२३ चैत, कैलाली,
कोरोना भाइरस (कोभिड(१९) को चौथो संक्रमित व्यक्ति उपत्यका बाहिर (धनगढी) का थिए । दुबईबाट भारत हुँदै नेपाल आएका ती ३४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि चैत १४ गते नै सुदूरपश्चिममा खतराको घण्टी बजेको हो ।
त्यो घण्टी त्यसबेला अझ ठूलो आवाजमा गुञ्जन थाल्यो, जतिखेर मुलुकमै पहिलोपटक स्थानीय व्यक्तिमा यसको संक्रमण फैलियो ।
दुबईबाट आएका ती युवककी भाउजूलाई पनि कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले शनिबारदेखि नेपालमा कोरोनाको दोस्रो चरण सु? भएको जनाएको छ ।
संक्रमित युवककी भाउजूलाई संक्रमण देखिएकै दिन सुदूरपश्चिम प्रदेशमा अन्य दुईजनालाई पनि संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या नेपालमा ९ पुगेको छ । ९ मध्ये चारजना सुदूरपश्चिम प्रदेशका छन् ।
शनिबार पुष्टि भएका कैलाली र कञ्चनपुरका दुई युवक सीमा क्षेत्रमा हजारौंको भीड छिचोलेर आएको हुनाले यो मामिला जोखिमपूर्ण देखिएको छ ।
अहिले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीको भनाइछ ।
‘अहिले सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश जोखिममा छ । भारतबाट आएकाह?को यकीन तथ्यांक छैन । उनीह?मा पनि संक्रमण देखिन सक्छ’ अवस्थी भन्छन्, ‘यहीँबाट स्थानीयमा संक्रमण सु? भएको छ । यो चिन्ताको विषय हो ।’ अहिले आम नागरिक सचेत नभए अवस्था भयावह हुन सक्ने उनी बताउँछन् ।
लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई सुदूरपश्चिम प्रदेश सरकारको सिफारिस
हाम्रो भूगोल सानो छ । जनसंख्या पनि २९ लाख हाराहारी मात्रै छ । तर, भारतबाट ठूलो संख्यामा नेपाली आएका छन् । उनीह?का कारण जोखिम बढेको छ ।
सुदूरपश्चिम प्रदेशमा अहिले जोखिमबाट जोगिन जो जहाँ हुनुहुन्छ, त्यही रहनुपर्छ । आफू मात्रै नभई आफ्नो परिवारका सदस्य र अन्य व्यक्तिलाई पनि कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहलाई जानकारी दिनुपर्छ ।
धेरै ठाउँमा क्वारेन्टाइन बनाइएको छ । तर, सबै ठाउँमा त्यसको मापदण्ड पनि पुरा भएको छैन । कतिपय स्थानमा त घरमा जान नदिएर विभिन्न विद्यालयह?मा राखिएका छन् । यसले झन संक्रमण बढाउने जोखिम हुन्छ । अहिले सबैभन्दा राम्रो उपाय भनेकै होम क्वारेन्टाइन हो ।
एक महिनाको अवधिमा भारतबाट सुदूरपश्चिममा डेढ लाख नागरिक भित्रिएको बताइन्छ । उनीह?मध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् । यस विषयमा तपाईह? किन गम्भीर नभएको ? डा अवस्थी भन्छन् ।
हामीलाई चिन्ता यही हो । यसले संक्रमण फैलन सक्ने अवस्था देखिएको छ । अहिले होम क्वारेन्टाइनमा रहेकाह?को अवस्था बुझ्ने जिम्मा स्थानीय तहको छ । वडाअध्यक्षको नेतृत्वमा समिति गठन गरेर त्यसको तथ्यांक लिन नेपाल सरकारले निर्देशन दिइसकेको छ । स्थानीय तह बढी चनाखो हुनुपर्ने अवस्था छ ।
अहिले आवश्यक पर्ने सबै सामाग्री नभए पनि सुदुरपश्चिमका ९ वटै जिल्लाह?मा सामान्य सबै सामग्री पुर्याएका छौँ । दुई दिनदेखि १४ दिनसम्म यसको लक्षण देखिन्छ भनिएको छ । तर, त्यसपछि पनि लक्षण नदेखिने भन्ने होइन । किनकि कुकुरले टोक्दा १४ दिनमा मात्रै रेभिज हुन्छ भन्ने थियो । अहिले त्यो फेल भएको अवस्था छ ।
त्यसैले, अहिले हामी सचेत हुनुको विकल्प छैन । जबसम्म कोरोनाको संक्रमण शून्यमा झार्न सकिँदैन, हामीले लापरवाही गर्न हुँदैन । सबैभन्दा बढी बिदेशबाट आएकाह?बाट जोगिन आश्यक छ ।
नेपालमा भेटिएका ९ जना संक्रमितमध्ये ४ जना कैलालीर कञ्चनपुरका हुन् । पहाडी सात जिल्लामा स्वास्थ्यको पहुँच नहुँदा यस प्रदेशका अ? संक्रमितह?को पहिचान नभएको पो हो कि ?
त्यस्तो होइन । पहाडी जिल्लामा पनि शंका लागेकाह?को नमुना पठाइएको छ । अहिलेसम्म सबैको जाँच हुन सकेको छैन । तर, अधिकांशको परीक्षण भइसकेको छ, । तीमध्ये पहाडी जिल्लामा अहिलेसम्म नेगेटिभ देखिएको छ ।
डा. अवस्थी भन्छन्–भर्खरै प्रदेशका मुख्यमन्त्रीले पनि तपाईं?सँग कोरान नियन्त्रण र रोकथामका विषयमा छलफल गर्नुभएको थियो । मुख्यमन्त्रीलाई के सुझाव दिनुभयो ?
सुदूरपश्चिम प्रदेशमा प्रयोगशालाको विस्तार गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । अहिले सेती प्रादेशिक अस्पतालमा एउटा मात्रै उपकरण आएको छ । यसले एकदिनमा १० जनाको मात्रै परीक्षण गर्न सक्छ । त्यसैले प्रादेशिक अस्पतालमा एउटा उपकरण थप्ने र जिल्लाह?मा पनि प्रयोगशाला स्थापना गर्ने विषयमा कुराकानी भएको थियो ।
सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको रर््यापिड टेष्ट गर्ने निर्णय हिजोमात्रै गरेको छ । त्यसले संक्रमण नियन्त्रण गर्ला जस्तो लाग्छ ?
ती किटह? भर्खर नयाँ उत्पादन भएका हुन् । र्यापिड टेष्ट किटह?बाट जाँच गरियो भने बढी भन्दा बढीको संक्रमण जाँच गर्न सकिन्छ । त्यसले संक्रमण नियन्त्रणमा ठूलो भूमिका खल््छ जस्तो लाग्छ ।
सिंगै मुलुक लकडाउनमा छ । सहर सुनसान छ । तर, गाउँमा त्यसको प्रभाव न्यून छ । यस्तो अवस्थाको अन्त्य भएन भने के होला ? कुनै अनुमान गर्नुभएको छ ? उनले जोड दिंदै भन्छन् । हामीले लापरबाही गर्यौँ भने त्यसपछिको अवस्थाबारे हामी कल्पना नै गर्न सक्दैनौँ । अहिले स्वास्थ्यले दिएका सन्देशह? प्रत्येक नागरिकले पालना गर्न आवश्यक छ ।
नेपाल सरकारले ल्याएको लकडाउनको नियमलाई पनि सतप्रतिशत मान्छेह?ले पालन गर्नुपर्छ । विशेष परिस्थितिमा एम्बुलेन्स हिँड्लान, स्वास्थ्यकर्मी हिँड्लान, सुरक्षा निकाय हिँड्लान अ? सबैले आफू बच्न र अ?लाई पनि बचाउन लकडाउनको सिद्धान्तभित्र बस्नै पर्छ ।
यदि त्यो गरिएन भने निकै समस्या आउन सक्छ । सहरमा सुरक्षाकर्मीको डरले पनि मान्छे बाहिर आइरहेका छैनन । तर, गाउँ गाउँमा मान्छेह? खुलेआम हिँडिरहेको सुन्न आइरहन्छ । यो ठूलो चुनौतिको विषय हो । यसलाई तत्काल रोक्न आवश्यक छ । सरकारले भन्दै गर्छ, म त हिँडिरहन्छु भन्ने मान्छेका कारण त्यो समाजमा मात्र होेइन, सिंगै राष्ट्रमा ठूलो संकटमा आउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर