आन्दाेलनकाे चेतावनीसहित क्रान्तिकारी पर्यटन मजदुर संघले पर्यटन बार्डलाई बुझायो ज्ञापनपत्र

प्रकाशित मिति : २०७७ श्रावण १२


काठमाडौं  । क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालले साेमबार कोभिड १९ (नोबेल कोरोना)भाइरस महामारीको कारण पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरु बिस्थापित हुने अवस्थामा पनि राज्य तथा सम्बन्धित निकायले कुनै पनि राहत उपलब्ध नगराई उपेक्षित गरेको भन्दै  टिम्स कार्डमार्फत् उठेको रकम मध्यबाट १०% र मजदुर कल्याणकारी कोषमा जम्मा भएको रकमबाट नाजुक अवस्थामा गुज्रिरहेका श्रमिकहरुलाई तत्काल राहत उपलब्ध गराउन र मजदुरहरुलाई बिस्थापित हुनबाट जोगाउन दीर्घकालीन योजना बनाउन अनुरोध सहित विभिन्न मागहरु सहित नेपाल पर्यटनलबाेर्डलाई ज्ञापन पत्र बुझाएको छ।

संघका अध्यक्ष देवी गाैलीकाे नेतृत्वमा गएकाे टाेलीले उक्त ज्ञापन पत्र बुझाएकाे हाे ।

मनग्ये वैदेशिक मुद्रा भित्र्याएर अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित पर्यटन उद्योगका मजदुरहरु सिजनमा कमाएर बर्ष भरी जीवन गुजारा गर्नु पर्ने वाध्यता रहेकाे र त्यसमाथि महामारीको बिपत्तिले आक्रान्त बनाएकाे भन्दै १३ बुँदे ज्ञापन पत्र बुझाइएकाे छ ।

यस्ता छन् १३ बुँदे मागहरू :-
१. टिम्स कार्ड मार्फतको १०% प्रतिशत मजदुर कल्याणकारी कोषबाट श्रमिकहरुलाई तत्काल राहतको व्यवस्था गरियोस् ।
२. २४० दिन सेवा गरेका श्रमिकहरुलाई नियुक्ति पत्र दिई सरकारी कर्मचारी सरह सेवासुबिधा उपलब्ध हुने व्यवस्था गरियोस् ।
३. श्रमिकहरु मार्फत राष्ट्रिय निकुञ्जहरुले तथा स्थानीय सरकारले लिदै आएको दस्तुर तत्काल खारेज गरियोस् ।
४. श्रमिकहरुका मौलिक हक अधिकार सूनिश्चित गरि पेशागत तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरियोस् ।
५. श्रमिकका लागि उपयुक्त नीति तर्जुमा गरि श्रमिक मैत्री पर्यटन ऐन निर्माण गरियोस् ।
६. सबै खाले असमानता र भेदभावको अन्त्य गरी समान काममा समान वेतन लागू गरियोस्
७. श्रमिकका छोरा छोरिलाई निशुल्क शिक्षा, स्वास्थ को प्रबन्ध गरियोस्
८. पर्यटकको लागि इजाजत प्राप्त गाइड तथा सहयोगी अनिवार्य गरियोस
९. पर्यटन क्षेत्रका विकृति,भ्रस्टाचार र माफियाकरणको अन्त्य गरियोस्
१०. सामाजिक सुरक्षाकर वापत उठाएको रकम श्रमिकहरुको हितमा उपयोग गरियोस्
११. हायर एन्ड फायरको निति बन्द गरि श्रमिकहरुको रोजिरोटीको ग्यारेन्टी गरियोस्
१२. श्रमिकहरुलाई निशुल्क शिक्षा,प्रशिक्षण तथा तालिमको व्यवस्था गरियोस्
१३. श्रमिकहरुलाई उपदान तथा सञ्चयकोषको व्यवस्था गरियोस्
पुनस्च : श्रमिकहरुको जायज मागहरु सम्बोधन नगरिए आन्दोलनमा उत्रन वाध्य हुने जानकारी गराउछौं ।
-क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल