‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’लाई सुदुर पश्चिमको टिकापुरमा निरन्तरता दिइएको छ

भोली चैत्र ३मा पनि उक्त अभियानलाई निरन्तरता दिने

प्रकाशित मिति : २०७६ चैत्र २

- v


‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’लाई नेकपा(क्रान्तिकारी माओवादी) सुदुर पश्चिमको टिकापुरमा निरन्तरता दिनेकाम भएको छ । आज चैत्र २ गते टिकापुरको बसपार्कमा कोणसभाको आयोजना गरि सो कार्यक्रमको सुरुवात गरियो र सम्पनन गरियो । उक्त कोणसभालाई रुद्र कँडेल र रामबहादुर के.सी.ले सम्वोधन गरेका थिए भने सञ्चालन दामोदरले गरेका थिए ।

कोणसभापछि अभियान टोलीले नेपालको सही सीमाना भएको चुच्चे नक्शा लिएर विभिन्न कार्यालयहरुको भ्रमण गरी उक्त नक्शा राख्नका लागि दवाव दिएको थियो । यसरी भ्रमण गरिएका कार्यालयहरुमा मालपोत कार्यालय, इलाका प्रशासन कार्यालय, विद्युत प्राधिकरणको कार्यालय र लेखापढी कानुन व्यावसायीको कार्यालय छन् । जहाँ उक्त टोलीले कार्यालय प्रमुखलाई भेटी उक्त नक्शा टाँस्नका लागि अनुरोध गरेको थियो र सबै कार्यालयबाट यस्तो राष्ट्रियताको अभियानका लागि टोलीलाई धन्यवाद दिएका थिए । भोली पनि उक्त अभियानलाई निरन्तरता दिने कार्यक्रम छ ।