देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भन्दछ– “जन विरोधी अध्यादेश खारेज गरियोस”

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भन्दछ– “जन विरोधी अध्यादेश खारेज गरियोस”

आज एक बक्तब्य प्रकाशित गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो), नेपालले ओली सरकारले ल्याएको जन विरोधी अध्यादेशहरुलाई खारेज गर्न सरकारसँग माग गरेको छ । वब्तब्यमा देजमो, नेपालले यसले ओली सरकारको प्राथमिकता कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्ने नभएर आफ्नै निरंकुशतालाई बलियो बनाउने रहेको पुष्टि भएको स्पष्ट हुन्छ । यो देश र जनताप्रतिको विश्वासघात हो । प्रेस–वक्तव्यको पूर्णपाठ निम्नअनुसार छ ।

प्रेस–वक्तव्यः जन विरोधी अध्यादेश खारेज गरियोस्
विश्वस्तरमा महामारीका रुपमा फैलिएको कोभिड १९ का विरुद्ध सबै मिलेर संघर्ष गरिरहेको अवस्थामा ओली सरकारको पहलमा एकाएक दल विभाजन सम्वन्धी व्यवस्था र संवैधानिक परिषद्को गणपुरक संख्या घटाउने अध्यादेश राष्ट्रपतिबाट जारि गरिएपछि नेपालमा तरंग पैदा भएको छ । यसबाट ओली सरकारको प्राथमिकता कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्ने नभएर आफ्नै निरंकुशतालाई बलियो बनाउने रहेको पुष्टि भएको छ । यो अध्यादेशको आवश्यकता यतिखेर देशलाई छैन । यसबाट देशमा झन् बढी निरंकुशता लागु गरिने कुरा स्पष्ट नै छ । हामी यी जन विरोधी अध्यादेशहरुलाई खारेज गर्न सरकारसँग जोड्दार् माग गर्दछौं ।
सी पी गजुरेल
अध्यक्ष
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
२०७७ । १ । १०