जातीय विभेदको एउटा उत्कर्षका रुपमा जाजरकोट र पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाले सिंगो देश चिन्तीत बनेकोछ । यो घटनामा केटापक्षका ३ जनाको घटनास्थलमै हत्या गरिएको छ र अन्य तीन जना वेपत्ता पारिएका छन् । दलित समुदायको केटा र ठकुरी समुदायको केटीको बीचमा भएको प्रेमसम्वन्धवारेमा केटी पक्षका बाबु आमाले विरोध गरेका थिए तर त्यसदिन केटाले आफ्ना १८ जना साथीलिएर केटीलाई लिन गएको त्यसैमा दुई पक्षबीच झडप भएर यस्तो दर्दनाक घटना भएको वारेमा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति, रुकुम सल्यानको प्रेस वक्तब्य प्रकाशित गरेको छ, जसको पूर्ण पाठ तल दिइएकोछ ः
प्रेस वक्तब्य
प्रेम संबन्धको विषयलाई लिएर रुकुम जिल्लाको चौरजारीमा ३ युवकको विभत्स हत्या गरिएको छ । विगत एक डेढ वर्ष देखि नै भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज वि.क. र चौरजारी नगरपालिका वडा नं. ८ सोती बस्ने बिर बहादुर मल्लकी छोरी सुक्ष्मा मल्लका विचमा प्रेम सम्बन्ध चलिरहेको कुरा खुलेको छ । जातिय भेदभावका कारणले विहे हुन नसक्ने अवस्था सृजना भएपछि स्थानीय प्रहरी चौकीमा गई विहे नगर्ने दुईपक्षिय सहमति भएको कुरा स्थानीयमा सर्वविद्दित छ । तत्पश्चाच मिति २०७७ जेष्ट १० गतेका दिन जाजरकोट जिल्लाबाट चौरजाहारी केटी पक्षको गाउँमा केटी लिने भनेर गएका करीव १९ जना युवाहरु केटी पक्षको घरमा पुगेपछि केटीको आमाले कराएपछि गाउँलेहरु आएर अचानक झडप हुन पुगेको हो । उक्त झडपमा केटी पक्षेले प्रेम गर्ने केटा भेगी नगरपालिका– वडान ं४ रानागाउँ बस्ने मुहान वि.क.को छोरा नवराज वि.क., चौरजारी नगरपालिका वडा नं. १ निवासी सुरेन्द्र विश्वकर्माको छोरा टिकाराम विश्वकर्मा र भेरी नगरपालिका – ४ का गणेश बुढामगरको मृत्यू भएको छ । बाँकी केटासँग केटी ल्याउन गएकाहरुमध्ये के भागेर जाजरकोट पुगेको छन् भने संगै गएका भेरी नगरपालिका वडा नं. ४ का सन्जु वि.क. तथा भेरी नगरपालिका वडा नं. ११ का लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता अवस्थामा रहेको छन ।
इतिहाँसका विभिन्न कालखण्डहरुमा नेपालमा चलिआएको जातीय विभेदका विरुद्दमा ठुलाठुला लडाई र सहासपुर्ण बलिदानीबाट नेपालको कानूनमा जातीय भेदभाव अक्षरस पटक पटक हटाईए पनि ब्यवहारमा भने जस्ताको तस्तै रहेको पाईन्छ । विश्व रुढीवाद, अन्धविश्वास र जातीय विभेदबाट मुक्त भएर समानताको  संजालमा जेलिदै  विकासको उचाई चुम्न मच्चीरहेको यस परिप्रेक्षमा हाम्रा नेपालका कुना कन्दरामा भने यस्ता खालका छुवाछुत र जातीय विभेदका घटित घटनाहरु प्रयाप्त मात्रामा घटेको पाईन्छ । कतै पानी छोएको विषय हुन्छ, कतै घर भित्र पसेको त कतै देवता छोएको आदिईत्यादी विषयहरुबाट दलित माथि गैर दलित र जातीवादीहरुको दवदवा फैलिएकै देखिन्छ । यस्तै प्रबृत्तिको एक ज्वलन्त उदाहरण बनेको छ यो घटना । एकातिर नेपाल सरकारले अन्तरजातीय विवाहलाई उत्प्रेरित गर्न भन्दै संबन्धित निकायबाट पुरस्कृत गरिरहेको छ भने अर्कोतिर यस्ता असमान सहमतिहरु गराएर दलित समुदाय प्रति बोका र कसाईको सम्बन्ध कायम गरेको कुरा यो घटनाले पुष्टी  गरिदिएको छ ।  उक्त घटना प्रति घोर भत्सर्ना गर्दै दोषीलाई हदैसम्मको कारवाही होस र वेपत्ताहरुको खोजी गरियोस भन्ने जोडदार माग गर्दछौं ।
क. परिवर्तन
सेक्रेटरी
नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति, रुकुम सल्यान

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर