कार्लमाक्र्सको २०२ औं जन्म दिवसमा क्रान्तिकारी माओवादीद्वारा वक्तव्य जारी : ‘सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढौं’

अतिविचल्लीमा परेका श्रमिक जनतालाई अविलम्ब राहत प्रदान गर्न सरकारसित जोडदार माग

प्रकाशित मिति : २०७७ बैशाख २३


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विश्व सर्वहारावर्गका महान नेता तथा माक्र्सवादका प्रवर्तक कार्लमाक्र्सको २०२ औं जन्म दिवसको अवसरमा एक वक्तव्य जारी गरेको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा पार्टीको कार्यदिशालाई समृद्ध तुल्याउँदै तथा सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढौं भन्दै सार्वजनिक अपिल समेत गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “२०२औं जन्मदिवसको अवसरमा कार्ल माक्र्सका ऐतिहासिक तथा युगान्तकारी योगदानहरूको पुनः संस्मरण र माक्र्सवादप्रति निष्ठा जाहेर गर्नुको सार्थकता विश्व सर्वहारा क्रान्तिको एक अभिन्न अङ्ग तथा अभियानका रूपमा नेपाली क्रान्तिको प्रक्रियामा निरन्तर अगाडि बढ्नुमा सन्निहित छ । आउनुहोस्, पार्टीको कार्यदिशालाई समृद्ध तुल्याउँदै तथा सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढौं । विश्वभरिका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट कमरेडहरूलाई न्यानो लाल सलाम ! लाल सलाम !! सर्वहारा अन्तर्राष्ट्रियतावाद जिन्दावाद !!!”


वक्तव्यमा भनिएको छ, “माक्र्सवादको प्रादुर्भाव भए यता क्रान्ति र प्रतिक्रान्तिका आरोह–अवरोहका प्रक्रिया चल्दै आएका छन् । संशोधनवादले विश्वव्यापी रूपमा माक्र्सवादमाथि भीषण हमला गर्दै आएको छ । रूस, चीन लगायतका देशहरूमा भएका प्रतिक्रन्तिका घटनाहरूलाई देखाउँदै विश्वभरिकै प्रतिक्रियावादीहरूले माक्र्सवादको औचित्य समाप्त भयो र साम्यवाद ढल्यो भन्दै नाना तरहका प्रचारबाजी गर्दै आएका छन् । परन्तु सन् २००८मा संयुक्त राज्य अमेरिका लगायतका पुँजीवादी देशहरूमा साम्राज्यवादी नवउदारवाद भयावह आर्थिक सङ्कटको भुमरीमा फस्दै गएको स्थितिमा विश्वव्यापी रूपमा माक्र्सवाद प्रतिको आकर्षण झनै बढिरहेको छ र विश्वका जनताले आफ्नो मुक्तिको उज्ज्वल भविष्य माक्र्सवाद र वैज्ञानिक समाजवादमा देखिरहेका छन् । साम्राज्यवादको विकल्प वैज्ञानिक समाजवाद नै हो र यो कुरा प्रमाणित हुँदै गएको छ । माक्र्सवाद सङ्घर्षको दर्शन तथा सिद्धान्त हो र यसको प्रयोग तथा विकास पनि सङ्घर्षकै बीचबाट हुँदै आएको छ ।”

वक्तव्यमा कोरोना भाइरसको महामारीमा ओली नेतृत्वको सरकारले दैनिक मजदुरी गरेर धानिने श्रमिक वर्गलाई अतिविचल्लीमा पारेको भन्दै विचल्लीमा परेका श्रमिक जनतालाई अविलम्ब राहत प्रदान गर्न सरकारसित जोडदार माग गरिएको छ । वक्तव्यमा भनिएको छ, “ आज विश्वव्यापी रूपमा कोरोना भाइरस–कोभिड १९को महामारी फैलिदै गएको छ । छत्तीस लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने दुई लाख पचास हजार भन्दा बढीको मृत्यु भइसकेको छ र त्यसको प्रभाव नेपालमा पनि परेको छ । यस प्रकारको महाविपदाको स्थितिमा सबै राजनीतिक शक्तिहरूसित राष्ट्रिय सहमति कायम गरी यस महामारीको सामना गर्नुपर्ने अवस्थामा सरकारमा आसीन कम्युनिस्ट नामधारी पार्टीका प्रधानमन्त्री तथा एक शक्तिशाली अध्यक्ष मानिने ओलीले एकातिर आफ्नै पार्टीभित्र निजी पदप्रतिष्ठाको निरन्तरताका लागि अन्तर्कलहको उपद्रो मच्चाउने तथा थामथुम पार्ने कसरत गर्दै आएका छन् भने अर्कोतिर कोरोना भाइरस सङ्क्रमित भएका तथा आशङ्का गरिएका विभिन्न ठाउँका मानिसहरूको आवश्यक जाँचबुझ तथा अध्ययन गर्ने काममा गम्भीर प्रकारको लापरबाही गरेका छन् । साथै, यो बेला दैनिक मजदुरी गरेर धानिने श्रमिक वर्गका जनतालाई उपयुक्त राहतको व्यवस्था नगरेर अतिविचल्लीमा पारिएएको छ र राज्यले अभिभावकत्व लिन सकेका छैन । यस प्रकारको गम्भीर स्थितिमा हाम्रो पार्टी सरकारसित फेरि पनि खबरदारी गर्दै कोरोना सङ्क्रमितहरूको राम्रोसित जाँचबुझ तथा उपचार र विचल्लीमा परेका श्रमिक जनतालाई अविलम्ब राहत प्रदान गर्न जोडदार माग गर्दछ ।”

कार्ल माक्र्स र उहाँको जन्म दिवसका विषयमा वक्तव्यमा भनिएको छ, “आज ५ मई २०२० तदनुसार २३ बैसाख २०७७ कार्ल माक्र्सको २०२आंै जन्म दिवस हो । विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको जन्म ५ मई १८१८ मा जर्मनीको ट्रियर नगरमा भएको थियो । कार्ल माक्र्स माक्र्सवादका प्रवर्तक तथा विश्व साम्यवादी क्रन्तिका महान् शिक्षक हुनुहुन्थ्यो । उहाँले माक्र्सवादका तीन सङ्घटक अङ्गका रूपमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा समष्टिकृत क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गर्नु भयो । माक्र्सवाद विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको क्रान्ति र मुक्तिको सिद्धान्त हो । आज माक्र्सवादको विकास माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा भएको छ र यो हाम्रो पार्टीको पथप्रदर्शक सिद्धान्त हो ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ ः
“आज ५ मई २०२० तदनुसार २३ बैसाख २०७७ कार्ल माक्र्सको २०२आंै जन्म दिवस हो । विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको जन्म ५ मई १८१८ मा जर्मनीको ट्रियर नगरमा भएको थियो । कार्ल माक्र्स माक्र्सवादका प्रवर्तक तथा विश्व साम्यवादी क्रन्तिका महान् शिक्षक हुनुहुन्थ्यो । उहाँले माक्र्सवादका तीन सङ्घटक अङ्गका रूपमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा समष्टिकृत क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गर्नु भयो । माक्र्सवाद विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको क्रान्ति र मुक्तिको सिद्धान्त हो । आज माक्र्सवादको विकास माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा भएको छ र यो हाम्रो पार्टीको पथप्रदर्शक सिद्धान्त हो ।

माक्र्सवादको प्रादुर्भाव भए यता क्रान्ति र प्रतिक्रान्तिका आरोह–अवरोहका प्रक्रिया चल्दै आएका छन् । संशोधनवादले विश्वव्यापी रूपमा माक्र्सवादमाथि भीषण हमला गर्दै आएको छ । रूस, चीन लगायतका देशहरूमा भएका प्रतिक्रन्तिका घटनाहरूलाई देखाउँदै विश्वभरिकै प्रतिक्रियावादीहरूले माक्र्सवादको औचित्य समाप्त भयो र साम्यवाद ढल्यो भन्दै नाना तरहका प्रचारबाजी गर्दै आएका छन् । परन्तु सन् २००८मा संयुक्त राज्य अमेरिका लगायतका पुँजीवादी देशहरूमा साम्राज्यवादी नवउदारवाद भयावह आर्थिक सङ्कटको भुमरीमा फस्दै गएको स्थितिमा विश्वव्यापी रूपमा माक्र्सवाद प्रतिको आकर्षण झनै बढिरहेको छ र विश्वका जनताले आफ्नो मुक्तिको उज्ज्वल भविष्य माक्र्सवाद र वैज्ञानिक समाजवादमा देखिरहेका छन् । साम्राज्यवादको विकल्प वैज्ञानिक समाजवाद नै हो र यो कुरा प्रमाणित हुँदै गएको छ । माक्र्सवाद सङ्घर्षको दर्शन तथा सिद्धान्त हो र यसको प्रयोग तथा विकास पनि सङ्घर्षकै बीचबाट हुँदै आएको छ ।

आज विश्वव्यापी रूपमा कोरोना भाइरस–कोभिड १९को महामारी फैलिदै गएको छ । छत्तीस लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने दुई लाख पचास हजार भन्दा बढीको मृत्यु भइसकेको छ र त्यसको प्रभाव नेपालमा पनि परेको छ । यस प्रकारको महाविपदाको स्थितिमा सबै राजनीतिक शक्तिहरूसित राष्ट्रिय सहमति कायम गरी यस महामारीको सामना गर्नुपर्ने अवस्थामा सरकारमा आसीन कम्युनिस्ट नामधारी पार्टीका प्रधानमन्त्री तथा एक शक्तिशाली अध्यक्ष मानिने ओलीले एकातिर आफ्नै पार्टीभित्र निजी पदप्रतिष्ठाको निरन्तरताका लागि अन्तर्कलहको उपद्रो मच्चाउने तथा थामथुम पार्ने कसरत गर्दै आएका छन् भने अर्कोतिर कोरोना भाइरस सङ्क्रमित भएका तथा आशङ्का गरिएका विभिन्न ठाउँका मानिसहरूको आवश्यक जाँचबुझ तथा अध्ययन गर्ने काममा गम्भीर प्रकारको लापरबाही गरेका छन् । साथै, यो बेला दैनिक मजदुरी गरेर धानिने श्रमिक वर्गका जनतालाई उपयुक्त राहतको व्यवस्था नगरेर अतिविचल्लीमा पारिएएको छ र राज्यले अभिभावकत्व लिन सकेका छैन । यस प्रकारको गम्भीर स्थितिमा हाम्रो पार्टी सरकारसित फेरि पनि खबरदारी गर्दै कोरोना सङ्क्रमितहरूको राम्रोसित जाँचबुझ तथा उपचार र विचल्लीमा परेका श्रमिक जनतालाई अविलम्ब राहत प्रदान गर्न जोडदार माग गर्दछ ।

अहिले हामी जनयुद्धको प्रक्रियामा गम्भीर धक्का खाँदै र प्रतिक्रियावाद तथा संशोधनवादसित सङ्घर्ष गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापना र साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेका छौं । यो बेला २०२औं जन्मदिवसको अवसरमा कार्ल माक्र्सका ऐतिहासिक तथा युगान्तकारी योगदानहरूको पुनः संस्मरण र माक्र्सवादप्रति निष्ठा जाहेर गर्नुको सार्थकता विश्व सर्वहारा क्रान्तिको एक अभिन्न अङ्ग तथा अभियानका रूपमा नेपाली क्रान्तिको प्रक्रियामा निरन्तर अगाडि बढ्नुमा सन्निहित छ । आउनुहोस्, पार्टीको कार्यदिशालाई समृद्ध तुल्याउँदै तथा सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढौं । विश्वभरिका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट कमरेडहरूलाई न्यानो लाल सलाम ! लाल सलाम !! सर्वहारा अन्तर्राष्ट्रियतावाद जिन्दावाद !!!
मिति ः बैशाख २३, २०२०”