गाईघाट, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित एक मस्जिदमा १२ जना संक्रमित देखिएपछि मस्जिद वरिपरि तथा नगरबासीमा सन्त्रास छाएको छ । स्थानीय प्रशासनले मस्जिद वरिपरिको बाहिरी भागमा सिल गरेको छ । स्थानीयहरुका अनुसार उक्त मस्जिदमा संक्रमण देखिएका भारतीय नागरिकहरु लकडाउन घोषणा गरेकै दिन आइपुगेको र १२ गते नै स्थानीय प्रशासनलाई स्थानीय नागरिकले जानकारी पनि गराएको बताएका छन् । उनीहरुका अनुसार प्रशासनले १२ गते नै मस्जिदमा पुगेर लक डाउनका बेला कतै जान मिल्दैन मस्जिदमै बस्नु भनेको र बीरगञ्जको छपकैयाको मस्जिदमा संक्रमण देखिएपछि उनीहरुको परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । उनीहरु मस्जिदमा बस्दा उनीहरुसँगै स्थानीय मुस्लिम नागरिकहरुले पनि नमाज पढ्ने गरेको, मस्जिदमा स्थानीय मुस्लिमहरु आवात जावत गरिरहेकोले ठूलो संख्यामा संक्रमण फैलिएको हुन सक्ने नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो समेत रहेका सोही गाउँ निवासी मिनकुमार राउतको दाबी छ । उनले गाउँको मस्जिदमा १२ जना संक्रमित देखिएपछि संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरी मस्जिद वरिपरिका सबै नागरिकको स्वास्थ्य चेकजाँच गर्नुपर्ने बताएका छन् । कन्ट्र्याक्ट ट्रेसिङ र स्वास्थ्य चेकजाँच नहुँदासम्म मस्जिद वरिपरिका स्थानीयहरुलाई घर बाहिर निस्कन नदिन र सामाजिक दुरी कायम गराउन स्थानीय प्रशासनले कडाइ गर्नुपर्ने पनि बताएका छन् ।

हार्दिक शुभकामना !

उनले फेसबुक पेजमा एक स्टाटस राख्दै भनेका छन्, “ चीन, युरोप र अमेरिकाको कुरा सुन्दा र गर्दै गर्दा आफ्नै गाउमा १२ जनामा कोरोना संक्रमण भेटियो । समस्या जटिल बनेर आयो । नआत्यौं, नडराऔं, धैर्य गरौं, घरभित्रै बसौं, दुरी कायम गरौं र अन्य सजगता अपनाऔं । सरकारले नागरिक स्वास्थ्यलाई ध्यान दिदै र संक्रमण फैलिन नदिन चाँडो भन्दा चाँडो उदयपुरको त्रियुगा नगरपालिकाको ३ वटा वडाको सबै भूगोलमा नभए पनि भुल्के गाउँ, सडकसँगै जोडिएको ठाडी, बगरटोल र खोन्टाबरगाछी सहितका गाउँलाई सील गरी, यी सबै गाउँका सम्पूर्ण नागरिकको स्वास्थ्य परिक्षणलाई तिब्र बनाइयोस । अन्यथा ठूलो मुल्य चुकाउनु पर्ने कुरा निश्चित छ ।”

संक्रमितहरुको एकसाथ ठूलो संख्या फेला परेपछि स्थानीय प्रशासनले उक्त क्षेत्र सिल गरेर आवत जावतलाई कडा गरे पनि मस्जिद वरिपरिका गाउँमा अहिले पनि मानिसहरु खेतीपाती, मेलापात, घाँस दाउरा र तरकारी बेचबिखनका लागि घर घरमा पुगिरहेको, सामाजिक दुरी कायम नभएको एक स्थानीयले बताए । स्थानीय प्रशासन समेत संक्रमणको डरले गाउँको भित्री भागमा प्रवेश नगरेको पनि ती स्थानीयले बताए ।

यसैबीच, स्थानीयहरुले स्थानीयले बताएका छन् । गाईघाटको एउटै मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगरको कोरोना विषेश अस्पतालमा राखिएको छ ।

शुक्रबार संक्रमण देखिएका एक नेपाली र ११ जना भारतीय नागरिकलाई प्रदेश १ सरकारले निर्माण गरेको कोरोना विषेश अस्पतालमा राखिएको हो । संक्रमित नेपाली मोरङको रहेको बताइएको छ ।

संक्रमितसँगै आएका ४ जनालाई भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको छ । उक्त मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तर उदयपुरको स्थानीय प्रशासनले १६ जनालाई नै विराटनगर पठाएको थियो ।

कोशी अस्पताल विराटनगरले हेर्ने गरी निर्माण गरिएको कोरोना विषेश अस्पतालले कोरोना संक्रमण नदेखिएका चार जनालाई भर्ना गर्न नमानेपछि उनीहरुलाई मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।

मध्य रातमा शंकास्पद व्यक्तिलाई भर्ना गर्ने विषयमा आधा घण्टा विवाद भएपछि मात्र प्रशासनले चारजनालाई टाँडी लगेको हो ।  अस्पतालमा भर्ना भएकाहरुमा कुनै लक्षण भने देखिएको छैन । संक्रमितहरु सबै पुरुष हुन् र उनीहरु ४ जना २८ वर्षका, दुई जना २९ वर्षका छन् । त्यस्तै अरु ३४, २६, २२, २५, २० र ४० वर्षका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर