जनकपुर । कोरोना भाइरस (कोभिड–१९) का थप चार संक्रमित फेला परेका छन् । प्रदेश २ को बारा र पर्सामा एकै दिन चारजनामा संक्रमण पुष्टि भएको छ ।

बाराका २ र पर्साका २ गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरले जनाएका छन् । उनीहरु ३१, ४३, ४६ र ५० वर्षका पुरुष रहेको बताइएको छ ।

हार्दिक शुभकामना !

उनीहको स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो । बुधबार नै उनीहरुको रिपोर्ट आएको र चारै जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको बताइएको छ ।

चारैजना स्थानीय क्वारेन्टाइनमा रहेका थिए । कोरोना पुष्टि हुने बितिकै उनीहरुलाई उपचारको लागि नारायण उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ ।

यसअघि मंगलबार मात्र प्रदेश २ कै रौतहटमा २ जना कोरोना संक्रमित फेला परेका थिए । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३ पुगेको छ भने नेपालभर कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।

नेपालभर १६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । जसमध्ये चार जना प्रदेश २ का रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर