमा पुरेर राख्ने चलन थियो र पछि घर बनउंदा वा कुनै कामले खन्दा भांडोमा राखिएको अवस्थामा पैसा भेटिन्थ्यो जसलाई गाड धन भन्ने चलन थियो । कुनै दिन गुण्डाराज चल्थ्यो । गुण्डाराज अहिले पनि चल्छ तर पहिलेको बढि त्रासदीपूर्ण थियो । कुनै एरियाको डन समेतलाई सिधा नजरमा हेर्न मिल्दैनथ्यो । यदि हेरेमा रामधुलाई खाइन्थ्यो । गाउंघरमा कुनै काम विशेषले प्रहरी वा कुनै ठूला मान्छेको आगमन भएमा भयानक मानसम्मानसहित मेजमान (लोकल भालेको मासु र भात र खाने भएमा लोकल कोदोको रक्सि) ख्वाउनु पर्ने । उनिहरुले बोलेपछि सकियो, लालमोहर जस्तै लागु भयो । त्यो कुरा मान्नै पर्ने । अहिले थाहा भयो यस्तो चलनलाई हुकुमप्रांगी (हुकुमी शासन) भनिदो रहेछ । ठुलाबडालाई कानून लाग्दैनथ्यो । किनकि उनिहरुको बोलि नै कानून बराबर थियो । गाउंमा एउटा घटना ताजै छ, एक जना काकाले घर झगडाको कारणले आफ्नो वुवालाई बन्दुकले हान्दा घुंडामा लागेछ । अनि गाउंका प्रधानपञ्च भएता पनि सिकेको भरमा दांतका डाक्टर पनि रहेछन्, उनकोमा उपचार गर्न लगिएछ । उनि सिकेको भरमा डाक्टरसाप भएका रहेछन् भन्ने कुरा पछि जान्ने बुझ्ने भएपछि मात्र थाहा भयो । उनले हजुर वुवाको खुट्टा त मासु काट्ने अचनोमा राखेर घुंडा भन्दा तलको भाग चट्टै चुडाई दिएछन् । एक जना जान्ने बुझ्नेले भन्दै हुनुहुन्थ्यो रगत त छिर्का हानेर भित्तासम्म पुगेको थियो रे । त्यसपछि हजुर वुवाको मृत्यु भएछ । अनपढ भएता पनि काका वाठा रहेछन् । ज्यानमारा मुद्धा हालिदिएछन् । प्रहरीले पक्रेर लगेछ । उनि त प्रहरीले पक्रिएर लगेको एक महिना पनि नहुदै घोडामा सवार भएर गाउं आएछन् र अविर जात्रा सहित खुशियाली मनाएछन् । उनि जेल बसे या बसेनन् त्यो चांहि थाहा भएन । यस्ता घटना त कतिकति । पैसा, पहुंच र शक्ति भएपछि कानून त उनिहरुको लागि कागजको खोस्टा बराबर ।
यी त भए कठोर क्रुर भनिएको राजतन्त्रात्मक शासन, निरंकुश राणा शासन र पञ्चायती शासन व्यवस्था । यी शासन व्यवस्थालाई दोष दिने ठाउं नै छैन । किनकि यो शासन व्यवस्था भनेको तानाशाह, निरंकुश, निर्ददलीय, एक दलीय, अप्रजातान्त्रिक, अलोकतान्त्रिक, सामन्तवादी, पूँजिवादी, भ्रष्टाचारी,अत्याचारी आदि आदि । अरु पनि छुटेका शव्द भए ती सबै ट्याग उनिहरुलाई भिडाइएको थियो । यी सबै कुरा सत्य थिए भनेर माथिको वर्णित घटनाले पुस्ति पनि गरिसकेको छ । यसमा कुनै दुइमत छैन र कुनै द्विविधा पनि । यी त सबै इतिहांस भैसके, विगत भैसके, त्यसपछिको सन्ततिले विर्सि पनि सके । अब वि.सं. २०४६ सालदेखि अहिलेसम्मको घटना त अझै पनि ताजै छैन र ? ल ठीक छ, २०६२ सम्म त राजा ज्ञानेन्द्र शाह थिए । उनले पनि कुनै रक्तपातरहित राजसिंहासन छोडिदिएका हुन् । उनले भनेरै निस्केका हुन् । जनताको सुख शान्तिको लागि हामीले राज्य त्याग गरिबक्सेका छौं । ल ठीक छ, धेरै परको हिसावकिताव नखोजौं । राजाबाट राज्य सत्ता त्याग गरेको दिन देखिको हिसावकिताव गरौं न त । त्यस समयमा राजाहरुले विभिन्न कम्पनी, होटेल लगायतमा लगानी गरेको र आफ्नो जग्गा जमिनबाट आम्दानी गरिरहेको कुरा प्रष्ट छ । उनिहरुको आम्दानी त्यहिबाट भैरहेको कुरा विभिन्न माध्यमबाट जानकारी पाइन्छ । २ सय भन्दा बढि राजनीतिक दल भएको देशमा केहि थोरै सीमित राजनीतिक दलहरु बाहेक धेरै जसोको अथाह सम्पत्ति छ । मन्त्रि वा कुनै सार्वजनिक पदमा रहेको समयमा आक्कल झुक्कल सम्पत्ति विवरण प्रस्तुत गर्दा देखाइने विवरण हेर्दा लाग्छ उनिहरु सर्वहारा नेता हुन् । कुनै पनि कम्पनीमा लगानी वा शेयर देखिदैन । फेरी पनि यस्तो अथाह सम्पत्ति कहांबाट आयो ? एउटा राष्ट्रध्यक्ष, प्रधानमन्त्रि, मन्त्रि, सचिव, विशेष सार्वजनिक निकायमा नियुत्ति भएका व्यक्ति र कर्मचारीहरुको तलव, सेवा सुविधाको बारेमा जानकारी त सबैलाई भएकै कुरा हो । त्यसले त कार्यकर्ता र पार्टी चलाउने कुरा त छोडौं महिनाभरी खर्च चलाउन पनि मुश्किल पर्छ भन्ने कुरा त सबैलाई ज्ञात भएकै विषय हैन र ? यो एउटा आर्थिक पाटो भयो । अब नेपाली जनताको विकासका बाधक, शैक्षिक तथा राजनैतिक टगारो, व्यक्तिगत र सामाजिक स्वतन्त्रतामा बाधक, भाषिक, धार्मिक, सांस्कृतिक उत्थानमा रोकावत, कानूनी राज्यको उपहास भएको जुन संगिन आरोप लगाउने गरिएको थियो । अब यी सबै विषयका बाधक विभिन्न क्रान्ति र आन्दोलनबाट हटे पछिको यो १२(१५ वर्षको लामो अवधिको पनि हिसाव खाता वा वहिखाता खोतल्ने समय आएको आमजनहरुलाई महशुस भएको छैन होला र ? जसरी २००७ सालमा क्रान्ति सफल भएपछि राणाजीहरुको त्यति धेरै दरवार, जग्गाहरु खोसिए त्यसरी नै अहिलेका क्रान्तिकारीहरुले थुपारेको सम्पत्तिको हिसावकिताव पनि जनताले खोज्ने दिन आए होला नि ? किनकि त्यस समयका शासक र अहिलेका शासक दुबैमा के फरक छ र ? त्यस समयका शासकहरुले कुनै उद्योग, व्यवसायमा लगानी गरेका थिएनन् र अहिलेका शासकहरुले पनि लगानी गरेको देखिदैन । त्यस समयका शासकले जनताका सम्पत्ति सिधै खोसेर आफ्नालाई बांड्ने चलन थियो । अहिले अलि फरक के अर्थमा छ भने विभिन्न ठेक्का पट्टा, टेन्डर, सरुवा बढुवा वा नियुक्ति, न्यायिक विकृति, कर भन्सार छली, दुइ नम्वरी धन्दा, तस्करी, पूंजिवादीहरुको हित अनुकुल हुने गरी नेपाली जनताको आय आर्जनमा बाधा पुग्ने गरी कानून, नीति नियम बनाउने देखि विभिन्न कमिशनका कार्यहरुबाट आम्दानी गरेको कुरा अब घाम झैं छर्लंग भैसकेको छ । यसको अर्थ के हो भने चाल्र्स डार्विनको विकासवादी सिद्धान्तसमा भनिएझैं समय र परिस्थिति अनुसार प्रकृयामा फरक भएको मात्र हो । त्यस समयमा त केहि सिमित व्यक्तिले त्यस्तो अवसर प्राप्त गर्थे तर अहिले त काठमाडौंको सिंहदरवारदेखि गाउंको सिंहदरवारसम्म खुलमखुल्ला विकृति, भ्रष्टाचार, अनियमितता मौलाएको छ । हुंदाहुंदा अब त यस्तो समय आइसक्यो कि जसले भ्रष्टाचार गर्दैन वा भनौं जो इमान्दार भएर कार्य गर्छु भन्छ उहि नै भ्रष्टाचारी । जसले खुलमखुल्ला भ्रष्टाचार गर्छ उहि इमान्दार, उसैको समाजमा इज्जत, मानसम्मान अनि उसैले सरकारबाट पाउने विभिन्न तक्मा, पुरस्कार प्राप्त गर्दछ । सार्वजनिक पदमा रहुन्जेल ऊ कतै चुइक्क बोल्दैन, जब रिटायर्ड हुन्छ अनि ऊ सरकारवादी मात्र होइन सामाजको समेत विद्वान । त्यति मात्र कहां हो र ? पत्रकारले समेत उसैलाई खोजीखोजी अन्तर्वार्ता लिन्छन् । समाज र सरकारका विभिन्न विकृति भन्दै समाचार, आलेख छपाउन थाल्छन् । पत्रकारले पनि उनलाई बौद्धिक भनि सम्मान गर्छन । यस्तै छ यहांको चलन ।
अहिले नेपालमा फेसबुके भाइरल बन्ने चलन आएको छ । दुई चार जना मान्छे बटुलेर ठुलाठूला चर्को स्वरमा भाषण गर्ने चलन आएको छ । अनि जनता पनि तिनैको पछि लागेर हिड्ने भएका छन् । हुन त उनिहरुको विचरा के दोष ? जो देश बनाउनकै लागि भनेर रातदिन जेलनेल भोगे, राजनीति गरे तिनीहरुबाटै धोखा भएपछि गरुन पनि के ? अब हामी क्रान्ति गर्नेहरुले ती कुहेका, गन्हाएका, छलकपटी, धोकेवाज, जालसाजी, भ्रष्टाचारी जे जे उपमा छ दिऔं तर तिनीहरुलाई गाली मात्र गरेर समय र हाम्रा उर्जालाई त्यसै खेर नफालौं । यी सबै बेथिति र विकृतिलाई परास्त गर्नको लागि विरोध गरेर मात्र पुग्ने वाला छैन । अब आन्दोलनको रुप समयानुकुल परिवर्तन गर्नु पर्ने देखिन्छ । यसको लागि अब हामीले तीन वटा काम गर्नु पर्छ । एउटा काम सामाजिक बहिस्कार । दोस्रो काम अबको नेपालको कुनै पनि परिवर्तनमा भारतका सहयोग बन्द र तेस्रो काम भनेको कुनै राष्ट्राध्यक्ष, प्रधान मन्त्रि, गृह मन्त्रि, न्यायधिष आदि पदमा नियु्क्त व्यक्तिले त्यसैको आधारमा आजिवन सुविधा लिने चलन बन्द गर्नु पर्दछ र संगसंगै जनजीविकाका सवालहरुमा खरो उत्रिनु पर्ने देखिन्छ । यी तीन कुरालाई विस्तृतमा व्याख्या गरौं । मान्छे सामाजिक प्राणी हो । यसमा कसैको दुइमत छैन । समाजविना ऊ बांच्न सक्दैन । विगत इतिहांसलाई हेर्ने हो भने समाजमा गल्ति गर्नेहरुलाई जात अनुसार कार्वाही गर्ने चलन रहेको देखिन्छ । जस अनुसार जनजाति वा पिछडिएको जातिलाई अपराध अनुसार फांसीसम्म दिने चलन थियो भने ब्रम्हाणलाई जस्तै अपराध गरे पनि सामान्यदेखि चारपाटा मुडेर डांडा कटाउने चलन थियो । यो सजांय भनेको जातिप्रथा थियो । यसमा समय अनुसार परिवर्तन हुनु आवश्यक छ र समान कानूनी व्यवस्था लागु गर्नु पर्दछ । त्यसैले समाजमा हुने अनियमितता, भ्रष्टाचार, हत्या हिंसा, बलात्कार आदि विभिन्न सामाजिक विकृतिलाई रोक्नको लागि अब सामाजिक बहिस्कार, घृणा, बेइज्जेती हुने गरी विभिन्न कार्य गर्नु पर्दछ । जसले गर्दा उसलाई त्यो समाजमा बस्न लाज हुने अवस्था सृजना हुनु पर्दछ । एउटा समाजमा ऊ एक जना मात्र सामाजिक बहिस्कारमा पर्नासाथ उसलाई त्यहां बस्नै नसक्ने अवस्था सृजना हुन्छ र उसले बाध्य भएर सो कार्य बन्द गर्न बाध्य हुन्छ । आजको यो शुरुवात भोलि गएर सामाजिक संस्कार बन्न पुग्दछ र एउटा सभ्य समाजको सृजनामा सहयोग पुग्दछ । त्यसैले आजका यी हाम्रा समाजका ठेकेदार सांसद, गुन्डा सांसद, हत्या बलात्कारी सांसद, सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्ति, राजनीतिक पहुंचको गलत प्रयोग, न्यायमा ढिलासुस्ति, कर्मचारी प्रशासनमा रहेको वेथिति आदिलाई रोक्ने एक मात्र उपाय भनेको आजैबाट सामाजिक बहिस्कार नै उपयुक्त हुन सक्दछ । यहि बहिस्कार आन्दोलन परिवर्तनको लागि सबभन्दा ठूलो हतियार हुन सक्दछ । दोस्रो समस्या भनेको नेपालको हरेक परिवर्तनलाई भारतको अप्रत्यक्ष संलग्नताले जहिले पनि देशलाई राष्ट्रघात भैरहेका छ र जसले गर्दा देशले ठूलो नोक्सान व्यहोर्नु परेको छ । यसबाट बंच्नको लागि अब कुनै पनि परिवर्तनमा भारतको हस्तक्षपरहित हुनु पर्दछ । अब यस्तो परिवर्तनको आवश्यकता छ, जहां नेपाली जनताको आफ्नै शक्ति, बलबुता र चाहनाले परिवर्तन होस् र अबको परिवर्तनले सम्पूर्ण नेपालीको मुहारमा सदाकाल मुस्कान छाइरन सकोस् । अर्को समस्या भनेको देशलाई सधैं आर्थिक भार थोपरिरहने आजिवन सुविधा लिने महारोग बनेर बसेको छ । एउटा पदमा बस्नासाथ त्यसको नाफा स्वरुप सधैं फाइदा लिइरहने गलत प्रवृत्तिले देशलाई ठूलो नोक्सान भैरहेको छ र देशलाई ठूलो आर्थि बोझ थोपरिरहेको छ । यसता घृर्णित र लज्जित कार्य आजैबाट बन्द गर्नु हामी नेपालीको प्रगतिको एक खुड्किलो हो । अर्को समस्या नेपालमा सरकारको लगानी रहेको सार्वजनिक संघरसंस्थान र उद्योगहरुलाई आफ्ना मान्छे भर्ना गर्ने, तिनीहरुलाई अनैतिक रुपमा आम्दानीको श्रोत बनाउने आदि उत्पादनमूलक भन्दा पनि व्यक्ति वा कर्मचारी पोस्ने प्रवृत्तिले देशलाई आर्थिक भार थोपर्ने कार्य भएको कुरा प्रष्ट छ । यो प्रवृत्तिलाई पनि नरोक्ने हो भने देशले दिन प्रतिदिन नोक्सान व्यहोर्नु पर्ने देखिन्छ । यसको साथसाथ नेपाली जनजीवनसंग सम्बन्धित विभिन्न उत्पादन र वजारको ग्योन्टि र आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्रयोगमा प्रोत्साहन गर्दै देशलाई आत्मनिर्भर बन्ने बाटोतिर लाग्नु हामी सबै परिवर्तनकामी जनताको एउटै स्वर र साथ हुनु आजको आवश्यकता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर