लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई सुदूरपश्चिम प्रदेश सरकारको सिफारिस

लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई सुदूरपश्चिम प्रदेश सरकारको सिफारिस

२३ चैत, कैलाली,
कोरोना भाइरस (कोभिड(१९) को चौथो संक्रमित व्यक्ति उपत्यका बाहिर (धनगढी) का थिए । दुबईबाट भारत हुँदै नेपाल आएका ती ३४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि चैत १४ गते नै सुदूरपश्चिममा खतराको घण्टी बजेको हो ।
त्यो घण्टी त्यसबेला अझ ठूलो आवाजमा गुञ्जन थाल्यो, जतिखेर मुलुकमै पहिलोपटक स्थानीय व्यक्तिमा यसको संक्रमण फैलियो ।
दुबईबाट आएका ती युवककी भाउजूलाई पनि कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले शनिबारदेखि नेपालमा कोरोनाको दोस्रो चरण सु? भएको जनाएको छ ।
संक्रमित युवककी भाउजूलाई संक्रमण देखिएकै दिन सुदूरपश्चिम प्रदेशमा अन्य दुईजनालाई पनि संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या नेपालमा ९ पुगेको छ । ९ मध्ये चारजना सुदूरपश्चिम प्रदेशका छन् ।
शनिबार पुष्टि भएका कैलाली र कञ्चनपुरका दुई युवक सीमा क्षेत्रमा हजारौंको भीड छिचोलेर आएको हुनाले यो मामिला जोखिमपूर्ण देखिएको छ ।
अहिले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीको भनाइछ ।
‘अहिले सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश जोखिममा छ । भारतबाट आएकाह?को यकीन तथ्यांक छैन । उनीह?मा पनि संक्रमण देखिन सक्छ’ अवस्थी भन्छन्, ‘यहीँबाट स्थानीयमा संक्रमण सु? भएको छ । यो चिन्ताको विषय हो ।’ अहिले आम नागरिक सचेत नभए अवस्था भयावह हुन सक्ने उनी बताउँछन् ।
लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई सुदूरपश्चिम प्रदेश सरकारको सिफारिस
हाम्रो भूगोल सानो छ । जनसंख्या पनि २९ लाख हाराहारी मात्रै छ । तर, भारतबाट ठूलो संख्यामा नेपाली आएका छन् । उनीह?का कारण जोखिम बढेको छ ।
सुदूरपश्चिम प्रदेशमा अहिले जोखिमबाट जोगिन जो जहाँ हुनुहुन्छ, त्यही रहनुपर्छ । आफू मात्रै नभई आफ्नो परिवारका सदस्य र अन्य व्यक्तिलाई पनि कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहलाई जानकारी दिनुपर्छ ।
धेरै ठाउँमा क्वारेन्टाइन बनाइएको छ । तर, सबै ठाउँमा त्यसको मापदण्ड पनि पुरा भएको छैन । कतिपय स्थानमा त घरमा जान नदिएर विभिन्न विद्यालयह?मा राखिएका छन् । यसले झन संक्रमण बढाउने जोखिम हुन्छ । अहिले सबैभन्दा राम्रो उपाय भनेकै होम क्वारेन्टाइन हो ।
एक महिनाको अवधिमा भारतबाट सुदूरपश्चिममा डेढ लाख नागरिक भित्रिएको बताइन्छ । उनीह?मध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् । यस विषयमा तपाईह? किन गम्भीर नभएको ? डा अवस्थी भन्छन् ।
हामीलाई चिन्ता यही हो । यसले संक्रमण फैलन सक्ने अवस्था देखिएको छ । अहिले होम क्वारेन्टाइनमा रहेकाह?को अवस्था बुझ्ने जिम्मा स्थानीय तहको छ । वडाअध्यक्षको नेतृत्वमा समिति गठन गरेर त्यसको तथ्यांक लिन नेपाल सरकारले निर्देशन दिइसकेको छ । स्थानीय तह बढी चनाखो हुनुपर्ने अवस्था छ ।
अहिले आवश्यक पर्ने सबै सामाग्री नभए पनि सुदुरपश्चिमका ९ वटै जिल्लाह?मा सामान्य सबै सामग्री पुर्याएका छौँ । दुई दिनदेखि १४ दिनसम्म यसको लक्षण देखिन्छ भनिएको छ । तर, त्यसपछि पनि लक्षण नदेखिने भन्ने होइन । किनकि कुकुरले टोक्दा १४ दिनमा मात्रै रेभिज हुन्छ भन्ने थियो । अहिले त्यो फेल भएको अवस्था छ ।
त्यसैले, अहिले हामी सचेत हुनुको विकल्प छैन । जबसम्म कोरोनाको संक्रमण शून्यमा झार्न सकिँदैन, हामीले लापरवाही गर्न हुँदैन । सबैभन्दा बढी बिदेशबाट आएकाह?बाट जोगिन आश्यक छ ।
नेपालमा भेटिएका ९ जना संक्रमितमध्ये ४ जना कैलालीर कञ्चनपुरका हुन् । पहाडी सात जिल्लामा स्वास्थ्यको पहुँच नहुँदा यस प्रदेशका अ? संक्रमितह?को पहिचान नभएको पो हो कि ?
त्यस्तो होइन । पहाडी जिल्लामा पनि शंका लागेकाह?को नमुना पठाइएको छ । अहिलेसम्म सबैको जाँच हुन सकेको छैन । तर, अधिकांशको परीक्षण भइसकेको छ, । तीमध्ये पहाडी जिल्लामा अहिलेसम्म नेगेटिभ देखिएको छ ।
डा. अवस्थी भन्छन्–भर्खरै प्रदेशका मुख्यमन्त्रीले पनि तपाईं?सँग कोरान नियन्त्रण र रोकथामका विषयमा छलफल गर्नुभएको थियो । मुख्यमन्त्रीलाई के सुझाव दिनुभयो ?
सुदूरपश्चिम प्रदेशमा प्रयोगशालाको विस्तार गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । अहिले सेती प्रादेशिक अस्पतालमा एउटा मात्रै उपकरण आएको छ । यसले एकदिनमा १० जनाको मात्रै परीक्षण गर्न सक्छ । त्यसैले प्रादेशिक अस्पतालमा एउटा उपकरण थप्ने र जिल्लाह?मा पनि प्रयोगशाला स्थापना गर्ने विषयमा कुराकानी भएको थियो ।
सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको रर््यापिड टेष्ट गर्ने निर्णय हिजोमात्रै गरेको छ । त्यसले संक्रमण नियन्त्रण गर्ला जस्तो लाग्छ ?
ती किटह? भर्खर नयाँ उत्पादन भएका हुन् । र्यापिड टेष्ट किटह?बाट जाँच गरियो भने बढी भन्दा बढीको संक्रमण जाँच गर्न सकिन्छ । त्यसले संक्रमण नियन्त्रणमा ठूलो भूमिका खल््छ जस्तो लाग्छ ।
सिंगै मुलुक लकडाउनमा छ । सहर सुनसान छ । तर, गाउँमा त्यसको प्रभाव न्यून छ । यस्तो अवस्थाको अन्त्य भएन भने के होला ? कुनै अनुमान गर्नुभएको छ ? उनले जोड दिंदै भन्छन् । हामीले लापरबाही गर्यौँ भने त्यसपछिको अवस्थाबारे हामी कल्पना नै गर्न सक्दैनौँ । अहिले स्वास्थ्यले दिएका सन्देशह? प्रत्येक नागरिकले पालना गर्न आवश्यक छ ।
नेपाल सरकारले ल्याएको लकडाउनको नियमलाई पनि सतप्रतिशत मान्छेह?ले पालन गर्नुपर्छ । विशेष परिस्थितिमा एम्बुलेन्स हिँड्लान, स्वास्थ्यकर्मी हिँड्लान, सुरक्षा निकाय हिँड्लान अ? सबैले आफू बच्न र अ?लाई पनि बचाउन लकडाउनको सिद्धान्तभित्र बस्नै पर्छ ।
यदि त्यो गरिएन भने निकै समस्या आउन सक्छ । सहरमा सुरक्षाकर्मीको डरले पनि मान्छे बाहिर आइरहेका छैनन । तर, गाउँ गाउँमा मान्छेह? खुलेआम हिँडिरहेको सुन्न आइरहन्छ । यो ठूलो चुनौतिको विषय हो । यसलाई तत्काल रोक्न आवश्यक छ । सरकारले भन्दै गर्छ, म त हिँडिरहन्छु भन्ने मान्छेका कारण त्यो समाजमा मात्र होेइन, सिंगै राष्ट्रमा ठूलो संकटमा आउन सक्छ ।