बयलगाडावाला

प्रकाशित मिति : २०७७ श्रावण १८

- छविलाल कोपिला

 
उहिल्यै बयलगाडा चढेर
अमेरिका हिडेकाे एक आसामकाे स्याल
अहिले पनि
कहिले शित्तल निवास
कहिले बालुवाटार तिरै डुक्रिरहेछ
र, आफ्ना फाेहोर पाउ
गणतन्त्र माथि टेकेर
झन झन फाेहाेर बनाइरहेछ ।
हिजाे उहीँ स्याल हाे
महाकालीकाे डिलमाथि उभिएर
मेराे माटाेकाे खुलमखुल्ला साैदा गर्दै
कालीपानीलाई सुनाइरहेथ्याे
अब घाम पश्चिमबाट उदाउँछ !
बिचरा ! कालापानी,
पश्चिमी घामकाे प्रतीक्षामा
रातभरि जाग्राम बस्याे
तर, बिहान त पूर्वबाटै उदाइरहेथ्यो
ऊ फेरि छायाँमा पर्यो र ठगियाे ।
उहीँ स्याल हाे
बालुवाटार बिक्री केन्द्र खोलेर
ललिता निवास किस्ता-किस्तामा
महान् सुकुम्वासीहरूलाई दान गरिरहेछ ।
उता माेलमाेलाइ गरिरहेछ
अाेम्नि, यति, एलसिएल ….. सँग
र नाफा घाटाकाे हिसाब-किताब गरिरहेछ
वाइडवडी, सून अनि सेक्युरिटी प्रेसमा ।
माल कमसल हाेस कि असल
समृद्ध नेपालका लागि
बिज्ञापन गरिरहेछ
हरेक पाेल पाेलमा टासेर पाेष्टरहरू
अखबारका पन्ना पन्नमा भ्रमहरू
र सडक-चाेकमा उतारिरहेछ
अरिङ्गालहरूकाे बथान ।
अहिले कर लुटेर भ्रष्टहरू
हुलका हुल ब्वाँसाहरू
र हुलका हुल अरिङ्गालहरू
हाम्राे भूगाेलमाथि भ्रम र अफवाह फैलाइरहेछन्
अनि आफै राष्ट्रवादको कफन बोकेर
अहंकारकाे मलाम हिडिरहेछन् ।
हिजाे कालापाली, लिपुलेक, लिम्पियाधुरा
टनकपुर, महाकाली
मालिककै पाउ छुँदै दान गरेर
पाएको आशिर्वादले सिंहासनमा बिराजमान स्याल
बिगतकै पुरानाे नक्शा देखाएर
फेरि पनि झुठकाे खेती गरिरहेछ ।
हाे, उहीँ स्याल हाे
फुटाऊ र राज गरकाे नीति बाेकेर
अहिले आफ्नै घरभित्रै आगाे लगाएर
निराेझैं एमसीसीकाे एक सूर धून फूकिरहेछ
र, अमेरिका छुने आकांक्षा बाेकेर
बयलगाडामा मस्तसँग हिडिरहेछ ।