नेकपा(क्रान्तिकारी माओवादी), देजमो र सयुंक्त जबस र मोर्चा ३ नम्बर प्रदेशले माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभा सम्पन्न

प्रकाशित मिति : २०७७ श्रावण २२


श्रावण २२ काठमान्डौ,
नेकपा(क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल(देजमो) र जन बर्गीय संगठन(जवस) र मोर्चा संगठन ३ नम्बर प्रदेशको संयुक्त आयोजनामा माइतीघर मण्डलामा विरोध सभा सम्पन्न भएको छ ।

सिमा अतिक्रमण र विवादलाई अन्तर्राष्ट्रियकरण गर्न, राष्ट्रघाती एमसीसी सम्झौताको विरोध भण्डाफोर गर्न, कोभिड–१९ को उपचार प्रक्रियामा भएको सरकारी उदासिनता, बढ्दो महङ्गी, तस्करी र भ्रस्टाचारको विरोध, भुमी तथा संस्कृति माथिको अतिक्रमण, मजदुर कटौती र मजदुर विरोधी सम्झौताको विरोध,चौरजहारीमा भएको अमानवीय हत्याकाण्ड र सुकुम्बासी बस्तिमा गरिएको आगजनीको विरोध, लैङ्गिक हिंसा, शैक्षिक क्षेत्रमा मौलाएको निजीकरण र माफियाकरणको विरुद्ध उक्त विरोध सभाको आयोजना गरिएको हो ।

नेकपा(क्रान्तिकारी माओवादी) ३ नम्बर प्रदेश सेक्रेटरी क.प्रवेशले सञ्चालन गरेको विरोध सभालाई देजमो अध्यक्ष सिपि गजुरेल, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्र.डा.ओम गुरुङ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले सम्बोधन गर्नु भएको थियो ।