चितवनकाे काेराेना अस्पताल मृत्यु भएका युवकमा काेराेना देखिएन

प्रकाशित मिति : २०७६ चैत्र ११


११ चैत, चितवन । चितवनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा भर्ना भई उपचाररत एक युवकको मृत्यु हुन पुगेकाे छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रेफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण नभएकाे पुष्टी भएकाे छ ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र परीक्षणका लागि टेकु पठाइएकाेे थियाेे ।