सिमा अतिक्रमणका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) कालिकोटको कडा विरोध, कार्यक्रममा जुलुस निकालेर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

सिमा अतिक्रमणका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) कालिकोटको कडा विरोध, कार्यक्रममा जुलुस निकालेर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन


जेठ १ कालीकोट,
नेकपा (क्रान्तिकारी माओवादी) कालिकोटले नेपाली भुमि भारतले अतिक्रमण गरेको विरोधमा मसाल जुलुससहीत देन्नीपाटा बजारबाट  विरोध जनाउदै सान्नि त्रिवेणी गाउँपालिकामा गएर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । उक्त कार्यक्रम नेकपा(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी कर्ण विसीको नेतृत्वमा देशभक्त जनागणतान्त्रिक मोर्चा नेपाल र अखिल क्रान्तिकारी विद्यार्थी संगठनको संयुक्त आयोजनामा गरिएको थियो ।


भारतले नेपालको भुमि लिम्पीयाधुरा, कालापानि र लिपुलेक सिमामा विगत देखि अतिक्रमण गर्दै आएको हुँदा त्यसका विरुद्धमा क्रान्तिकारी माओवादी कालिकोटले विरोध जनाएको जिल्ला सेक्रेटरी कर्ण विसीले बताउनु भयो । उहाँले नेपालको भुमीमा सडक निर्माण गरि भारतले नेपालको भुमि हडप्न खोजेको प्रति क्रान्तिकारी माओवादी त्यसका विरुद्धमा डटेर लड्ने बताउनु भयो । उहाँले नेपालको भुमि भारतले विगत देखि विभिन्न वाहानामा मिचिरहदा पनि अहिलेको बर्तमान सरकार कानमा तेल हालेर बसेको बताउनु भयो । उहाँले नेपाली भुमीमा भारतले सडक निर्माण गरि उद्घाटन गर्दा समेत नेपाल सरकारका प्रधानमन्त्री ओलीले थाहा भएन भन्नुले के स्पष्ट पार्दछ भने अहिलेको बर्तमान सरकार नेपालीका हितका लागि नभएर विदेशिको इशारामा चलेको बताउनु भयो । उहाँले नेपाली सिमावाट भारतीय सुरक्षाकर्मी नहटेमा क्रान्तीकारी माओवादी कडा रुपमा उत्रिने उहाँको भनाई छ ।


साथै , कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेपनि जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकामा लकडाउनको पालना नभएको क्रान्तीकारी माओवादी कालिकोटले जनाएको छ । जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकाले लकडाउनलाई पुर्ण रुपमा पालना नगरेको बताइएको छ ।


गाउँपालिकाका विकासका कामहरु धमाधम संचालन भएको विभिन्न ठाउँमा मानिसको जमघट हुने गरेको स्थानियले बताएका छन । साथै लकडाउनको समयमा जाड रक्सी खाएर हो हल्ला गर्ने गरेको समेत क्रान्तीकारी माओवादीले जनाएको छ । साथै लकडाउनको समयमा जुवा तास खेल्नेको संख्या पनि बढेको र यसका विरुद्धमा क्रान्तिकारी माओवादी प्रतिरोध गर्ने जिल्ला सेक्रेटरि कर्ण विसीले बताउनु भयो । उहाँले, गउँपालिकाले सामाजिक विकृति र विसंगतिलाई नियन्त्रण गर्न नसकेमा आफुले नियन्त्रण गर्ने उहाँले बताउनु भयो ।

कालिकोट जिल्ला सेक्रेटरी कर्ण बहादुर बि.सीद्धारा. उक्त मशाल जुलुसलाई कोण सभामा सम्वोधन गरि समापन गरियो । कोणसभामा भनिएको थियो–“ खासमा लकडाउनको पालना नगरिदा क्रेम,तास,भलिबलजस्ता स्पोर्टहरु गाउँमा सन्चालन हुदैगर्दा रक्सि सेवन गरि बिचार अभिव्यक्तिमाथि हमला गर्नेजस्ता समाजमा बिबिध प्रकारका गलत प्रबृर्तीको बिकास नगरी दिन सचेत र सजक रहन कोभिड १९को कारणले देशमा भैरहेको महामारीको उपचारार्थ गरिएको लकडाउनको पुण रूपमा पालना गरिदिन हुन सम्पूर्ण सर्बसाधारणमा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला कमिटी कालिकोट हार्दिक अपिल गर्दछ ।”
अन्त्यमा भारतिय बिस्तार बात–मुर्दाबात र दलाल संसदिय व्यवस्था–खारेज गर भन्नेजस्ता नारा लगाइएका थिए ।