![]()
सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा फेरि पहिरो गएको छ । पहिरोमा परी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति साढे १ बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिएकी छन् ।
पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना थाहा पाए लगत्तै प्रहरीको टोली उद्दारका लागि घटनास्थलतर्फ गएको छ ।






























