कविता : भ्रम-भङ्ग !

प्रकाशित मिति : २०७७ बैशाख ७

- बलराम तिमिल्सिना

यस्तो जहर पियाइएको थियो
भ्रमको जहर
सवै शङ्कटको हल
यशु प्रभुले गर्छन्
जव एउटा सानो जीवाणु छिर्यो
पूरै महादेश लकडाउन भयो
चर्चहरू सुनसान भए
प्रभु पत्ताल भासिए
र मान्छे विज्ञानको शरणमा पुगे !
जे गर्छन अल्लाले गर्छन्
यस्तो भ्रम कुँदिएको थियो
सिङ्गै अरव जगतमा
उठ्दा, सुत्दा खाँदा पिउँदा
अल्लाकै नाम लिइन्थ्यो हर पल
जव त्यहाँ पनि छिर्यो शूक्ष्म जीवाणु
अल्ला अलप भए
मस्जिदहरू प्रवेश निषेध बने
र मान्छे विज्ञानको ठेगानातिर दौडिए !
भगवान भरोसामा थियो भरत वर्ष
हर विरामीको दवाई गोमूत्र
यसो भन्थे धर्मधारीहरू
श्रृष्टि, स्थिति र प्रलय
सव भगवानले गर्छन्
यही सिकाउँथे पण्डितहरू
जव भारत वर्ष प्रवेश गर्यो त्यो जीवाणु
भगवान भूमिगत भए
मन्दिरहरू मसानघाट बने
र सवै भन्दा अघि अघि दौडिए
तिनै पण्डितहरू
विज्ञानको सत्ताको शरणमा !
जव शङ्कटले घेरा हाल्यो
अल्ला, ईश्वर
प्रभु, परमेश्वर
ताओ, वुध्द
भक्त भगवान
सारा नालायक भए
भ्रम-भङ्ग भयो
र मान्छे विज्ञानतिर दगुरे !
गज्जव खुसीको कुरा के छ भने
यो विश्वव्यापी शङ्कटमा
उपचारको तरिका खोज्न
कसैले वाइवल पल्टाएन
कसैले कुरान पल्टाएन
न त कसैले वेद र त्रिपिटकमा खोज्यो
बरु संसारका मान्छेहरूले
एकोहोरो पुकारी रहे
विज्ञान – विज्ञान- विज्ञान !!!
कैले कैले
अरवौं मान्छेहरूको भ्रम -भङ्ग गर्न
एउटा शूक्ष्म किरो पनि काफी हुने रहेछ !
 
तिमिल्सिनाको फेसबुकबाट