बैशाख ३१ काठमाडौं
भारतीय विस्तारवादी शासक वर्गले नेपाली भूमिमाथि गरेको अतिक्रमण र सडक निर्माण कार्यका विरुद्ध गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरी हस्तक्षेप गरी तीन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु गिरफ्तार गरेकोमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एक वक्तव्यमार्फत ओली सरकारको यस्तो भारतीय विस्तारवादप्रति भक्तिभाव देखाएकोमा कडा विरोध गर्नु भएको छ । साथै शान्तिपूर्ण विरोध प्रदर्शनको क्रममा ३९ जना नेता कार्यकर्ताहरु गिरफ्तार गरेको भन्दै अध्यक्ष सीपी गजुरेलले  गिरफ्तार नेता कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्न पनि माग गर्नु भएको छ । वक्तव्यको पूर्णपाठ तल दिइएकोछ ः


भारतीय विस्तारवादी मोदी सरकारले गरेकोे नेपाली भूमीमाथिको अतिक्रमण र त्यसमा सडक निर्माण कार्यकाविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्वद्ध विभिन्न जनवर्गीय सङ्गठन तथा मोर्चाहरुद्वारा संयुक्त रुपमा माइतीघर मण्डलामा गरिएको शान्तिपूर्ण विरोध कार्यक्रममा ओली सरकारको प्रहरी प्रशासनले अभद्र तरिकाले प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको छ । राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि आयोजित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकारले भारतीय विस्तारवादप्रति भक्तिभाव देखाएको छ । हाम्रो पार्टी यसको घोर विरोध तथा भत्र्सना गर्दछ  र साथै गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाई गर्न पनि जोडदार माग गर्दछ ।
सीपी गजुरेल
अध्यक्ष
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल
२०७७ बैशाख ३१
 
 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर