सविता देवकोटाकप्रति भावपूर्ण श्रद्धान्जली तथा परिवारजनप्रति गहिरो समवेदना

प्रकाशित मिति : २०७७ असार १५


२०७७ आषाढ ११ गते साँझ ८ बजे सिन्धुली जिल्ला अस्पत्तालमा नेकपा(क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला सेक्रेटरी थलप्रसाद देवकोटा सुवर्णको पृय कान्छी छोरी उच्च मावि अमले अखिल (क्रान्तिकारी) तत्कालिन अखिल (क्रान्तिकारी)को इकाइ समिति सदस्य हाल महोत्तरी जिल्ला वर्दिवास न.पा. वाडा नं . ३ पातु बस्ने वर्ष २३ की सविता देवकोटाको ज्वरो आइ विरामी परी अल्पआयुमै निधन भएकोले यस दुःखद घडीमा माइती र घरतर्फका दवै परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै नेकपा (क्रान्तिकारी माओवादी ) सिन्धली जिल्ला कमिटिको तर्फबाट क.सविताप्रति हार्दिक श्रद्धान्जली अपर्ण गर्दछौ ।मृत्युवरण गर्नुहुने सविता देवकोटा सानै बालाकालदेखि १०वर्षे जनयद्धमा सहयोगी हुनुहुन्थ्यो । उहाँका बुवा थलप्रसाद देवकोटा पूर्णकालिन जनयोद्धा जो जेलनेल खपेर अघि बढनु भएको र उहाँको आमा क. टंकमाया देवकोटा समेत हिरासत पर्नु भएको थियो । उहाँका ३ दाजुहरुमध्ये जेठा टंकप्रसाद देवकोटा जनमुक्ति सेनामा हुनहुन्थ्यो । महान जनयुद्ध कालमा सिन्धुली जिल्लाको अमले लालक्षेत्र थियो । त्यसैले प्रतिक्रियावादी सत्ताको पुलिसले सुवर्णका परिवार सहीत क्रान्निकारी परिवारको घर खाली गरी गाँउ निकाला गरिएको थियो । त्यसक्रममा ३ दाजुहरु र २ दिदी बहिनीले प्रहरीसंग प्रतिकार गर्नु भएको थियो । अन्त्यमा मृतक सविता देवकोटाप्रति भावपर्ण श्रद्धान्जली अपर्ण गर्दै !
जीवन
नेकपा क्रासन्तकारी माओवादी
सिन्धली जिल्ला कमिटि
२०७७ ÷३ ÷१२