चेपाङ समुदायमाथि सेनाले ज्यादति गरेकाे भन्दै क्रान्तिकारी माओवादीले दाेषीलाई कडा कारबाही गर्न माग गर्याे

प्रकाशित मिति : २०७७ श्रावण १२


चितवन । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले चितवनको राप्ती नगरपालिका र माडीमा सेनाबाट ज्याजती भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ । पार्टीले साेमबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै घटनाका दोषीलाई कारबाहीको माग गरेको हो ।

घटनास्थलकाे स्थलगत अनुगमनपछि आयाेजित पत्रकार सम्मेलनमा चितवन पार्टीका जिल्ला सेक्रेटरी अशोक शर्माले माडीको कुसुमखोला सुकुमबासी बस्ती आगजनीमा संलग्न दोषी उपर कडा कारबाहीको माग गर्दै पीडित सुकुम्बासीको वैज्ञानिक व्यवस्थापनसहित क्षतिपूर्तिको लागि सम्बन्धित सरोकारवाला निकाय समक्ष जाेडदार माग गर्नुभयो । त्यसैगरी वहाँले माडीको घटना र राप्ती नगरपालिकाका राजकुमार चेपाङको मृत्यु प्रकरण हेर्दा वर्तमान राज्य व्यवस्था र प्रणालीबाट अल्पसंख्यक चेपाङ समुदायको पक्षमा काम हुन नसक्ने छर्लङ्ग भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा वक्तव्य समेत वितरण गरिएकाे थियाे