अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघ्यो एकैदिन २४ सय बढीको मृत्यु

प्रकाशित मिति : २०७७ बैशाख ३

- एजेन्सी

बैशाख ३, २०७७

अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ ।
वल्र्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती नाजुक छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किसकेका छन् ।